। पूर्वप्रधानमन्त्री
केपी शर्मा ओलीले विभिन्न समयमा राज्यबाट
लिएको उपचार खर्चले भूकम्प पीडितका लागि ५८९ वटा
घर बन्नसक्ने देखिएको छ ।
ओलीले सरकारबाट २०५४ असार १५ गते २० लाख २५
हजार, २०५९ माघ २७ गते १३ लाख ५८ हजार ५ सय, २०६४
साउन ६ गते २७ लाख १२ हजार १००, २०६८ भदौ १३ गते ३५
लाख ७३ हजार, २०७१ कार्तिक १७ गते ९ करोड २२ लाख १३
हजार, २०७१ चैत ५ गते ३७ लाख ७३ हजार, २०७२ कार्तिक ९
गते २ करोड १२ लाख ३ सय र २०७२ कागुन ३ गते ४ करोड ९८
लाख १३ हजार २ रुपैयाँ गरी जम्मा १७ करोड ६६ लाख
सतसठ्ठी हजार चार सय २ रुपैयाँ दोहन गरेका छन् ।
ओलीले उपचारका नाममा लिएको यो रकम दक्षिण एसियामै
सबैभन्दा बढी हो । एउटा रोगी नेता पाल्दा
यसले राज्यको विकास र प्रगतिमै नकारात्मक प्रभाव पारेको छ ।
ओलीले लिएको उपचार खर्चले ५८९ जना भूकम्प
पीडितको घर बन्न सक्ने देखिएको छ । उनले लिएको
उपचार खर्च लगभग मुस्ताङ, मनाङजस्ता साना जिल्लाको एक
वर्षको बजेट बराबर छ ।
ओलीले लिएको उपचार खर्चबाट १ किमी
सडकका लागि ५ लाख लाग्दा पनि ३५४ किलोमिटर पक्की
मोटरबाटो, १ पोललाई १० हजार लाग्दा १७,६६७ बिजुलीका
पोल, एउटा भवनको १२ लाख लाग्दा १४८ विद्यालय भवन, एउटा
फारमका लागि २० लाख लाग्दा ८९ वटा आधुनिक कृषि फारम, प्रतिघर
३ लाख लाग्दा ५८९ जना भूकम्प पीडितका लागि नयाँ घर
र एउटा सिंगो धरहरा बन्न सक्थ्यो ।
ओलीको जसरी नै राज्यले व्यक्तिलाई पैसा
बाँड्ने हो भने १० वर्षमा देश कंगाल हुने
अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन् । देशले
सधैं रोगी नेता पाल्नुपर्ने बिडम्बना कहिले अन्त्य
हुन्छ ? नेपालका लागि निकै ठूलो चिन्ताको विषय हो ।
यसरी हेर्दा ओलीले लिएको उपचार खर्चले
देशको प्रगति नै रोकिएको भन्न सकिन्छ ।
दुहबी/
रास्ट्रीय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको सुनसरी क्षेत्र नं ३ को दोश्रो क्षेत्रीय अधिवेशन दुहबिमा सम्पन्न भएको छ। संगठनका क्षेत्रीय अध्यक्ष कमल चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तथा कोशी अञ्चल संयोजक केदार कोइराला प्रमुख अथिती रहनुभएको थियो भने क्षेत्रीय अध्यक्ष चन्दन चौधरी संगठनका केन्द्रीय सदस्य तथा प्रदेश नंबर १ प्रमुख रबिन बस्नेत बिशिस्ट अथितिको रुपमा रहनुभएको थियो। कार्यक्रममा अथितिको रुपमा दुहबी नगरपालिका अध्यक्ष तथा जिल्ला सदस्य रामबहादुर राउत एवम संगठन का जिल्ला अध्यक्ष सुवास घिमिरे ब• उपाध्यक्ष भुपेन्द्र सापकोटा सचिब देनेश काफ्ले र सह सचिब सुरेश मिश्र अथितिको रुपमा रहनुभएको थियो। दोश्रो क्षेत्रीय अधिवेशनबाट रोषन चौधरी अध्यक्षको रुपमा सर्वसम्मतले निर्वाचित भएका छन भने १७ सदस्यीय क्षेत्रीय कमिटी गठन भएको छ । नव गठित कमिटीलाई पार्टिका केन्द्रीय सदस्य तथा कोशी अञ्चल संयोजक केदार कोइराला लगायतले सफल कार्यकालको लागि बधाई तथा शुभकामना दिनुभएको थियो साथै विद्यार्थीहरुलाई प्रशिक्षण समेत गर्नुभएको थियो।
काठमाडौं, २४ कात्तिक । राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको महाधिवेशन आगामी मंसिर २५,२६ र २७ गते हुने लगभग पक्का भएको छ । मंगलबार पार्टी अध्यक्ष कमल थापाले बिधार्थी नेताहरु संगको भेटमा समयमा महाधिवेशन सम्पन्न गर्न विद्यार्थी नेतृत्वलाई निर्देशन दिएका छन।
भेटमा बिधार्थी नेताहरुले महाधिबेशन आउन लगभग एक महिना बाकि हुदा संगठन भित्र प्रभावशाली मानिने प्रकाशन , सुचना तथा प्रचारप्रसार बिभाग प्रमुख सौरभ भण्डारी माथि एकलौटी ढंगबाट महाधिबेशन आयोजक समितिका संयोजकले कारबाही गरेर बिबाद सिर्जना गर्दै महाधिबेशन नगराउने खेल खेलेकोले समयमै महाधिबेसन गराउन र बिधार्थी नेता भण्डारीको कारबाही फुकुवा गराउन पार्टी अध्यक्ष कमल थापाको ध्यानाकर्षण गराएका थिए। जवाफमा अध्यक्ष थापाले महाधिबेसनको मुखमा मनोमानी ढंगबाट गरिएको उक्त कारबाहीको कुनै अर्थ नरहेको र वास्तबमा त्यो कारबाहीनै मान्न नसकिने हुदाँ आयोजक समितिका संयोजकले गल्ति सुधारेर महाधिबेसनमा केन्द्रित हुनुको विकल्प नरहेको बताएका छन्। यसै क्रममा अध्यक्ष थापाले यो वा त्यो बाहानामा कसैले चाहेर पनि महाधिबेशन तोकिएको समय भन्दा पछाडि नसर्ने हुदा आवाश्यक तयारीमा लाग्न बिधार्थी नेताहरु लाई निर्देशन दिएका छन् ।
अध्यक्ष थापाको निर्देशनले बिधार्थी नेताहरु उत्साहित
महाधिबेशन हुने निश्चितता संगै पार्टी अध्यक्ष कमल थापाको निर्देशन पछी सबैमा उत्साह छाएको प्रदेश नं ६ का संयोजक विधार्थी नेता जनक फडेराले बताएका छन्। अर्का बिधार्थी नेता सुजन गौतमले भने “बिधार्थी नेता भण्डारीको कारबाहीले देशभरका बिधार्थीहरु आक्रोशित एबं महाधिबेसन समयमा नहुने कुराले निराश देखिएपनि अध्यक्षको निर्देशनले सबैमा उत्साह छाएको छ।” यसैगरी संगठनका प्रबक्ता क्षितिज सुबेदीले दुइ मा एक जोड्दा तिन हुने सर्वमान्य नियमलाई संयोजकले दुईमा एक घटाउदा तिन हुन्छ भन्ने मानसिकता राख्नु संयोजकको बिनासकालिन बिपरित बुद्दी बाहेक केहि नरहेको बताए। कारबाहीको बिषयमा हामीसंग कुरागर्दै बिधार्थी नेता भण्डारीले महाधिबेसन नजिकिदै गर्दा संयोजकले एक प्रतिशत पनि काम गर्न नसकेकोले समयमा महाधिबेशन नगर्ने बाहना स्वरूप कारबाही गरेको पत्र सामाजिक संजालमा राखेर बिबाद सिर्जना गर्दै महाधिबेसन पछाडी धकेल्ने र महाधिबेशन भैहालेपनि म लगाएतका बिधार्थी साथीहरु संयोजकको बिपक्षीमा देखिदा प्रतिस्पर्धा देखि भाग्न खोजेर आफु सक्किने पक्कापक्की पछी संयोजकले मेचीदेखि महाकाली सम्म गुटबन्दी गरेको बाहानामा कारबाही गरिनु संकुचित मानसिकता बाहेक केहि नभएको बताएका छन्। उनले भने “प्रजातन्त्रको उच्चतम बिन्दु सहमति हो र त्यो सहमति हुन नसकेको अवस्थामा प्रतिस्पर्धा हुनु प्रजातन्त्रिक अभ्यास हो। प्रतिस्पर्धा हुने अवस्थामा पक्ष बिपक्ष हुनु स्वाभाविक भएपनि त्यसलाई गुट बन्दि भन्नु राजनैतिक अपरिपक्कता हो।”
संगठनमा प्रभाव जमाउदै सन्तोष सिलवाल
धादिंग स्थाई घर भएका सिलवाल पछिल्लो समय संगठनको नेतृत्वको लागि एक चर्चाको पात्र बनेका छन्। महाधिबेसन नजिकिदै गर्दा पछिलो समय आन्तरिक बिबाद चुलिदै गएको अवस्थामा बिबाद मिलाउने मियोको रुपमा देखिएका सिलवाल भने नेतृत्व लिने बिषयमा मौन छन्। नेतृत्व लिने तपाइको चाहना हो ? भन्ने प्रश्नमा नेता सिलवालले चाहना भन्दा आवश्यकता कस्को हो भन्ने स्पस्ट हुनुपर्ने र त्यसको लागि सल्लाह भईराखेको तर अहिलेको आयोजक समितिको संयोजकको नेतृत्व स्वीकार्य नहुने बताए।
दैनिक नेपालको समाचार प्रति आपत्ति
हिजो मंगलबार प्रकाशित दैनिक नेपालको संगठन संग संबन्धित समाचार प्रति बिधार्थी नेताहरुले आपत्ति जनाएका छन्। पुर्व बिधार्थी नेता पूर्ण चौलागाई लाई सौरभ भण्डारी लगायतका बिधार्थी नेताहरुको समर्थनमा अध्यक्षको बलियो दाबेदार भनेर लेखिएको समाचार कपोलकल्पित भ्रमित एबं अकल्पनीय रहेकोले त्यसको पछाडी नलाग्न बिधार्थी नेताहरुले आग्रह गरेका छन्।
देशमा गणतन्त्र आएपछि लामो समयदेखि उनी मौन बस्दै आएका छन् । अब भने उनले आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन् । यसका लागि पशुपतिस्थित बनकालीमा कात्तिक ४ गते सुरू हुने अन्तराष्ट्रिय विराट हिन्दू सम्मेलनमा शाहको सम्बोधन गर्ने कार्यक्रम रहेको निश्चित प्राय भएको दरबारनिकट उच्च स्रोतले बतायो ।
सम्मेलनमा भाग लिन देश तथा विदेशबाट हिन्दूहरु भेला हुनेक्रम सुरू भएको बताइएको छ । साथै आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
मोरङको टंकीसीनुवारी–५ स्थित कोशी राजमार्ग सडक खण्डमा हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका दुइजनाको उपचारका क्रममा मृत्यू भएको छ ।
मृत्यु हुनेमा सुनसरी चक्रघटी–४ की ६० बर्षीया रेविका कार्की र अर्का १६ बर्षका अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राती निधन भएको हो । बिराटनगरबाट इटहरीतर्फ जांदै गरेको ना.४ ख. ६०८० नम्बरको बसले सोही दिशामा रोकि राखेको भारतीय नम्बरको लरीमा पछाडीबाट ठक्कर दिदा २६ जना घाइते भएका थिए । तीमध्ये २ जनाको मृत्यु भएको र अझै केहीको गंभीर अवस्थामा विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटनामा सहचालकको अवस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्य घाइतेहरुको विराटनगरको न्यूरोअस्पताल, विराट नर्सिङ होम र विराट टिचिङ अस्पताल टंकीमा उपचार भैरहेको छ ।
चितवन । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहुा जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो ।
उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए ।
असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाई र आमा बेपत्ता भएका थिए । एक सातासम्म सुरक्षाकर्मी र उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरुको शव भेटिएको थिएन । पुर्व मन्त्री घिमिरे र उनका एक भाई अझै बेपत्ता छन् ।


