हेर्नुहोस तपाईको यो साताभरिको राशिफल
आजको मिति वि.सं. २०७३ साल भदौ १८ गते शनिबार तदनुसार इश्वी सन् २०१६ सेप्टेम्बर महिनाको ३ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वितीया, १५:२६ बजेउप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो मेहनतबाट अवसरवादीहरूले फाइदा उठाउने कोसिस गर्नेछन्। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। यथासमयमा बुद्धिको उपयोग गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। पुरानो गतिले पनि काम बिग्रन सक्छ। अस्वस्थताले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। चिताएको उपलब्धि सजिलै प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् भने बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूले काममा साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। अवरूद्ध काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन् र उत्साह जाग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। तापनि, सेवाभावले गरिएका कामबाट प्रतिष्ठा प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही अवसर गुम्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक काममा जुट्नेहरूलाई फाइदै हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयको मागअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला

0 comments
Write Down Your Responses