top_rightads

भारतले भन्यो गोलि हामिले चलाएको होइन।

काठमाडौँ – कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोलीबाट नेपालीको मृत्यु भएको समाचारलाई भारतले खण्डन गरेको छ ।

नेपालस्थित भारतीय राजदूतावासले आधिकारिक समाजिक सञ्जाल ट्वीटरबाट कञ्चनपुरमा भारतीय पक्षबाट गोली नचालइएको दाबी गरेको हो ।

दूतावासले संयमता अपनाउन माग गर्दै दुवै पक्षका अधिकारीहरुले सीमा स्तम्भको अध्ययन पछिमात्र संरचना निर्माण गर्न आग्रह गरेको छ ।

स्थिति नियन्त्रणका लागि भारतीय पक्षलाई नेपाली पक्षसँग सहकार्य गर्न निर्देशन दिइसकेको दूतावसले लेखेको छ ।

कञ्चनपुरमा एसएसवीले नेपालीमाथि गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ । एसएसबीको गोली लागेर पुनर्बास नगरपालिका–८ का २५ वर्षीय गोविन्द गौतमको उपचारका क्रममा मृत्यु भएको थियो।

गम्भीर घाइते उनलाई उपचारको लागि उपचारको लागि धनगढीस्थित सिटी अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका हुन् ।

नेपाल–भारत २०० नम्बर सीमास्तम्भमा पर्ने स्थानमा नेपालीले कल्भर्ड निर्माण गरी पानीको निकासका लागि ह्ुमपाइप राख्ने विषयमा नेपाली र भारतीय नागरिकबीच विवाद हुँदा दोहोरो ढुङ्गा हानाहान भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भारतीय एसएसबीको गोली लागेर गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।

एसएसबीको गोली लागेर गम्भीर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ह्ुमपाइप राख्न भारतीय पक्षले अवरोध गरेपछि आक्रोशित नेपालीले भारतीय भूमिमै गएर उनीहरुलाई लखेटेपछि दोहोरो झडपको स्थिति बनेको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले जनाएको छ ।

कल्भर्ट विबादपछि हिजो हतियारधारी एसएसबीले नेपाल पसेर नेपालीलाई अभद्र व्यवहार समेत गरेका थिए । सोपछि उनीहरु थप आक्रोशित बन्दै एसएसबीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए ।

नेपालीहरुले एसएसवीको ज्याजतीको विरोध गर्न थालेपछि एसएसवीले भारतीय भुमिबाट अन्धधुन्द गोली प्रहार गर्दा अरु एक दर्जन नेपालीहरु घाइते भएको कन्चनपुरका प्रहरी प्रमुख प्रकाश बहादुर चन्दले बताए ।

प्रहरीका अनुसार भारतीय एसएसबीले छ राउन्ड हवाईफायरसमेत गरेको छ । “यतिबेला स्थिति नियन्त्रणमा लिएर हामी स्थानीयवासीलाई साम्य बनाउन लागिरहेका छौँ ।” प्रहरीले भन्यो – “भारतीय नागरिकलाई पनि भारतीय सुरक्षा संयन्त्रले सम्हालिरहेको छ ।” घटनापछि नेपालतर्फ सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।


0 comments

Write Down Your Responses