top_rightads

सौँठामा सकियो रक्तदान उत्प्रेरणा गोष्ठी

Home
यादब बिष्ट, सौँठा/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङको आयोजनामा एक दिने रक्तदाता उत्प्रेरणा गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
रतुवामाई– ६ स्थित सौँठा माविमा भएको उक्त गोष्ठीमा मोरङ जिल्लाबाट नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने रेडक्रस उपशाखाहरु, सहकारी र विभिन्न संघसंस्थाको ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त गोष्ठी मार्फत मानबको शरिरमा नचाहिने रगतलाई दान गरी अरुको जीवन बचाई मानवीय सेवामा जुट्नु पर्ने र यसका लागि गाउँ गाउँमा उत्प्रेरकहरुको विकास गर्न यस्ता कार्यक्रम नियमित रुपमा जिल्ला शाखाले सञ्चालन गर्दै आई रहेको जिल्ला शाखा सभापति सुवोधकुमार सिंहले बताउनु भयो ।
कार्यक्रम जिल्ला शाखा सभापति सिंहको सभापतित्व र रेड्क्रस यशस्कर सदस्य देउमान सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

,

0 comments

Write Down Your Responses