top_rightads

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको छः भारतीय गृहमन्त्री सिंह

भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन्। 
 
‘प्रधानमन्त्री प्रचण्डजीको यो भारत भ्रमणसँगै द्विपक्षीय सम्बन्ध नयाँ उचाईमा पुगेको छ, समझदारी बढेको छ,’ मन्त्री सिंहले भने।
 
नेपालको संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको उनको तर्क थियो। संविधान कार्यान्वयन गरेर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको हेर्न भारत आतुर रहेको मन्त्री सिंहको तर्क थियो। 
 
द्विपक्षीय सिमा सुरक्षा लगायतका विषयमा पनि आपसी समझदारीका साथ अघि बढ्नुपर्ने उनको विश्वास थियो। उनले आजै साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट्ने कार्यक्रम छ। 

0 comments

Write Down Your Responses