वर्डलिंकको रु २१ मै ईन्टरनेट ।
सुरेश मिश्र , इटहरी १५ असोज । विगत १५ वर्षदेखि इटहरी र आसपासमा इन्टरनेट सेवा प्रदान गर्दै आएको वल्र्डलिङ्क प्रा.लि.ले ग्राहकहरुलाई मध्यनजर गर्दै फाइबर इन्टरनेट सेवा ल्याएको छ। घरघरमा फाइबर इनटरनेट भन्ने मुल नाराका साथ अगाडी वढेको वल्र्डलिङ्क प्रा.लि.ले नेपालीहरुको महान पर्व बडा दशै र तिहारलाई लक्षित गरी आफ्नो सेवा विस्तार संगै फाइबर इन्टरनेट सेवाको योजना ल्याएको हो।
विश्व स्तरिय उच्च प्रविधीको फाइबर इन्टरनेट FTTH (फाइबर टु दी होम) सेवा ५ एमबीपिएस मात्र १८ सय रुपैयामा आईपी टिभीको सुविधा सय भन्दा वढी टेलिभिजन च्यानल सहित दशै तिहार विशेष छुट योजना ल्याएको वल्र्डलिङ्क प्रा. लि. इटहरीशाखाका प्रमुख कृष्ण घिमिरेले , जानकारी दिए । घिमिरेले इटहरी उपमहानगरपालिकाको १ नम्बर वडामा फाइबर इन्टरनेट सेवा जडान सम्पन्न भएको र सो स्थानहरुमा विश्वस्तरिय उच्च प्रविधिको फाइबरबाट इन्टरनेट संगै टिभी च्यानलका साथ यो सेवा प्रदान गरिसकेको र दशै तिहारको अवसरमा फाइबर इन्टरनेट जडान गर्ने ग्राहकलाई बिशेष छुट प्रदान गरिने वताए । फाइबर इन्टरनेट मार्फत ग्रहाकहरुले इन्टरनेट संगै टेलिभिजन पनि हेर्न सक्ने र दशै तिहारलाई लक्षित गरी आफुहरुले फाइबर इन्टरनेटमा विशेष छुटको योजना ल्याएको उनको भनाइ रहेको थियो । र यहि आर्थिक बर्ष सम्ममा इटहरी उपमहानगरपालिका भित्रका प्रत्येक स्थानमा सेवा पुर्याउने समेत जानकारी दिए। यस्तै वर्डलिंक प्रालिले आफ्नो स्थापनाको २१ बर्ष पुगेको अवसरमा रु २१ मा नै फाइबर ईन्टरनेट सेवा जडान गरिने इटहरी साखाका प्राबिधिक इन्चार्ज रोसन बिष्वकर्माले जानकारी दिए।
वल्र्डलिङ्क प्रालिले बिगत १५ बर्ष देखिनै इटहरी , बिराटचोक, खनार, इनरुवा लगायतका क्षेत्रमा भएका ग्राहकहरुलाई वाएरलेस प्रबिधिबाट इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ । प्रालिले आगामी दिनमा यि सम्पुर्ण क्षेत्रमा फाइबर मार्फत इन्टरनेट सेवा प्रदान गर्ने योजना बनाएको छ ।
0 comments
Write Down Your Responses