top_rightads

उर्जामन्त्री शर्माको जनमैत्री अस्पताल तालाबन्दी


जनार्दन शर्मा ‘प्रभाकर’को स्वमित्वमा रहेको बालाजु स्थित जन मैत्री अस्पतालमा ताला बन्दि भएको छ । उक्त अस्पतालमा पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले तालाबन्दी गरेको छ । अस्पतालमा जनमैत्री अस्पतालमा शर्माले जनमुक्ति सेनाको तत्कालीन डेपुटी कमाण्डर हुँदा क्यान्टोनमेन्टबाट करोडौं हिनामिना गरेर लगानी गरेको भन्दै पूर्व जनमुक्ति सेनाका लडाकुहरुले विगतदेखि आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले अस्पतालको गेटमा ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द भएको बताइएको छ । ‘गाँस काटेको पैसामा कसैको रजाइँ नहोस्, हाम्रो आँसु, पसिना र रगतमा पहुँचवालाहरुको रजाइँ नहोस्’ भनेर व्यानरको अगाडि लेखिएको छ । उक्त व्यानरमा ठूलो अक्षरमा लेखिएको छ– ‘हामी सदन र सरकारमा छैनौं । अलिशान दरबारमा पनि छैनौं । हामी सडकमा छौं ।’ व्यानरको अन्त्यमा लेखिएको छ– ‘खबरदार १ पूर्व पिएलएको पसिनामा रातारात खरिद बिक्री नहोस् ।’ यसले के दखिन्छ भने पूर्व उर्जा मन्त्री गोकर्ण विष्टकै पदचाप पच्छ्याउन खोज्दा चिप्लिएको भन्ने स्पष्ट छ । हस्पिटल तालाबन्दि हुनुले शर्मा आफ्ना काममा कतिको सफल भन्ने उनको आफ्नै लागनी रहेको बालाजु स्थित जनमैत्री अस्पताललाई हेरे छर्लङ देखिएका छन् ।

0 comments

Write Down Your Responses