यो लभ जोन (Love Zone) हो, माया गर्नेहरुकालागि हार्दिक स्वागत छ !
बिराटनगर , १८ भाद्र । यो ‘ Love Zone ‘ हो ।
Love Zone अर्थात माया गर्नेहरुको क्षेत्र । यहाँ माया नगर्नेहरुलाई प्रवेश निषेध छ । माया गर्नेहरु भनेर प्रेमी-प्रेमिकालाई मात्रै सोच्नुभयो कि ? त्यस्तो होइन । आमाबाबु र छोराछोरी बीचको माया, दाजुभाइ र दिदीबहिनीहरु बीचको माया, छिमेकी-छिमेकी बीचको माया, जिल्लाबासीहरुबीचको माया अनि नेपाली-नेपालीबीचको माया । अझै पर जाने हो भने पृथ्वीबासीहरुबीचको माया । मायाको दायरा निकै फराकिलो छ ।

त्यसो भए कहाँ छ त यो Love Zone ? यो तपाईंको निकै नजिक छ । अझै भन्दा तपाईंको हातहातमा र आफ्नै आँखा अगाडि । नेपालमा सामाजिक सञ्जालको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी फेसबुकमा नेपालीहरुको उपस्थिति उल्लेखनीय छ । फेसबुकको विश्वब्यापी लोकप्रियताको प्रभाव नेपालमा नपर्ने कुरै भएन ।
फेसबुकमा जोडिने नेपालीहरुको संख्या जसरी दिनप्रतिदिन बढिरहेको छ, त्यसैगरी नेपाली पेज र ग्रुपहरु पनि लोकप्रिय बन्दैछन् । यस्तैमा ‘ Love Zone ‘ नेपालकै सबैभन्दा ठूलो फेसबुक ग्रुपको रुपमा अघि आएको छ । शनिबार यो समाचार तयार पार्दासम्म यसमा जोडिने नेपालीको संख्या ५ लाख ४५ हजार ३ सय २५ पुगिसकेको छ ।करिब तिन वर्षअघि पूर्वी नेपालमा अवस्थित सिजुवा मोरङका महेन्द्र खड्काले यसको सुरुवात गरेका थिए । आफूले लामो समय बिताउने फेसबुकमा माया गर्नेहरुको क्षेत्र बनाउने आफ्नो अभियान झण्डै साढे पाँच लाख नेपालीहरुबीच पुगेकोमा खड्का कम्ति खुसी छैनन् ।
उनी यसलाई अझै धेरै नेपालीबीच पुर्याउने अभियानमा छन् ।
हामी मोरङेहरुको सामाजिक संजालमा नाम अगाडि बनाएकोमा खड्कालाई धेरै धेरै बधाई अनि धन्यवाद दिन चाहान्छौ साथै यस ग्रुपले नेपालको प्रतिनिधित्व सधै गरिरहोस ।
सूचना समाचार र मनोरञ्जनको सारथि बनोस लव जोन ।
0 comments
Write Down Your Responses