top_rightads

दिपायलबाट हराएको सेनाको हतियार फेला पर्यो ।

भीमदत्तनगर /  साउनको तेस्रोसाता नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल डोटीबाट हराएको हतियार र गोली फेला परेको छ । पृतना सुरक्षार्थ खटिएको सेनाको गरुडदल गणको एक टुकडीबाट एक थान एसएमजी र त्यसमा प्रयोग हुने २५० भन्दा बढी राउन्ड गोली गायब भएको थियो । सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले ती हतियार पृतना वरिपरिकै क्षेत्रमा भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हतियार लोकेट भइसकेकाले भेरिफाई हुने काम भइरहेको छ । ती हतियार खोज्न सेनाको विभिन्न टोली परिचालित थिए ।’ हतियार खोज्न बिहीबार मात्रै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत दिपायल पुगेको थियो । रासस -

0 comments

Write Down Your Responses