top_rightads

लेवनानले घरेलु महिला कामदार लैजान रोक लगायो

सरकारले ल्याएको घरेलु कामदार निर्देशिकाप्रति असन्तुष्ट जनाउँदै लेवनानमा रहेका रोजगारदाता कम्पनीले नेपाली घरेलु कामदार लैजान रोक लगाएको छ। नेपाली महिला कामदार लैजादाँ १० हजार डलर र थप एक हजार डलर महिलाको नाममा दूतावासमा धरौटी राख्नुपर्ने विषयमा असन्तुष्टि जनाउँदै लेवनानमा रहेका म्यानपावर कम्पनीहरुले नेपाली कामदार लैजान रोक लगाएको हो।

५ वर्ष अघि नेपाल सरकारले लेवनानमा घरेलु महिला कामदार पठाउन खुल्ला गरेको थियो । २ वर्षसम्म ६ वटा म्यानपावर कम्पनीहरुले झन्डै ६ हजार नेपाली महिलाहरु त्यहाँ पठाएका थिए । पछि नेपाली महिला कामदारहरुमा समस्या देखिन थालेपछि सरकारले रोक लगाएको थियो । पछि भने सरकारले कार्यविधि बनाएर पुन खुल्ला गरेको थियो ।


निर्देशिकासँगै लेवनानमा कुटनीतिक पहल न्युन हुदाँ त्यहाँका रोजगारदाता कम्पनीले घरेलु कामदार लैजान रोक लगाएको हुन सक्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बताए। उनले भने, 'लेवनान सरकारको माग भनेको लेवनानमा दूतावास र कन्सुलर कार्यालय स्थापना गर्नु नै हो, तर लेवनानका भिसा लगाउन इजिष्ट जानुपर्ने र त्यो टाढा भएका कारण त्यहाँका रोजगारदाता कम्पनीहरुले अप्ठेरो मान्ने गरेका छन् ।'

पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले सरकारले ल्याएको कार्यविधिप्रति लेवनानले असन्तुष्टि जनाए जोखिममा पार्न त्यहाँ नेपाली कामदार नपठाउने बताए। 'जहाँ नेपाली महिला कामदार सुरक्षित हुन्छन त्यहाँ पठाउनेु भने उनले थपे । लेवनान नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक पनि होइन ।

सरकारले घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनुपर्ने व्यवस्था गरेको छ । न्यूनतम तीन सय अमेरिकी डलर तलब हुनुपर्ने घरेलु कामदारलाई आठ घन्टाभन्दा बढी काम लगाउन नपाइने, थप काम लगाएमा ओभरटाइम दिनुपर्ने व्यवस्थासमेत गरिएको छ । सरकारले म्यानपावर कम्पनीमार्फत मात्र घरेलु कामदार पठाउन पाउने नयाँ नियम बनाएको छ ।

0 comments

Write Down Your Responses