top_rightads

ढुंगाले हानी चालकको हत्या गर्ने चार जना पक्राउ

दाङको मानपुरमा चार दिनअघि भएको चालकको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मानपुर गाविस वडा नं. ८ मंगरीगाउँका २६ वर्षीय हिरामणि चौधरीको हत्याको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ वर्षीय राजन र मनोज चौधरी, २७ वर्षीय रामबहादुर चौधरी र २९ वर्षीय चन्द्रवीर चौधरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो।
 
जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना बसेर मदिरा सेवन गरेको र त्यही बाटो भएर हिरामणि चौधरी घर जाँदै गर्दा ढुङ्गाले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताएका छन्।
 
बगौसीमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरीसहित युवाबीच सामान्य विषयमा विवाद हँुदा उनीहरुले हिरामणिलाई ढुंगाले प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेको एसपी सिंहले जानकारी दिए।

0 comments

Write Down Your Responses