top_rightads

सिचाईंमन्त्रीलाई हृदयघात, नर्भिकमा भर्ना

काठमाडौं-सिचाईंमन्त्री दीपक गिरीलाई बुधबार राति २ बजे हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बुधबार राति नै नर्भिक अस्पतालको अाकस्मिक कक्षमा लिगएको थियो।
एन्जियोग्राफि गर्दा मुटुको एक धमनी ९० प्रतिशत ब्लक देखिएपछि एन्जियोप्लाष्टि गरेर स्ट्यन्ट प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। बिहीबार बिहान उनलाई सिसियुमा सारिएको र अहिले २०४ नम्बर कोठामा भर्ना रहेका अस्पताल श्रोतले जानकारी दियो।
डा. यादवदेव भट्टको टिम उनको उपचारमा संलग्न रहेको र अवस्था खतरामुक्त रहेको छ। केहीदिन उनलाई अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन्।

0 comments

Write Down Your Responses