दशैको टिकाको उत्तम समय सार्वजनिक
आश्विन ८, २०७३ नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको दशैें टीकाको उत्तम साइत आगामी असोज २५ गते मंगलवार बिहान पौने नौं बजे रहेको जनाएको छ । नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले टीकाको उत्तम साइत ८ बजेर ४५ मिनेटमा रहेको जानकारी दिनुभयो । उत्तम साइत पौने ९ बजे भएपनि विजयादशमीका दिन दिनभरी नै टीका लगाउन र आर्शिवाद ग्रहण गर्न सकिने समितिले जनाएको छ । सोही दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजन गरेपछि टीकाको साइत हुने उहाँले बताउनुभयो । यस्तै घटस्थापनाका लागि १५ गते शनिवार बिहान ८ बजेर ३५ मिनेटमा रहेको जानकारी दिदै गौतमले असोज १६ गते बिहान ८ बजेर ३७ मिनेटमा नेपाली सेनाका लागि झण्डा परिवर्तन गर्ने साइत रहेको बताउनुभयो । फूलपातीका लागि भने २२ गते बिहान ७ बजेर २९ मिनेटमा उत्तम साइत रहेको निर्णायक समितिको भनाईछ ।
0 comments
Write Down Your Responses