top_rightads

जनता बहुमुखी क्याम्पस इटहरीमा भएको मनोमानी प्रती राप्रबिस नेपालको कडा आपत्त


                               



चौधरी÷इटहरी, जनता वहुमुखी
क्याम्पस इटहरीको संचालक समितीले ्आफ्ना
आसेपासे , द्वारपाले ,धुपौरे, र गृह कामदारेलाई समेत चोर दुलाबाट
कर्मचारिको रुपमा नियुक्ति गरेको आरोप राष्ट्रिय प्रजातात्तिक
विद्यार्थी संगठन नेपालले लगाएको छ । जनता
बहुमुखी क्याम्पस इकाई कमिटीले क्याम्पस प्रमुुख
समक्ष २४ घण्टे अल्टीमेटम सहित माग पत्र समेत पेश
गरेको छ । क्याम्पसको जोड इट्टामा बिपन्न बिद्यार्थीहरुको
दर्बिलो स्वप्न र नाप्नै नसकीने योगदान छ,जसको रक्षार्थ
निरन्तर खबरदारि तथा रचनात्मक भुमिका रहेको बताउदै कार्य वहाक
अध्यक्ष दिनेश काफ्लेले कुरीती विरुद्ध जस्तो सुकै
आन्दोलन गर्न आफु तयार रहेको बताए । यसै विषयलाई लिएर
सुनसरी जिल्ला सह सचिव सुरेश मिश्रले चोर दुलाबाट
कर्मचारिको रुपमा नियुक्ति गर्नु हाम्रो लागि मात्र नभई आम बिद्यार्थिका लागि
समेत असह्य छ तसर्थ त्यस्ता कर्मचारीको कहिले किन
कहिले सम्मका लागि नियुक्ती भएको हो ? निजको म्याद सकिए
पछी पनि बिना म्याद थप किन पोषित गरिदै छ ? यदि आवश्यक
नभई म्याद नथपे बिना कारण भरण पोषण किन गरीदै छ ? के
गरिब बिद्यार्थीको शुल्कको मनोमानी
फुर्मासी गर्ने छुट छ ? जस्ता प्रश्न क्याम्पस प्रशासन
समक्ष प्रश्न राख्दै निज कर्मचारिको अबीलम्ब बिदा
गरी निकास दिन अनुरोध गर्दै यस्तो क्रियाकलाप नरोके
क्याम्पसको भविष्य अन्यौलमा रहने बताए । साथै संगठनका
केन्द्रीय प्रभावशाली नेता बिकल रेग्मीले
बिद्यार्थीहरुको असिम पसीनाको मुल्य समर्पण
रहेको यस ओजिलो परिधी भित्र रहदै क्याम्पसमा कर्मचारि
नियुक्तिको बिषयमा भएका मनोमानी प्रती कडा
आपत्ती जनाएका छन । केहि राजनैतिक पार्टीका नेता
जो आफु अनुकुलीत भेषमा क्याम्पसको संचालक
समितीमा हुनु त पाच्य नै थियो तर आफ्नै मनोमानी
चलाउन खोजेको र फेरीपनी आफ्नै
मनोमानी चलाउन खोजे संगठनले आन्दोलनका चरणहरु
अगी बढाउन बाध्य हुने बताए ।


कार्यबाहक अध्यक्ष दिनेश काफ्ले क्याम्पस प्रमुख समक्ष मागपत्र पेश गर्दै

0 comments

Write Down Your Responses