प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको बचाउमा उत्रिएका छन्।
बिहीबार एमालेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’
उनले अघि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’
गृहसचिव, तत्कालीन एआईजी र आईजीपी उही हस्ताक्षर भएको दुई वटा कार्यसम्पादन कसरी हुन्छ भन्दै ओलीले सिलवालले नभई सरकारले कीर्ते गरेको दाबी गरे । अहिले सरकारले सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनको हस्ताक्षर कीर्ते हो भन्न फरेन्सिक ल्याबलाई दबाव दिइरहेको उनको दाबी छ ।
सरकारमा बसेर घटिया काम गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘डीआईजीलाई ज्यानमा खतरा छ भन्न सक्छ भने त्यो भन्दा तलको के होला ?’
बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाए ।
सिलवाल पक्राउबारे आफूले प्रधानमन्त्री प्रचण्डलाई सोध्दा गिरफ्तार गरेको होइन भनेको भन्दै ओलीले भने, चियापानीसम्म खान नलिएर थुनियो ।’
दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’
पुरातत्व विभागले यी दुई राणाकालीन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ‘ऐतिहासिक महत्वको भवनको भग्नावशेष बेच्दा ठूलो पैसा आउने भएपछि नेपाल सरकारले राष्ट्र बैंकको दुवै भवनको भग्नावशेष बिक्री गर्ने निर्णय गरेको छ,’ राष्ट्र बैंकको सामान्य सेवा विभाग प्रमुख एवं कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने । राष्ट्र बैंकका अधिकारीहरूले शनिबारबाटै भवन भत्काउने र भग्नावशेष पन्छाउने काम सुरु हुने बताएका छन् ।हाम्रो वार्षिकोत्सव समारोह गर्नुपर्ने भएकाले काम सुरु गर्न केही ढिलाइ भएको हो,’ राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसचिव एवं सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘अब तुरुन्तै काम सुरु हुन्छ ।’
गत वर्षको सरकारको नीति तथा कार्यक्रममा सरकारी स्वामित्वका ऐतिहासिक भवनहरू सरकारले नै बनाउने घोषणा गरेपछि सोही बुँदामा टेकेर राष्ट्र बैंकले आफ्ना दुई भवन निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई सुम्पियो । ‘सुरुमा राष्ट्र बैंक आफैँले बनाउने भनेका थियौँ,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘पछि पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवाली, सहरी विकास मन्त्रालयका सचिव, राष्ट्र बैंकका गभर्नरलगायतको बैठकमा सरकारले नै भवन निर्माण गर्ने सहमति भयो ।’ सोही सहमतिअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ती दुई भवन भत्काएर त्यसको भग्नावशेष बिक्री गिर्ने निर्णय गरेको पोखरेलले बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ
काठमाडौं,१४ वैशाख ।
स्थानिय निर्बाचन गराउन र मधेषीहरु नेताहरुको मागलाई संबोधन गर्ने भन्दै गर्न लागिएको संबिधान संसोधनले भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । मधेसी मोर्चा र सरकारसँग बैशाख १० गते भएको सम्झौताको हवाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन् ।
भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज १८ को अनलाइनले जनाएको हो ।
मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो ।
सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ ।
संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ । मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ ।

हाम्रो जिवनको लागि पानी नभई नहुने तत्व हो । हामी पानी त धेरै खान्छौं तर, विहान खाली पेटमा खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हाम्रो शरिर लाई धेरै फाईदा हुन्छ । यदि तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।
बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ । बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ । खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ । बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ साथै बिहान उठने बितिकै पानी पिउनु सुरु गर्नु भो भने तपाईको तैल घटाउन पनि सहयोग गर्ने छ।। एजेन्सीको सहयोगमा

इटहरी, १४ वैशाख ।
सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २ः३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४ः१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेर उनको लासलाई शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनाका विषयमा प्रहरीले स्थानीयवासीसँग सोधखोज एवम् अनुसन्धान जारी राखेको पनि कार्यालयले जनाएको छ ।

कञ्चनपुर, १२ वैशाख ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्तालाई कीटाणुरहित पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन जडान गरेको छ ।
‘वाक टेक’ नामक कम्प्युटरयुक्त मेसिन जडान गरी समितिले उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन थालेको हो । “मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन, धमिलोपन र क्लोरिनजस्ता पदार्थ पत्ता लगाई गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउन थालेका छौँ”, समितिका अध्यक्ष कमलापति भट्टले भन्नुभयो ।
मेसिनको सहायताले पानीको अशुद्धता हटाउनाका साथै पानी शुद्ध पारी उपभोक्तालाई उपलब्ध गराउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । रु चार लाख ५० हजार मूल्य पर्ने मेसिन खानेपानी तथा गुणस्तर विभागले दुई महिनाअघि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । समितिले हालसम्म मेसिनको सहायताले जडान गरिएका दुई दर्जनभन्दा बढी धाराको पानी चेकजाँच गरेको छ ।
चेकजाँच गर्दा धारामा कुनै किसिमको पानीमा अशुद्धता र कीटाणु नभेटिएको अध्यक्ष भट्टले बताउनुभयो । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत चारसय ९० धारा रहेको आयोजनाले हाल एक लाख ५० हजार लिटर पानीको खपत गर्दै आएको छ ।
विसं २०५७ सालमा कार्य प्रारम्भ भई विसं २०६८ सालमा आयोजना निर्माण सम्पन्न गरिएको थियो ।

काठमाडौं/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जिल्लागत मतपत्रको ढाँचा तयार गरेको छ ।
मोरङ जिल्लाको मतपत्रको ढाँचा यस बमोजिम रहने निर्वाचन आयोगले जनाएको छ ।