काठमाडौंमा ११ वर्षीया बालिका बलात्कृत, बुबाका ‘साथी’ पक्राउं
१२ असोज, काठमाडौं । बालिकालाई जवरजस्ती करणी
गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई
प्रहरीले राजधानीको पेप्सीकोलाबाट पक्राउ
गरेको छ ।
काठमाडौ महानगरपालिका-३ बाँसबारी बस्ने खोटाङ घर भएका २६
वर्षीय अर्यालले सिन्धुपाल्चोक स्याउले-८ घर भई
बुढानिलकण्ठ नगरपालिका-५ पासीकोटस्थित खाली
जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११
वर्षीया बालिकालाई पटक-पटक जबरजस्ती
करणी गरेको बताइएको छ ।
बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार
बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागेको थियो ।
मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटकपटक
करणी गरेको बताएकी छन् । फरार अर्याललाई भने
प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको छ ।



0 comments
Write Down Your Responses