top_rightads

यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना


                         
आश्विन ८, २०७३- शनिबार यती एयरलाइन्सको विमान
भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ ।  २९ जना लिएर
काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा
अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको
थियो ।
'यति एयरलाइन्सको उडान नम्बर ८९३ नम्बरको विमान अपरान्ह
४ बजेर ५४ मिनेटमा धावनमार्गबाट करिव डेढ सय मिटर बाहिर
पश्चिमतर्फ 'स्किड' भएर झाडीसहितको खाल्डोमा
परेको थियो,' गौतमबुद्ध विमानस्थलको एयर ट्राफिक कन्ट्रोल
शाखाका एक अधिकारीले भने ।
उक्त अधिकारीका अनुसार चालकदलका सदस्यसिहत
३२ जना सवार उक्त विमान स्किड भएपछि गुड्न नसक्ने
अवस्थामा पुगेको छ । सबै यात्रु सकुसल छन् र अा-आफ्नो
गन्तब्यतर्फ लागेका छन् । विमान के कारणले ओभरसुट भयो ?
भन्ने बारेमा खुल्न सकेको छैन । विमानको तिनवटै पांग्रा पड्केकाे छ

भैरहवास्थित जिल्ला प्ररही कार्यालयका
डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५
मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो ।
उनको अनुसार उक्त विमानमा २९ जना यात्रु सवार थिए ।



 तस्बिर श्रोत :- हेमन्त सागर केशिको फेसबुकवाट

0 comments

Write Down Your Responses