top_rightads

लाखौको ज्यान लिन सक्ने गरि नेपालमा ७.८ रेक्टरको भूकम्प आउन सक्ने सम्भावना

नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ । बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ । विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भूकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो । सुन्नुहोस् बीबीसीको यो रिपोर्ट :- सदुरमध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्यपश्चिम नेपालमा ८ दशमलव ६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ । यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ । (यो रिपोर्ट बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो ।) 



0 comments

Write Down Your Responses