top_rightads

प्लस–टु तह उत्तीर्ण गरेका ४७ जनालाई रोजगारीको अवसर


             


काठमाडौं– नेपाल बैंक लिमिटेडमा प्लस–टु तह उत्तीर्ण
गरेका ४७ जनालाई रोजगारीको अवसर खुलेको छ। बैंकले
बुधबार सार्वजनिक सूचना जारी गरी योग्य
उम्मेदबारबाट दरखास्त आह्वान गरेको हो।
बैंकले जारी गरेको सूचनाअनुसार कम्तीमा द्वितीय
श्रेणीमा व्यवस्थापन संकायमा प्लस टु उत्तीर्ण गरेका
उम्मेद्वारले दरखास्त दिन सक्ने छन्।
स्थायी कनिष्ट सहायक पदका लागि जारी गरिएको
उक्त सूचनाअनुसार उम्मेद्वारले असोज १९ गतेसम्ममा फारम
दर्ता गरिसक्नु पर्ने छ।
खुला कोटामा २६, महिला ७, आदीवासी/जनजाति ६,
मधेशी ४, दलित २, अपांग १, पिछडिएको क्षेत्रमा १
कोटाका लागि विज्ञापन गरिएको छ।
हेर्नुहोस् सूचना

           

0 comments

Write Down Your Responses