प्रेम प्रकट गर्ने अनुपम नमूना हो चुम्बन । तर कोही जोडीले लगातार ५८ घण्टा चुम्बन गर्न सक्ला ? हो, थाइल्याण्डमा एक जोडीले लगातार ५८ घण्टा भन्दा बढि समयसम्म चुम्बन गरेर विश्वकिर्तिमान कायम गरेका छन् ।
थाई जोडी एक्काचई र लकसाना तिरानारातले ५८ घण्टा ३५ मिनेट ५८ सेकेण्डसम्म लगातार चुम्बन गरेका हुन् ।
३ वर्ष पहिले उनीहरुले राखेको यो किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । भ्यालेन्टाइन डे का अवससरमा भएको किसाथनमा उनीहरुले गरेको यो किर्तिमानी कामका लागि पुरस्कार वापत नगद र हिराका औँठी लगायतका पुरस्कार पाएका थिए ।
यो दुनियामा के के मात्र सुन्नु पर्छ हँ ? भारतमा एक ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युँझिएकी छिन् । यतिमात्र त ठिकै थियो । तर ती महिलाले आफुले मरेर यमराजसँग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैला देवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो । वृद्धाको मृत्यु भएपछि उनका परिवार तथा गाउँलेले उनलाई जलाउनका लागि घाटमा लगे । तर घाटमा लगेर राखिसकेपछि जब उनको शवदाह गर्ने तयारी भैरहेको थियो मलामीले उनको शरीर चलेको देखे । पछि हेर्दा त उनी ज्युँदै भएको पाइयो । घाटमा ठूलै हंगामा भयो । मानिसहरु थरथरी काँप्न थाले । मरेको मानिस कसरी बाँचेर आयो ? भनेर सबै छक्क परे । कैलादेवीलाई हेर्नेको घुइँचो लाग्यो । अाखिर मरिसकेको मानिस कसरी बाँच्न सम्भव भयो ? मानिसहरुले कैलादेवीलाई अनेक खालका प्रश्न गरे । कैलाले पनि सबैलाई छक्क पार्ने जवाफ दिइन् । कैलाका अनुसार मरिसकेकी उनलाई यमराज आफैले पुनः धर्तीमा ल्याएर ज्यूँदो पारेर छाडिदिएका हुन् । आफुलाई धर्तीमा छाड्न यमराज स्वयं आएको उनको दाबी छ । कैलाका अनुसार जब उनी मरेर परलोक पुगिछन् तब त्यहाँ यमराजका दूतहरुले उनको जिवन मरण सम्बन्धी कागजात हेरेछन् । कागजात हेर्दा त उनको मृत्युको समय अझै नआएको ठहर गरिएछ र यमराज आफैले उनलाई धर्तिमा ल्याएर ज्यँुदै छाडेछन् । आखिर ती वृद्धाको उपचारका लागि घरमै आएका डाक्टरले नै मृत घोषित गरेर जलाउनका लागि घाटमा लगिएकी कैला देवी घाटमा एक्कासी कसरी ब्युँझिइन् र उनले दाबी गरेका परलोकका कुरा कत्तिको सत्य हुन् ? त्यो चाहीँ रहस्यको गर्भमै छ ।
उर्जामन्त्री जनार्दन शर्माले विद्युत महसुस नतिर्ने ठूला १० उपभोक्ताको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३१ औं बाषिर्कोत्सव कार्यक्रममा उर्जामन्त्रीले कार्यकारी निर्देशक आफैंलाई लाइन काट्न जान निर्देशन दिए । उनले भने, ‘तीन दिनभित्र यो काम हुनुपर्छ । कार्यकारी निर्देशक आफैं जानुहुँन्छ ।’
प्राधिकरणका अनुसार विद्युत बक्यौता ८ अर्ब पुगिसकेको छ भने प्राधिकरण घाटामा छ ।
हालै मात्र उर्जामन्त्री भएका शर्माले ठूला उपभोक्ताको लाइन नकाटेसम्म विद्युत चोरी नरोकिने बताए । आक्रामक रुपमा प्रस्तुत भएका उनले आफूले मौखिक निर्देशन दिएको र चाहिए सचिवले पत्र काट्ने बताए ।
आफू काम गर्न आएको भन्दै उनले घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याइछाड्ने बताए ।
जनयुद्ध कालमा ३५ हजार सेनाको कमाण्ड गरेर आएको भन्दै उनले ११ हजार कर्मचारी सम्हाल्न गाह्रो नभएको बताए । प्राधिकरण अन्तर्गत ११ हजार कर्मचारी छ ।
सन् १९४५ को अगष्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम हमला गरेको थियो । दोश्रो विश्वयुद्ध उत्कर्षमा पुगिरहेको बेला गरिएको सो हमला जापानलाई आत्मसमर्पण गराउने उद्धेश्यले गरिएको भनिएतापनि मानवता विरुद्धको अपराध भएको भन्दै त्यसको विश्वभर विरोध हुँदै आएको छ । एक मिनेटमै कसरी खरानी भएका थिए ती सहर हेरौ, यो भिडियो ।
० प्रहरीको एक अनुसन्धानले रात बिताउन पाकिस्तान, बंगलादेश, साउदी, इरान, दिल्ली, मुम्बईदेखिका ग्राहकहरू नेपाल आउने गरेको देखाएको छ ।
० वेबसाइट सञ्चालकलाई कार्डमार्फत निश्चित शुल्क तिरेपछि राजधानीका विभिन्न ठाउँमा विभिन्न देशका युवतीहरूसँग रात बिताउन पाइन्छ ।
० वेबसाइट सञ्चालकलाई कार्डमार्फत निश्चित शुल्क तिरेपछि राजधानीका विभिन्न ठाउँमा विभिन्न देशका युवतीहरूसँग रात बिताउन पाइन्छ ।
काठमाडौं मुलुककै राजधानी भएकाले पनि सबैको आकर्षणको केन्द्र बनेको छ । स्वदेशी मात्र होइन, विदेशीहरू पनि नेपाल आएका बेला काठमाडौंमै धेरै समय बस्न रुचाउँछन् । पछिल्लो समय करिब ३० प्रतिशत विदेशी यौन सन्तुष्टिका लागि नेपाल आउने गरेको अनुसन्धानबाट खुलेको छ ।
सम्पत्ति प्रशस्त भएका, तर यौन सन्तुष्टिको खोजी गर्नेहरूका लागि नेपाल सुरक्षा र सन्तुष्टिको मुकाम बन्दै गइरहेको विभिन्न अनुसन्धानले देखाएको छ । पैसा भएपछि नेपाली अथवा विश्वभरिका युवतीसँग संसर्ग गर्न पाइने, गोप्यता भंग नहुने र सुरक्षाकर्मीको पनि खतरामुक्त क्षेत्रका रूपमा नेपाल विकसित भइसकेको छ ।
केही समयदेखि पुरुष बेश्या सस्तै पाइने भएकाले पनि नेपालको यौन बजार गरम बन्दै गएको प्रहरी अनुमान छ । विदेशी हिप्पीहरूसँगको संगत र पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका केही व्यक्तिहरूले यसमा विकृतिसमेत ल्याउन खोजेका छन् ।
ठमेल आसपासमा साँझको समय हुने तेस्रोलिंगीहरूको भीड यसैको परिणाम हो । साँझ छिप्पिँदै गएपछि ठमेलको सुन्दरमा थपिने मोबाइल गफ, सामाजिक सञ्जालको फण्डा सुन्दा र अनुभव गर्दा नेपालको भूगोलमा पनि यस्तो गतिविधि हुन्छ र भन्ने लाग्छ, तर यथार्थ यही हो जहाँ देख्यो त्यही रेडलाइट एरियाको अभाव खट्किन्छ ।
प्रहरीका अनुसार राजधानीमा पुरुष वेश्याहरू पनि देखिन थालेका छन् । खासगरी श्रीमान्बाट सन्तुष्ट हुन नसकेका, श्रीमान्ले छाडेका अथवा श्रीमान् बाहिर काममा गएका धनाढ्य र नवधनाढ्य महिलाहरूले यौन सन्तुष्टिका लागि पुरुष बेश्या खोज्न थालेका छन् । यस्ता एकल महिला अथवा यौन सन्तुष्टि पूरा गर्न पुरुष खोज्दै हिँड्ने महिलाहरूको हजारौंको जमात राजधानीमा रहेको प्रहरीको अनुमान छ । प्रहरीको एक अध्ययन रिपोर्टले पनि नेपालमा पुरुष बेश्याहरूको राम्रो बजार रहेको उल्लेख छ ।
श्रीमती पीडित श्रीमान्हरूले संगठन खोल्नुको कारण पनि खुला यौन बजार नै बढी जिम्मेवार रहेको देखिन्छ । फेसबुक, इमेल, च्याट र वेबसाइटले पनि यौन बजारलाई तताउने गरेको छ । अमेरिका, बेलायत, दिल्लीका वेबसाइट सञ्चालकहरूले नेपालका हरेक सहरमा विश्वभरिका युवतीहरूको बजार खोलेका छन् ।
कार्डमार्फत यौन व्यापार
वेबसाइट सञ्चालकलाई कार्डमार्फत निश्चित शुल्क तिरेपछि राजधानीका विभिन्न ठाउँमा विभिन्न देशका युवतीहरूसँग रात बिताउन पाइन्छ । मुख्य कुरा कुन प्रकारका युवतीप्रति तपाईंको चाख छ, त्यो कुरा वेबसाइटकर्तालाई इमेलबाट बताएपछि उसैले युवतीसँग सम्पर्क गरेर भेटाउने र भिडाउने काम गर्ने गर्दछ । अर्थात् यौनबजार राजधानीमा व्यापक छ । प्रहरीको एक अनुसन्धानले रात बिताउन पाकिस्तान, बंगलादेश, साउदी, इरान, दिल्ली, मुम्बईदेखिका ग्राहकहरू नेपाल आउने गरेको देखाएको छ ।
वेबसाइट सञ्चालकलाई कार्डमार्फत निश्चित शुल्क तिरेपछि राजधानीका विभिन्न ठाउँमा विभिन्न देशका युवतीहरूसँग रात बिताउन पाइन्छ । मुख्य कुरा कुन प्रकारका युवतीप्रति तपाईंको चाख छ, त्यो कुरा वेबसाइटकर्तालाई इमेलबाट बताएपछि उसैले युवतीसँग सम्पर्क गरेर भेटाउने र भिडाउने काम गर्ने गर्दछ । अर्थात् यौनबजार राजधानीमा व्यापक छ । प्रहरीको एक अनुसन्धानले रात बिताउन पाकिस्तान, बंगलादेश, साउदी, इरान, दिल्ली, मुम्बईदेखिका ग्राहकहरू नेपाल आउने गरेको देखाएको छ ।
ठमेल जहाँ साँझ परेपछि यौन सम्बन्ध राख्न खुला बार्गेनिङ चल्छ
राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् ।
राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् ।
मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नाममा पनि यौनकै व्यवसायी भइरहेको छ । पछिल्लो समय ठमेलमा यौन व्यवसायमा संलग्न यौनकर्मीहरू बढेपछि यौनदररेटमा केही खुकुलोपन देखिन्थ्यो । यौनकर्मीहरू न्यूनतम पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा यौन प्यास मेटाउन चाहनेहरूलाई सन्तुष्टि दिन तयार हुन्थे ।
रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्थे । प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टिको गल्लीहरूमा लुक्थे । गइसकेपछि फेरि सडकमा आउँथे । यसले पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त थियो ।
पाँच सयदेखि एक हजारमै पाइन्छन् ‘सेक्स वर्कर’
सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दररेट भनिरहेको सुनिन्छ । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछ । होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्छन् । ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन्, बाध्यता सहेर बसेका छन् ।
सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दररेट भनिरहेको सुनिन्छ । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछ । होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्छन् । ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन्, बाध्यता सहेर बसेका छन् ।
मिडिया एनपीबाट
चितवनको भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीहरुले यन्त्र मानव (रोवोट) बनाएका छन् । यसले प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्दार गर्नसक्ने दावी गरिएको छ ।
पोलिटेक्निक इन्स्टिच्यूटको इलेक्ट्रिकल ओभरसियर छैटौं सेमेस्टरमा अध्ययनरत ११ विद्यार्थीहरु मिलेर बनाएको रोवोटको नाम ‘BAD PAKSH’ राखिएको छ ।
यस रोवोटले प्राकृतिक प्रकोपमा जमिन तथा मानव निर्मित संरचनाभित्र फसेका कामदार तथा मानिसहरुलाई उद्दार गर्न सक्ने प्रोजेक्ट लिडर अभिषेक काफ्लेले बताए ।
यस रोवोट निर्माणमा ५० हजार रुपैयाँ खर्च भएको विद्यार्थीहरुले बताएका छन् ।
कलेजका प्रशासन प्रमुख शिवप्रसाद सुवेदीले सो रोवोटलाई सूपथ मूल्यमा बजारमा ल्याउने योजना रहेको बताए ।
नेकपा माओवादी क्रान्तिकारी का अध्यक्ष मोहन बैद्यले फेरि युद्धमा फर्कने धम्की दिएका छन् ।
सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुने आउने क्रममा आज विराटनगर विमानस्थलमा स्थानीय संचारकर्मीसँगको कुराकानीमा वैद्यले देश र जनताको पक्षमा काम गर्ने सरकार निर्माणका लागि दवाव सृजना गर्ने त्यस्तो नभए पुनः युद्धमा जाने बताए ।
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय हितमा काम गर्न नसक्ने टिप्पणी गरेका छन् । विदेशी शक्तिको इसारामा अहिलेको सरकार वनेकाले देश र जनताको पक्षमा यसले काम गर्न नसक्ने टिप्पणी गरे ।
वैद्यले भने, ‘कुनै सरकार परिवर्तनका लागि विदेशी शक्तिको हात रहन्छ भने यस्ता सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न सक्दैन अहिलेको गठवन्धन सरकारको अवस्था पनि उही हो यो सरकार वाट गुणात्मक कामको अपेक्षा गर्न सकिँदैन ।’







