top_rightads

बक्राहखोला गाँउ पसेपछि ५०औ घर बिस्थापित

र्लाबारी (मोरङ), ५ असोज । इटहरा–३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान बक्राहा खोला बाँध फुटाएर पुरै गाउँमा पसेपछि सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् ।  बिहानैदेखिको अविरल वर्षाका कारण बाँध फुटाएर खोला गाउँमा पस्दा इटहरा गाविस–३, ४ र ५ सहित गोविन्दपुर गाविसका केही वडासमेत डुबानमा परेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सीताराम भण्डारीले जानकारी दिनुभयो ।
बाढीका कारण सो क्षेत्रका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । खोला गाउँमा पसेपछि इटहरा– ३ को जयनगर बस्तीका ३० घरपरिवारलाई उद्धार गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।
बाढीपीडितको उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित भएपनि वर्षा भइरहेका कारण र बाढी बढेपछि बाढीपीडितको उद्धारमा कठिनाइ भएको इप्रका सिजुवाका प्रहरी निरीक्षक हेमकुमार खड्काले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses