धर्म निरपेक्षण अस्वीकार्यः पशुपति शमशेर
१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु
गणतन्त्रलाई आफ्नो आदर्श मान्ने भएको छ । राष्ट्रियता, प्रजातन्त्र र
उदारवादलाई आफ्नो आदर्श मान्दै आएको राप्रपाले अब हिन्दु
गणराज्यलाई पनि आदर्श मान्ने भएको हो ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले ८० प्रतिशत भन्दा
बढी जनता हिन्दु धर्मावलम्बी भएको मुलुकलाई
धर्मनिरपेक्ष राष्ट्र भन्न नमिल्ने बताए । जबराले दशैं तथा तिहार पर्वको
अवसरमा पत्रकारसँग शुभकामना साटासाट गर्न बुधबार काठमाडौमा एक
कार्यक्रम गरी राप्रपाले अब धर्मनिरपेक्षतालाई
स्वीकार नगर्ने बताए ।
२०६२/०६३ सालको जनआन्दोलनपछि पुनस्र्थापित संसद्ले नेपाललाई
धर्मरिपेक्ष मुलुक घोषणा गर्दा राप्रपाले स्वागत गरेको थियो ।
राप्रपा अध्यक्ष जबराले हिन्दु राज्यको वकालत गर्दै आएको राप्रपा
नेपालसँग पार्टी एकताको सम्भावना नटरेको पनि बताए ।
0 comments
Write Down Your Responses