सत्ता ठुलो कि रास्ट्रीयता ?? सम्मानजनक सिट नपाए पौडेल पक्ष सरकारमा नजाने
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रालयमा सम्मानजनक उपस्थिति नपाए सरकारमा नजाने चेतावनी दिएको छ।
नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरूको भागबन्डामा पौडेल पक्षले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नहुने चेतावनी दिएको हो।
सरकारमा सहभागी हुने विषयमा बसेको पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा सम्मानजनक स्थान, संख्या र महत्वपूर्ण मन्त्रालय नदिए सरकारमा नजाने धारणा अधिकांश सदस्यले धारणा राखेका थिए।
रोमी चौचन थकाली, भरत खड्का लगायत कतिपय सांसदहरू मन्त्री बन्न हतारिरहे पनि अधिकांशले सम्मानजनक स्थान नभए सरकारमा सहभागी नहुने अडान लिएका छन्।
0 comments
Write Down Your Responses