ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौं / सुनको भाउ आज बुधबार तोलामा चार सय रुपैयाँले घटेको छ । मंगलबार तोलाको ५८ हजार सात सय रुपैयाँ कारबार भईरहेको सुन बुधबार तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि बुधबार तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ६० रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
0 comments
Write Down Your Responses