२६ फागुन, कञ्चनपुर । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा
भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । गोली
लागेर एक नेपालीको मृत्यु भएको छ ।
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा
गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी
अस्पतालमा पुर्याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका
छन् ।
आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ ।
एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको
विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए ।त्यसक्रममा
नेपाली र भारतीयबीच झडप भएको थियो ।
आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न
लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम
रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।
यो विवादले उग्र रुप लिँदा बुधबार साँझ एसएसबीका जवानले
नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका
थिए ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान
९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका
छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
लगत्तै एसएसबीका जवानहरु नेपालतर्फ आएर प्रदर्शन गरिरहेका केही
नेपालीलाई कुटपिट गरेपछि तनाव बढेको थियो । त्यसपछि आनन्द
बजारका स्थानीयहरुले दशगजामा ढुंगामुढा सुरु गरेका छन् ।
0 comments
Write Down Your Responses