। पूर्वप्रधानमन्त्री
केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट
लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा
घर बन्नसक्ने देखिएको छ ।
ओलीले सरकारबाट २०५४ असार १५ गते २० लाख २५
हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४
साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५
लाख ७३ हजार, २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३
हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार, २०७२ कार्तिक ९
गते २ करोड १२ लाख ३ सय र २०७२ कागुन ३ गते ४ करोड ९८
लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख
सतसठ्ठी हजार चार सय २ रुपैयाँ दोहन गरेका छन् ।
ओलीले उपचारका नाममा लिएको यो रकम दक्षिण एसियामै
सबैभन्दा बढी हो । एउटा रोगी नेता पाल्दा
यसले राज्यको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको छ ।
ओलीले लिएको उपचार खर्चले ५८९ जना भूकम्प
पीडितको घर बन्न सक्ने देखिएको छ । उनले लिएको
उपचार खर्च लगभग मुस्ताङ, मनाङजस्ता साना जिल्लाको एक
वर्षको बजेट बराबर छ ।
ओलीले लिएको उपचार खर्चबाट १ किमी
सडकका लागि ५ लाख लाग्दा पनि ३५४ किलोमिटर पक्की
मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७,६६७ बिजुलीका
पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा
फारमका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फारम, प्रतिघर
३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर
र एउटा सिंगो धरहरा बन्न सक्थ्यो ।
ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा
बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने
अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । देशले
सधैं रोगी नेता पाल्नुपर्ने बिडम्बना कहिले अन्त्य
हुन्छ ? नेपालका लागि निकै ठूलो चिन्ताको विषय हो ।
यसरी हेर्दा ओलीले लिएको उपचार खर्चले
देशको प्रगति नै रोकिएको भन्न सकिन्छ ।
0 comments
Write Down Your Responses