क्यामरामा कैद भएका इतिहासका सबैभन्दा भयानक संघर्षका कथाहरु फोटो फिचर
ल्याटिन अमेरिकी देश कोलम्बियामा कम्युनिष्ट विद्रोही गुट रिभोलुसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया वा एफएआरसी (जसलाई साधारण रुपमा फार्क भनिन्छ) र सरकारका बिच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।
फोटोग्राफर जीसस एबेड कोलोराडो लोपेज ५० वर्षसम्म चलेको यो संघर्षको महत्वपूर्ण २५ वर्षका साक्षी रहेका छन् । उनले थुप्रै महत्वपूर्ण क्षणलाई आफ्नो क्यामरामा कैद गरेका छन् ।
लोपेजका हजुरबुवा कोलम्बियाको शहर स्यान कार्लोस एन्टिकियामा बस्दथे । यो इलाकाको ला वायोलेन्सिया भनिन्छ । यहाँ दुई राजनीतिक दल लिबरल र कंजरभेटिभमा निकै भयानक लडाईं चल्ने गर्दथ्यो । उनका हजुरबुवा र हजुरआमा एक कन्जर्भेटिभ शहरमा बस्ने लिबरल थिए ।
एक रात समूहमा आएका मानिसहरुले उनको हजुरबुवाको हत्या गरे र सबैभन्दा सानो बच्चाको गला रेटेर हत्या गरिदिए । यो घटनाले स्तब्ध उनकी हजुरआमाले खान पिउन छोडिन् र चार महिनापछि उनको पनि मृत्यु भयो ।
कोलम्बियाको हिंसा र संघर्षलाई कभर गर्ने उनी एक्ला पत्रकार थिए । लोपेजले त्यहाँका मानिसहरुसँग व्यक्तिगत सम्बन्ध बनाए । त्यसकारण त्यहाँका मानिसहरुले उनले हरेक प्रकारको फोटो खिच्ने अनुमती दिए । एनिसीटी त्यहाँका स्थानीय मध्येका एक हुन् जसको आँखा अगाडि श्रीमतीको गोली हानेर हत्या गरियो । सेना र गुरिल्लाहरुले उनलाई श्रीमतीको उपचारका लागि अस्पताल लान दिएनन् । यसकारण उनको मृत्यु भयो ।
कोलोराडो लोपेज गोरिल्ला नेताहरु वा सेनाको जनरलहरुको तस्बिर खिच्दैनथे । उनी तल्लो स्तरका लडाकू र सैनिकहरुलाई महत्व दिन्थे । जस्तै यी सैनिक जसको इलाकामा गुरिल्लाले सन् १९९३ को सेप्टेम्बरमा हमला गरेका थिए । हमलामा उनका थुप्रै साथीहरुको मृत्यु भयो तर उनी बाँच्न सफल भएका थिए ।
अथवा यी रोइरहेका सैनिक जसको १३ वर्षीया बहिनीलाई बिद्रोहीले हत्या गरिदिए । सैनिकमा काम गर्न बन्द नगरे उनको परिवारको हत्या गर्न सुरु गर्ने धम्की उनलाई गुरिल्लाहरुले दिएका थिए ।
एक अनुमानका अनुसार पछिल्लो केही दशकमा यो संघर्षमा दुई लाख २० हजार मानिसहरु मारिएका छन् । यसमा सर्वसाधारणको संख्या सबैभन्दा धेरै छ ।
अटोडिफेन्स यूनिडास डी कोलम्बिया (एयूसी) का विद्रोहीहरुले नोभेम्बर सन् २००२ मा १८ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार पछि हत्या गरिदिए । उनको हातमा चक्कुले आफ्नो संगठनको नाम लेखेर दिएका थिए ।
स्यान जोस डी अपार्ताडोमा सेनाका सहयोगमार्फत अर्धसैनिक बलको तर्फबाट गरिएको नरसंहारपछि गाउँ छोडिरहेका मानिसहरु ।
एन्टीओकियाका एल अरोमा अर्धसैनिक बल पाँच दिनसम्म बसे र त्यहाँका मानिसहरुलाई चरम यातना दिए । उनीहरुले उक्त इलाकाको मुख्य चौबाटोमा १५ जना मानिसहरुको हत्या गरिदिए । स्थानीयलाई १५ जना मानिस मारिएको हेर्न बाध्य बनाइयो । त्यहाँका गाउँमा लूटपाट पछि उनीहरुले आगो लगाइदिए ।
अर्धसैनिक बल त्यहाँबाट गएपछि त्यहाँ बस्ने मानिसहरुले पनि उक्त गाउँ छोडिदिए ।
चोको प्रानको रिओ सूचीमा गुरिल्लाका विरुद्ध कारवाहीको क्रममा सेनाको तर्फबाट खसाइएको बमले यहाँ खाल्डो बनेको थियो । यो कारवाही पछि करिब ८ हजार मानिसहरु बेघर भएका थिए ।
बिद्रोही र सैनिकको लडाईंमा फसेका यी स्कूलको भित्ताहरुमा गोलीको निशान देख्न सकिन्छ ।
कोलम्बियाको हिंसा र संघर्षलाई कभर गर्ने उनी एक्ला पत्रकार थिए । लोपेजले त्यहाँका मानिसहरुसँग व्यक्तिगत सम्बन्ध बनाए । त्यसकारण त्यहाँका मानिसहरुले उनले हरेक प्रकारको फोटो खिच्ने अनुमती दिए । एनिसीटी त्यहाँका स्थानीय मध्येका एक हुन् जसको आँखा अगाडि श्रीमतीको गोली हानेर हत्या गरियो । सेना र गुरिल्लाहरुले उनलाई श्रीमतीको उपचारका लागि अस्पताल लान दिएनन् । यसकारण उनको मृत्यु भयो ।
कोलोराडो लोपेज गोरिल्ला नेताहरु वा सेनाको जनरलहरुको तस्बिर खिच्दैनथे । उनी तल्लो स्तरका लडाकू र सैनिकहरुलाई महत्व दिन्थे । जस्तै यी सैनिक जसको इलाकामा गुरिल्लाले सन् १९९३ को सेप्टेम्बरमा हमला गरेका थिए । हमलामा उनका थुप्रै साथीहरुको मृत्यु भयो तर उनी बाँच्न सफल भएका थिए ।
एक अनुमानका अनुसार पछिल्लो केही दशकमा यो संघर्षमा दुई लाख २० हजार मानिसहरु मारिएका छन् । यसमा सर्वसाधारणको संख्या सबैभन्दा धेरै छ ।
अटोडिफेन्स यूनिडास डी कोलम्बिया (एयूसी) का विद्रोहीहरुले नोभेम्बर सन् २००२ मा १८ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार पछि हत्या गरिदिए । उनको हातमा चक्कुले आफ्नो संगठनको नाम लेखेर दिएका थिए ।
स्यान जोस डी अपार्ताडोमा सेनाका सहयोगमार्फत अर्धसैनिक बलको तर्फबाट गरिएको नरसंहारपछि गाउँ छोडिरहेका मानिसहरु ।
एन्टीओकियाका एल अरोमा अर्धसैनिक बल पाँच दिनसम्म बसे र त्यहाँका मानिसहरुलाई चरम यातना दिए । उनीहरुले उक्त इलाकाको मुख्य चौबाटोमा १५ जना मानिसहरुको हत्या गरिदिए । स्थानीयलाई १५ जना मानिस मारिएको हेर्न बाध्य बनाइयो । त्यहाँका गाउँमा लूटपाट पछि उनीहरुले आगो लगाइदिए ।
अर्धसैनिक बल त्यहाँबाट गएपछि त्यहाँ बस्ने मानिसहरुले पनि उक्त गाउँ छोडिदिए ।
चोको प्रानको रिओ सूचीमा गुरिल्लाका विरुद्ध कारवाहीको क्रममा सेनाको तर्फबाट खसाइएको बमले यहाँ खाल्डो बनेको थियो । यो कारवाही पछि करिब ८ हजार मानिसहरु बेघर भएका थिए ।
बिद्रोही र सैनिकको लडाईंमा फसेका यी स्कूलको भित्ताहरुमा गोलीको निशान देख्न सकिन्छ ।
एन्टिओकिया प्रान्तको मेडेलिन शहरमा एक पहाडबाट निगरानी गरिरहेका अर्धसैनिक जवानहरु ।
यहि क्रममा जीसस एबेड कोलोराडो लोपेजको परिवारले पनि निकै नोक्सानी व्यवहोर्नु पर्यो । उनको एक भाइलाई सेनाले गायब गरिदियो जबकी एकलाई फार्कले अगुवा गरेर हत्या गर्यो ।
आफ्नो दुधे बालकका साथ घर फर्किएका बिस्थापित बासिन्दा । यी व्यक्तिले गुरिल्ला र अर्धसैनिक बलले कारवाही गरी बाध्यतावश आफ्नो घर छोड्नु परेको थियो र केही महिनाका लागि विस्थापित हुनु परेको थियो ।
यी फोटोमार्फत मानो लोपेज भन्न चाहन्छन्, ‘नबिर्सिउ, याद राख, शोक मनाउ र न्याय हाँसिल गर ।’
तर…. आशा अझै बाँकी छ !
फोटोग्राफर जीसस एबेड कोलोराडो लोपेजको जन्म कोलम्बियाको मेडेलिनमा भएको थियो । उनले एल कोलम्बियानो अखबारका लागि सन् १९९२ देखि २००१ सम्म काम गरे । उनले ‘मिरर डे ला विडा प्रोफन्डा’ अर्थात ‘समृद्ध जीवनमा एक नजर’ नामको किताब लेखे । उनको यो तस्बिर एक बालकले खिचेका हुन् ।
0 comments
Write Down Your Responses