top_rightads

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’

शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने
नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा
जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना
छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर
यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो
घटना विरलै सुन्न पाइन्छ ।
ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार
छोरीको आशा गरेर बसेका छन् । यही
आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको
छ । । यी दम्पत्तीका सबै छोराहरु १
महिनादेखि १८ वर्ष उमेर समूहका छन् ।
फुटबलका पारखी ४० वर्षीया यी
छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल
खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी
श्रीमती जूसिसिलेडीले
छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् ।
श्रीमती पहिलो पटक गर्भवती
भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए ।
यी दम्पत्तीले छोरीको नाम पनि
जुराइसकेको बताएका छन् ।
यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ ।
दम्पत्तीका सबै छोराहरुको नाम अंग्रेजी
अक्षर ‘आर’ बाट सुरु हुने दक्षिण अमेरिकी फुटबल
खेलाडीहरुको नाममा राखेका छन् । दम्पत्तीले
अघिल्लो महिना मात्र जन्मेका छोराको नाम ‘क्रिस्टियानो रोनाल्डो’
राखेका छन् ।
यो परिवार ब्राजिलको कानसिकाओको कोटी इलाकामा बस्ने
गर्दछन् । ठूलो परिवारलाई खाना बनाउन निकै मेहनत गर्नुपर्ने
जूसिसिलेडी बताउँछिन् । उनका अनुसा एकपटकमा उनले
एक किलो चामल, एक किलो गेडागुडी र ठूलो प्याकेट
म्याक्रोनी बनाउने गर्दछिन् ।     
:-एजेन्सि

0 comments

Write Down Your Responses