न्यौपाने, पुनर्वास,
कञ्चनपुर, २५ फागुन ।
कल्भर्ट निर्माण देखी
सिमा विवाद रहेको
आनन्दबजारमा कल्भर्ट
निर्माणको कारण
देखाउदै आज साँझ ८:३० बजे हतियार सहित आएका एसएसबीका जवानले
इन्दिरा गुरुङको घर सम्म आएर भाग्न भन्दै धम्क्याएका छन । कल्भर्ट
निर्माण गर्न कच्ची कल्भर्ट बनाउने सहमति भएपनि कच्ची बनाउदा
पटकपटक धम्क्याउने र थर्काउने भारतीय सिमा सुरक्षा बल एसएसबीले
राती नेपालीको घर सम्म आएर धम्क्याएका छन । नेपाल प्रहरीको
अगाडि नै नेपाली सर्वसाधारणलाई एसएसबीले गाली ग्लोज र अपसव्द
प्रयोग गरिरहेको छ ।
नेपाल प्रहरी कै सामुन्ने नेपाली पत्रकार हेमन्त
न्यौपानेलाई फोटो खिचेको आरोपमा घाँटीमा समेतेर फोटो डिलिट
गर्न लगाइएको छ ।
कल्भर्ट निर्माण उपभोक्ता समिति सचीव
चन्द्रमणि गैरेलाई तुच्छ शब्द प्रयोग गर्दै भारतमा भेटे कुट्ने धम्की समेत
दिएको गैरे बताउछन । नेपाली बजरमा आएर हतियार तेर्याउदा समेत
नेपाली प्रसाशन मौन रहेको प्रती स्थानीय करन साहीले आक्रोश
व्यक्त गरे ।
भारतीय एसएसबीले नेपाली सर्वसाधारण
माथी लाठीचार्ज समेत गरेको केशव साही बताउछन । घटना स्थल
पुगेका ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोशन
चन्द यसबारे ससस्त्र प्रहरीले जिम्मा लिनुपर्ने भन्दै पन्छिए ।
करिब १ घण्टा पछि घटना स्थल पुगेको ससस्त्र
प्रहरी निरीक्षक राम बहादुर खत्री समस्या झन झन जटिल भएकाले
जिल्लाबाट नै समस्याको सामाधान खोजिने बताउछन । आखिर
कहिले सम्म नेपाली भुमिमा भारतको दादागिरी ? कहिले सुन्ने
सरकारले सिमाको पीडा ? कहिले बन्द हुने नेपाली कुटिन र हेपिन ?
आनन्दबजारबासी पुरै घटना स्थलमा छ । आक्रोशित जनतालाई
धम्काइरहेको छ ।
0 comments
Write Down Your Responses