top_rightads

पुर्व गृहमन्त्री घिमिरेको भाइको शव भेटियो

चितवन । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहुा जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो ।
उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए ।
असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाई र आमा बेपत्ता भएका थिए । एक सातासम्म सुरक्षाकर्मी र उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरुको शव भेटिएको थिएन । पुर्व मन्त्री घिमिरे र उनका एक भाई अझै बेपत्ता छन् ।

0 comments

Write Down Your Responses