top_rightads

उत्तर कोरियाबाट भाग्न सफल युवतीको दर्दनाक बयानः ‘मलाई जोगाउन मेरी आमा आँखै अगाडि बलात्कृत भइन’ (भिडियो सहित)

भिडियो:- 

उत्तर कोरियायाबाट भाग्न सफल भएकी एक किशोरी इयोनमी

पार्कको भिडियो अहिले युट्युबमा भाइरल बनिरहेको छ । भिडियोमा उनले रुदै बताएको कोरियाका

जनताले भोग्नु परेको पीडा सुन्दा सबैको मुटु एक पटक ढक्क फुल्छ ।

‘म आज बोल्न बाध्य भएकी छु । यो मेरो मात्र पीडा होइन । उत्तर

कोरियाका सबै जनता चाहान्छन् कि यो सन्देश विश्वले थाहा पाओस्’, आँखाबाट बलिन्द्रधारा

झार्दै उनले भनेकी छिन ।

‘उत्तर कोरिया एक अकल्पनीय राष्ट्र हो । यो देशमा एउटा मात्र टिभी

च्यानल छ । इन्टरनेट पनि छैन । हामीले चाहे अनुसार गीत गाउन,

बोल्न, लगाउन वा सोच्न पाउँदैनौ । त्यहाँ कुनै स्वतन्त्रता छैन’, पार्कले भनिन ।

‘उत्तर कोरिया एकमात्र यस्तो राष्ट्र हो जहाँ मानिसहरुलाई गैरकानुनी

अन्तराष्ट्रिय फोन कल गरेका कारण मृत्युदण्डको सजाय सुनाइन्छ । उत्तर

कोरियाली जनताहरुलाई आतंकीत बनाउने काम गरिएको छ ।’

उनले भनेकी छिन, ‘जब म उत्तर कोरियामा हुर्कदै थिए, मैले कहिल्यै पनि पुरुष

र महिलबीचका प्रेम कथाहरु सुन्न पनि पाइन र देख्न पनि पाइन । यहाँ प्रेमका

किताबहरु, गीतहरु, प्रेसहरु, फिल्महरु पाइदैन । यो देशमा रोमियो जुलिएट पनि

पाइदैनन् । केबल यहाँ किम जोङ उनको प्रोपोगाण्डाको मात्र प्रचारका हुने गर्छ ।

म सन् १९९३ मा जन्मिएकी हुँ । म जन्मिए पछि अपहरणमा परे । मैले मानव

अधिकार के हुन्, स्वतन्त्रता के हो भन्ने थाहा पाउने मौका नै पाइन । उत्तर कोरियाका

जनताहरु स्वतन्त्रताका लागि बाटो खोजिरहेका छन्, मरिरहेका छन् ।’

जब म ९ वर्षकी थिए तब मैले मेरो साथीकी आमालाई

सार्वजनिक रुपमा झुण्ड्याएको देखे । उनको अपराध यतिमात्र थियो कि उनले हलिउड फिल्म

हेरेकी थिइन् ।

यदी कसैले किम शासनप्रति शंका गर्छ भने त्यसको तीन पुस्ताले जेल

सजाय भोग्नुपर्छ वा मृत्युदण्डको सजाय दिइन्छ ।

जब म चार वर्षकी थिए तब मेरी आमाले नसुसेल्न

खबरदारी गर्नुभयो । चरा र मुसाले समेत मैले बोलेको सुन्न पाएनन् । म सोच्थे

उत्तर कोरियाका शासकले मेरो मस्तिष्क पढ्न सकुन् ।

मेरो पिताको मृत्यु चीनमा भएको थियो जब हामीले उत्तर कोरियाबाट भाग्न

सफल भयौ । मैले मेरो बुबाको लाशलाई राति ३ बजे सुटुक्क गाडेकी थिए ।

‘जब म १४ वर्षकी थिए, म कराउन पनि सकेकी थिइन । कसैले मलाई

उत्तर कोरिया फर्काइदिने त होइनन् भन्ने डर लाग्थ्यो ।’

‘जुन दिन उत्तर कोरियाबाट भाग्न सफल भए, सोही बेला मैले मेरो आमाको

बलात्कार भएको देखे । त्यो बलात्कारी चिनियाँ दलाल थियो । उसले मलाई निशानामा

राखेको थियो । म १३ वर्षकीमात्र थिए । तर कोरियामा एउटा भनाइ छ ‘महिलाहरु

कमजोर हुन्छन् तर आमाहरु बलिया हुन्छन् ।’ मेरी आमाले आफ्नो बलात्कार

गर्न आग्रह गरिन् र मेरो रक्षा गरिन् ।’

‘उत्तर कोरियामा ३ लाखभन्दा बढी शरणार्थीहरु चीनमा

रहेका छन् । उनीहरुको अवस्था निकै दयनीय रहेको छ ।’

‘७० प्रतिशत महिला, किशोरी केटीहरुलाई पिडा दिने काम गरिएको छ ।

कतिपय अवस्थामा उनीहरुलाई २०० डलरमा समेत बेच्ने गरिएको छ ।’

‘हामी गोवी मरभूमीमा कम्पासको सहयाताले बाटो पहिल्याउँदै

हिड्यौ । जब कम्पासले काम गर्न छोड्यो तब ताराहरुको भरमा हामी अगाडि बढि नै

रह्यौ । मलाई लाग्यो हाम्रो भन्नु त्यही ताराहरुमात्र रहेछन् । जब मंगोलिया

पुगियो तब स्वतन्त्र भएको महसुस ग¥यौ । मृत्यु वा आत्मसम्मान । हामीले

आफैलाई मार्ने अवस्था पनि आएको थियो । यदी हामीलाई उत्तर कोरिया

फर्काइएमा यस्तो निर्णय लिन बाध्य हुने थियौ । हामी मानव भएर बाँच्न

चाहन्थ्यौ ।’

मानिसहरुले मलाई प्राय सोध्छन्, ‘उत्तर कोरियाका मानिसहरुलाई कसरी मदत

गर्न सक्छौ ?’

‘उनीहरुलाई मदत गर्ने धेरै बाटाहरु रहेका छन् । तर म यहाँ तीनवटा

कुरा उल्लेख गर्न चाहान्छु ।

१. शिक्षित बन्नुहोस् । जसका कारण मानव अधिकारको संकटबाट तपाईले उत्तर कोरियामा

आवाज उठाउन सक्नुहुनेछ ।

२. उत्तर कोरियाबाट भागेका शरणार्थीहरुलाई मदत तथा सहयोग गर्न

सक्नुहन्छ जो स्वतन्त्रताको खोजीमा रहेका छन् ।

३. चीनले उत्तर कोरियालाई गर्दै आइरहेको प्रत्यावर्तन रोक्न याचिका दायर

गर्नुहोस् । हामीले सधै अध्यारोमा बास बसेका छौ । यो उत्तर कोरियाका

मानिसहरुको मात्र मानव अधिकार होइन । यो हाम्रो अधिकार जहाँ उत्तर कोरियाका शासकले

७ दशकदेखि दमन गरिरहेका छन् । विश्वका अन्य राष्ट्रहरु रहेका छन् जसले

प्रत्यावर्तन रोक्न चीनलाई दबाब दिन सक्छन् ।’

‘सम्रगमा भन्नुपर्दा, वन योङ वल्र्डका चाइनिज डेलिगेटले यसमा प्रमुख भुमिका निर्वाह

गर्न सक्छन । यसबारे विश्वभरलाई जानकारी दिन सक्छन् ।’

‘उत्तर कोरिया एउटा यस्तो राष्ट्र हो जसलाई व्याख्या गर्न सकिदैन । कोही पनि

मानिसलाई ऊ सोही ठाउँमा जन्मेको आधारमा दबाएर राख्न पाइदैन ।

हामीले शासकलाई भन्दा पनि त्यहाँ रहेका जनताबारे सोच्ने बेला आएको छ

जसलाई भुल्ने काम भएको छ ।’

उनले यो भनिसकेपछि डेलिगेट्स तथा विभिन्न संघ सस्थालाई उत्तर कोरियालाई स्वतन्त्र

बनाउन कदम चाल्न आग्रह गरेकी छिन् । यो बक्तव्य दिइरहँदा उनका आँखाबाट

आशु झरिनै रहे भने उनलाई सुनिरहेका मानिसहरु पनि रोइरहे ।

भिडियो

0 comments

Write Down Your Responses