top_rightads

छवि र शिल्पाको विहेको चर्चामात्रै होकी विहेनै हो ?

काठमाडौं / नेपाली चलचित्र उद्योगमा अहिले एउटा कुराले निकै चर्चा पाईरहेको छ । प्राय चर्चामा आईरहेका नेपाली चलचित्र क्षेत्रका पुराना निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको विवाहको कुरा सबैको चासोको विषय बन्दै गइरहेको छ । नायिका रेखा थापा संगको कानुनी रुपमा गरिएको सम्बन्ध विच्छेद लगत्तै छविले आफु विहेको तयारीमा रहेको त्यो पनि नेपाली चलचित्र क्षेत्रमाकाम गरिरहेको नायिकासंग भनेपछि सबैले नायिका शिल्पा पोखरेल प्रति चासो राख्न थाले । झन्डै ९० प्रतिशत छवि प्रोडक्सनको पर्दामा कामगर्दै आएकी शिल्पा अब निर्मात्री पनिबन्ने भएपछि अझै उनीहरुको सम्बन्धन जिकिएको छ ।
चलचित्रको प्रचार प्रसारको लागि बिहेको कुरा भएको होकी के हो ? भन्ने प्रश्नमा छविले चलचित्र र व्यक्तिगत जिवनको कुरा फरक हो, मेरो चलचित्रको प्रोमोशनको लागि तहल्कानै मच्चाउनु पर्छ भन्ने छैन । त्यस्तो भन्दैमा चलचित्रको विज्ञापन हुने भए हरेक मिडियामा मैले किन विज्ञापन दिनुप¥यो । घरमै बसेर यहि कुरामात्र गरेको भए हुन्थ्यो होला , तर सबै कुरा त्यस्तो होईन भन्ने कुरा उनले मिडियासंग भने । छवि ओझा कतिको मनपर्छ भन्ने पत्रकारको प्रश्नमा शिल्पाले छवि जी मन नपर्ने भए मैले उहाँको पर्दामा कामगर्ने थिइनहोला ।
तर मैले आज सम्म चलचित्र क्षेत्रमा लागे पछि धेरै काम उहाँसंग गरेको छु भन्दै उहाँलाई चलचित्र चलाउने देखि कसरी बनाउने,प्रमोशन कसरी गर्ने कलाकारलाई चलचित्रमा कसरी समावेश गर्ने भन्ने कुराको खुवीभएको निर्माता भएको कारण मन परेको बताइन् । कलाकारितामा लाग्ने व्यक्तिले धेरै कुराको बारेमा जानकारी गराउनु हुन्छ । बिहे पक्का नै हो की के हो भन्ने प्रश्नमा शिल्पाले मनमा मायाहुनु प¥यो उमेरले बिहे रोक्छ जस्तो मलाई लाग्दैन उहाँको उमेर त मेरो ड्याडीको भन्दापनि धेरैहो तर माया हुनुपर्छ ।
मृत्यु र विवाह कसैले नदेखेको कुरा हो भोली को संग हुन्छ भन्नेनै थाहाहुन्न । यसै प्रश्नमा छवि भन्छन्, ८४ हजार जुनिपार गरेर मान्छेको जुनिपाएको हो यो बेलामा मनले चाहेको सबै कुरा गर्नुपर्छ भन्ने मलाई लागेको छ । गलत हामीले गर्नुहुन्न पाएको समयलाई राम्रोसंग सदुपयोग गर्नुपर्छ । उमेर फरक हुँदैमा पारिवारिक जिवन बिग्रन्छ भन्ने होईन ।
एउटै उमेरमा बिहे गरेको मान्छेको पनि नराम्रो भएको दुखेको छु । त्यसैले यो किस्मतको कुरा हो । चलचित्र क्षेत्रमानै हो मेरो लामो समयसम्म विवाह गरेको बाँकीविचमात को संग हुन्छ हुन्न त्यो आएपछि थाहाहुने कुरा हो । छवि र शिल्पाको कुरा गराई हेर्दा उनिहरु बाहिरी रुपमा सार्वजनिकनगरे पनि विवाहगर्ने संकेत बुझ्न सकिन्छ । फर्सिनेटवर्कबाट

0 comments

Write Down Your Responses