४ असोज, काठमाडौं । एकाविहानै राजधानीबासीको जनजीवन आतंकित हुने गरी मंगलबार काठमाडौंका सात निजी स्कुल अगाडि बम भेटियो । दुई स्कुल बाहिर राखेको बम विस्फोट भएको छ भने अन्य स्थानको बमलाई सुरक्षाकर्मीले निष्कृय बनाएका छन् ।
घटनाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले जिम्मा लिएको छ । र, साँझ प्रहरीले बम राख्ने तथा पड्काउने घटनामा संलग्न भएको भन्दै दुई युवक शंकर लाखे र चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा र योङ कम्युनिष्ट फोर्सका सुमन श्रेष्ठको खोजी भइरहेको छ ।
१० हजार धरौटीमा छुटेका थिए नाइकेहरु
घटनाको जिम्मा लिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल क्रान्तिकारी कम्युनिष्ट केन्द्रसँग आवद्ध छ । र, यो माओवादी शान्ति प्रक्रियामा आएपछि हतियार लिएर भागेका केही लडाकू समेत भूमिगत पार्टी हो ।
यो पार्टीले सरकारसँग वार्ता गर्नुका साथै शान्तिपूर्ण राजनीतिमा आउने भन्दै ०७१ सालमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा केही थान हतियार पनि बुझाएको थियो । तर, पछिल्ला वर्षहरुमा चन्दा आतंक र अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको खुलेको छ ।
यो पार्टीका अध्यक्ष देवेन्द्र महत हुन् भने महासचिव केशव नेपाल हुन् । उनीहरु दुबै अपराधिक घटनामा प्रहरीले पक्राउ गरेर १० हजार धरौटीमा छुटेको पाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहका अनुसार ०७१ असार १ मा काठमाडौंको कलंकीबाट मनबहादुर चदाराको झण्डै ४० लाखको यार्सा चोरी भएको थियो ।
चोरीमा संलग्न भएको अभियोगमा पुस १ मा ४ जना पक्राउ परे । जसमा यिनै महरा र नेपाल समेत थिए । प्रहरीले उनीहरुविरुद्ध चोरीको मुद्धा चलाएको थियो । तर, २२ दिन प्रहरी हिरासतमा रहेका उनीहरु १० हजार धरौटी बुझाएर छुटेका थिए ।
यस्तै मंगलबार पक्राउ परेका शंकर र चन्द्रबहादुर पनि साउन ६ गतेे भएको स्कुल बस आगजनीमा पनि समातिएका थिए ।
top_rightads
१० हजार धरौटीमा छुटेका महत स्कुलहरुमा बम राख्ने समूहका नाइके
0 comments
Write Down Your Responses