top_rightads

नयाबर्षमा मेलम्चीको पानी काठमाडौमा प्रम दाहाल

मेलम्ची-मेलम्ची खानेपानी आयोजनाको
स्थलगत भ्रमण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको
निश्कर्ष छ-‘२०७४ सालमा काठमाडाैंमा मेलम्चीको पानी
पुग्ने देखियो।’ उनले आयोजनाको प्रगतिबारे विस्तृतमा जानकारी
लिएपछि प्रतिकृया दिएका छन्-‘यो आयोजना सम्पन्न गरेर राष्ट्रिय गाैरवका
आयोजना सम्पन्न गर्न अब ढिला गर्न हुँदैन भन्ने सन्देश दिनु
जरूरी छ।’ दाहालले कामको प्रकृति हेर्दा नयाँ बर्ष मै काठमाडौंमा
मेलम्चीको पानी पुग्ने देखिएको बताए। उनले राष्ट्रिय
गौरवका योजनामा ढिलाइ गर्न नहुने बताउँदै आयोजनाको काम समय
सीमा भन्दा अघिनै सकेर नमु्ना देखाउन निर्देशन दिए। प्रधानमन्त्रीको सचिवालय
शुक्रबार बिहानै गाडी चढेर विज्ञ टोलीसहित
प्रधानमन्त्री मेलम्चीको स्थलगत
निरीक्षणका लागि यहाँ आएका हुन्। प्रधानमन्त्री
दाहालले स्थानीयले माग गरेका विकासका पूर्वाधार र निश्चित लाभांश
वितरण गर्न सरकारले पहल गर्ने आश्वासन दिए।
प्रधानमन्त्रीसहितको टोलीलाई मेलम्ची
आयोजनाका तर्फबाट कार्यकारी निर्देशक घनश्याम भट्टराइले
प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले २० किलोमिटर सुरूङ खन्ने काम
सम्पन्न भएको र अब ७ किलोमिटर खन्न बाँकी रहेको बताएका
थिए।
सुरक्षा अधिकारीहरूले हेलिकप्टरबाट जान सुझाए पनि
प्रधानमन्त्री गाडीमै जाँदा अझ बढी यथार्थ
जानकारी हुने भन्दै गाडीमै मेलम्चितर्फ निस्केका हुन्।
मेलम्चीकाे पानी राजधानी काठमाडाैंमा ल्याउने
योजना विभिन्न कारण दर्शाउँदै ढिलाइ हुँदै आएको छ।

0 comments

Write Down Your Responses