top_rightads

सुनसरी क्षेत्र नं ३ मा राप्रबिस नेपालको अधिवेशन सम्पन्न

दुहबी/
रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको सुनसरी क्षेत्र नं ३ को दोश्रो क्षेत्रीय अधिवेशन दुहबिमा सम्पन्न भएको छ। संगठनका क्षेत्रीय अध्यक्ष कमल चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तथा कोशी अञ्चल संयोजक केदार कोइराला प्रमुख अथिती रहनुभएको थियो भने क्षेत्रीय अध्यक्ष चन्दन चौधरी संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नंबर १ प्रमुख रबिन बस्नेत बिशिस्ट अथितिको रुपमा रहनुभएको थियो। कार्यक्रममा अथितिको रुपमा दुहबी नगरपालिका अध्यक्ष तथा जिल्ला सदस्य रामबहादुर राउत एवम संगठन का जिल्ला अध्यक्ष सुवास घिमिरे ब• उपाध्यक्ष भुपेन्द्र सापकोटा सचिब देनेश काफ्ले र सह सचिब सुरेश मिश्र अथितिको रुपमा रहनुभएको थियो। दोश्रो  क्षेत्रीय अधिवेशनबाट रोषन चौधरी अध्यक्षको रुपमा सर्वसम्मतले निर्वाचित भएका छन भने १७ सदस्यीय क्षेत्रीय कमिटी गठन भएको छ । नव गठित कमिटीलाई पार्टिका केन्द्रीय सदस्य तथा कोशी अञ्चल संयोजक केदार कोइराला लगायतले सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनुभएको थियो साथै विद्यार्थीहरुलाई प्रशिक्षण समेत गर्नुभएको थियो।

0 comments

Write Down Your Responses