१३ भदौ, काठमाडौं । दक्षिण एसियाली क्षैत्रीय सहयोग संगठन सार्क भित्र कलाकार र खेलाडीलाई सार्क भिसा स्टिकर सुविधा दिनुपर्ने प्रस्तावमा भारतले असहमति जनाएको छ ।
साउन तेस्रो साता पाकिस्तानको राजधानी इस्लामावादमा भएको सार्क गृहमन्त्री स्तरीय बैठकमा भारतले यस विषयमा असहमति जनाएको आजको कारोबार दैनिकमा समाचार छ । भारतले सहमति नजनाएपछि यो विषय आगामी बैठकसम्म स्थगित भएको छ ।
बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार सरकारी कर्मचारीबाहेक कलाकार,, खेलाडी, उद्योगी व्यपारी, पत्रकारलगायत पेसाकर्मीका लागि भिसा स्टिकर सुविधा उपलव्ध गराउन अन्य मुलुक सहमत देखिएका थिए । तर भारतले विस्तृत अध्ययन र छलफल हुनुपर्ने भन्दै पछि सारेपछि निर्णय हुन सकेन ।
नेपालसहित सार्क मुलुकमा आवद्ध आठ देशका लागि भारते स्टिकर छपाउँदै आएको छ ।
बैठकमा भारतले सार्क भिसा स्टिकर छपाइबाहेक डाटा सेन्टर स्थापना गर्न पनि प्रस्ताव गरेको थियो । तर, अन्य विषयमा बैठक केन्दि्रत भएपछि यो विषय निष्कर्षमा पुग्न नसकेको स्रोतले बतायो ।
काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धननले दवाव बढाउन सत्तापक्ष र प्रतिपक्ष दुवैको भूमिका निर्वाह गर्ने रणनीति तय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई मतदान गरी सत्तापक्ष बनेको मोर्चा/गठबन्धनले आफू अनूकुल संविधान संशोधन गर्न दोहोरो रणनीति अख्तियार गरेको हो ।
मोर्चाले सरकारलाई आफ्नो सहमतिमा संविधान संशोधन प्रस्ताव तयार गर्न दवाव दिइरहेको छ ।
सरकारबाट सत्ता पक्षकै रुपमा आवश्यक अन्य सहयोग पनि पाइरहेको छ तर उसले सडक आन्दोलनका कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ ।
दोहोरो रणनीतिकै कारण मोर्चा/गठबन्धन सत्तारुढ दल भएर पनि व्यवस्थापिका संसदमा प्रतिपक्षको रोमा बसेको छ । आजको राजधानी दैनिकमा खबर छ ।
बलिउड नायिका बबी डार्लिङले यस वर्षको फेब्रुअरीमा भोपालका व्यवसायी रमणीक शर्मासँग विवाह गरेकी छिन् । आफ्नो लिङ्ग परिवर्तन गरेर बबीले प्रेमी शर्मासँग विवाह गरेकी हुन् । विवाह पछि मिडियाबाट एकाएक हराएकी उनले भर्खरै टाइम्स अफ इन्डियालाई अन्र्तवार्ता दिएकी छिन् जहाँ उनले लिंग परिवर्तनको शल्यक्रिया र आफ्ना नीजि जीवनबारे खुलेर कुराकानी गरेकी छिन् ।
लिंग परिवर्तन गरेपछि आफ्नो जिन्दगी निकै परिवर्तन भएको उनले बताएकी छिन् । उनले श्रीमान् शर्मालाई सोसल नटवर्किङ साइटमा भेटेको बताएकी छिन् । त्यहाँ नै उनीहरुले एक–अर्काको नम्बर साटासाट गरेपछि सम्बन्ध विवाहमा परिणत हुन पुगेको उनले जानकारी दिइन् । विवाहको बारेमा भने उनले धेरै कुरा खोल्न चाहिनन् किनभने उनी भन्छिन् उनका श्रीमानलाई मिडियाको अटेन्सन मनपर्दैन । प्रेमसम्बन्धमा धेरैपटक धोका खाएपछि उनले शर्मासँग विवाह गर्ने निर्णयमा पुगेको बताइन् । उनी भन्छिन्, ‘रमणीक पहिलो व्यक्ति हुन् जसले सुरुवातमा नै मलाई विवाहको लागि प्रस्ताव गरे । उनी इमान्दार र पारिवारिक व्यक्ति हुन् । उनीसँग विवाह गरेपछि म निकै खुसी छु ।’
विवाहपूर्व बबी डार्लिङले आफ्नो नाम परिवर्तन गरेर बैंकक पुगरे लिंग परिवर्तन गराइन् । बबी डार्लिङको वास्तविक नाम पंकज शर्मा हो । लिङ्ग परिवर्तन पछि उनी पाखी भएकी छिन् । यो प्रक्रिया निकै पीडादायी भएको उनले बताइन् । उनी भन्छिन्, ‘श्रीमानको आग्रहमा मैले बैंकक गएर आफ्नो लिंग परिवर्तन गरें । शल्यक्रियाको प्रक्रिया निकै पीडादायी थियो जसमा रमणीकले मलाई साथ दिए ।’
आफूहरुले निकै साधारण विवाह गरेको उनले जानकारी गराइन् । आर्य समाज मन्दिरमा विवाह गरेपछि उनीहरुले भोपालमा विवाह दर्ता गरे । उनी भन्छिन्, ‘हामीले मार्च महिनामा सिंगापुरमा हनिमुन मनायौं र एकअर्कासँग निकै राम्रो समय बितायौं ।’
अब आफूले फिल्ममा समलिङ्गीको भूमिका निर्वाह नगर्ने बताएकी छिन् । उनी भन्छिन्, ‘म अब पूर्ण रुपमा महिला बनिसकेकी छु भने मैले अरु रोल किन निभाउने । म अब नायिका, भाउजुजस्ता रोल खेल्न चाहन्छु ।’
बबी डार्लिङको आफूभन्दा १५ वर्ष कान्छो रमणीक शर्मासँग विवाह भएको हो । बबी ४३ वर्षकी हुन् भने रमणीक २८ वर्ष पुगे ।
आइतबार दिउँसो १ बजे अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बाँदिकोटको लागि १९ जना यात्रु बोकेर जिप छुटेको थियो। भारतको बनारसबाट आफ्नो घर प्युठान सौतामारे हिँडेका ३० वर्षीय केशरबहादुर जिसी पनि सोही जिपमा थिए।
गाडी स्टार्ट हुँंदैगर्दा जिपमा बसेका एक यात्रुले ‘जिपमा फरक आवाज आइरहेको छ, बिग्रिएको हो कि?’ भनेर चालक यमबहादुर श्रीषलाई सोधे।
चालक श्रीषले ती यात्रुलाई हकार्दै ‘कहाँ बिग्रिनु, हाम्रो गाडीको बारेमा हामीलाई थाहा हुन्छ कि तपाईंलाई?’ गाडी ठिक छ भन्दै जिपलाई अगाडि बढाए। १४ जनाको सिट क्षमता रहेको उक्त जिपमा चालकसहित १९ जना यात्रु र छतमा केही सामान पनि थियो।
जिपको दोस्रो सिटको ढोकाछेऊमै बसेका जिसीलाई पनि जिप बिग्रिएको हो कि भन्ने शंका लाग्यो। ‘गाडी बिग्रिएको हो भने अरुमा पनि जान सकिने’ भनेपछि चालक श्रीषले ‘ठिक भएको’ भन्दै ढुक्क भएर बस्न आग्रह गरे।
सन्धिखर्कबाट यात्रा सुरू गर्दैगर्दा यात्रुहरूलाई जुन आशंका थियो, त्यही भयो। सन्धिखर्कदेखि २२ किलोमिटरको यात्रा पार गरी रतनमारे फिरफिरेको उकालोमा जिपले लोड तान्न सकेन। पछाडि धकेलियो।
उकालो भए पनि तीन वटा गाडीसमेत सजिलै वापरपार गर्ने अत्यन्त फराकिलो सडकमा जिपमा ब्रेक लागेन। पछाडि धकेलिएपछि चालक श्रीषले जिपको स्टेरिङ सम्हाल्ने भन्दा पनि आफू सुरक्षित हुने सोचे। १८ जना यात्रुलाई सडकबाट पल्टिँदै गरेको जिपमा छोडेर यमबहादुर फुत्त हाम्फाले।
पल्टिँदै गरेको जिपमा यात्रुहरू चिच्चाउँंदै थिए। दोस्रो सिटको ढोका छेऊमा बसेका केशरबहादुरले ढोका खोल्न खोजे। ढोका नखुलेपछि लात्तीले हाने र बाहिर हामफाले। सबैभन्दा अगाडिको सिटमा धारापानीकी कमला पौडेल दुई छोरीहरूका साथमा बसेकी थिइन्।
केशरबहादुरले आफू हाम फालेपछि अगाडिको ढोकाछेऊमा रहेका बालिका मीना पौडेल र कविता पौडेललाई पनि तानेर निकाले। तर, सँगै रहेकी उनीहरुकी आमालाई बचाउन सकेनन्।
आफू सवार गाडी दुर्घटनामा परी सँगै यात्रा गरेका ११ जनाको ज्यान जाँदा र अन्य ६ जना घाइते हुँदा पनि सामान्य चोटपटक समेत नलागेर सकुशल घर पुगेका केशरबहादुरलाई आफू सकुशल रहेकोमा जति खुसी लागेको छ, बालिकाबाहेक अरूलाई बचाउन नसकेकोमा धेरै दुःख लागेको छ।
केशरबहादुर अहिले घरमा बुवा-आमा, श्रीमती र नाबालक दुई छोराको साथमा घरमा छन्। सेतोपाटीसँगको टेलिफोन कुराकानीमा केशरबहादुरले भने, ‘यात्रुहरूले जिपमा खराबी आएको संकेत दिँदा चालकले हेलेचेक्र्याइँ नगरेको भए सायद यो दुर्घटना हुने थिएन।’
अर्घाआँची, १२ भदौ । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । अर्घाखाँचीको हंशपुरमा भएको ग १ ज ४८७८ नम्बरको जीप दुर्घटना हुँदा उक्त हताहती भएको हो । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिँदैछ ।
![]() |
| file photo |
पछिल्लो समयमा मुलुकमा सवारी दुर्घटनामा वृद्धि हुँदा चिन्ता बढाएको छ । पछिल्लो पटक गएको शुक्रबार नारायणघाढ–मुग्लिन सडक खण्डमा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन् । साथै नारायणी नदीमा बस खसेकाले ६ जना अझै बपेत्ता भएका बताइएको छ ।
जनार्दन शर्मा ‘प्रभाकर’को स्वमित्वमा रहेको बालाजु स्थित जन मैत्री अस्पतालमा ताला बन्दि भएको छ । उक्त अस्पतालमा पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले तालाबन्दी गरेको छ । अस्पतालमा जनमैत्री अस्पतालमा शर्माले जनमुक्ति सेनाको तत्कालीन डेपुटी कमाण्डर हुँदा क्यान्टोनमेन्टबाट करोडौं हिनामिना गरेर लगानी गरेको भन्दै पूर्व जनमुक्ति सेनाका लडाकुहरुले विगतदेखि आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द पूर्व जनमुक्ति सेना नेपाल, जनमैत्री सरोकार संघर्ष समितिले अस्पतालको गेटमा ब्यानर झुन्डाएपछि अस्पताल पूर्णतः बन्द भएको बताइएको छ । ‘गाँस काटेको पैसामा कसैको रजाइँ नहोस्, हाम्रो आँसु, पसिना र रगतमा पहुँचवालाहरुको रजाइँ नहोस्’ भनेर व्यानरको अगाडि लेखिएको छ । उक्त व्यानरमा ठूलो अक्षरमा लेखिएको छ– ‘हामी सदन र सरकारमा छैनौं । अलिशान दरबारमा पनि छैनौं । हामी सडकमा छौं ।’ व्यानरको अन्त्यमा लेखिएको छ– ‘खबरदार १ पूर्व पिएलएको पसिनामा रातारात खरिद बिक्री नहोस् ।’ यसले के दखिन्छ भने पूर्व उर्जा मन्त्री गोकर्ण विष्टकै पदचाप पच्छ्याउन खोज्दा चिप्लिएको भन्ने स्पष्ट छ । हस्पिटल तालाबन्दि हुनुले शर्मा आफ्ना काममा कतिको सफल भन्ने उनको आफ्नै लागनी रहेको बालाजु स्थित जनमैत्री अस्पताललाई हेरे छर्लङ देखिएका छन् ।
पैसा कमाउने मामिलामा अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पछि छोडेका छन्।
फोर्बस् पत्रिकाले विश्वभरीका सेलिब्रेटीहरूको हालै सार्वजनिक गरेको रिपोर्टमा मैदानमा प्रायः आफूलाई पछि पार्ने बार्सिलोनाका व्यवसायिक स्ट्राइकर मेसीलाई रोनाल्डोले उछिनेका हुन्। सन् २०१६ मा मात्र रोनाल्डोको वार्षिक आय ८ करोड ८८ लाख अमेरिकी डलर (९ अर्ब ४० करोड ७२ लाख नेपाली रुपियाँ) हुने फोर्बसले बताएको छ। जबकी मेसीको यस वर्षको कूल आय ८ करोड १५ लाख अमेरिकी डलर (८ अर्ब ७१ करोड २३ लाख ५० हजार नेपाली रुपियाँ) हुनेछ।
रियल म्याड्रिडका स्टार स्ट्राइकर रोनाल्डो चोटका कारण स्पेनमा हाल जारी ला लिगामा अनुपस्थित छन्। उनले २ दिनअघि मात्र युरो वर्ष खेलाडीको उपाधि पाएका थिए। ३१ वर्षीय रोनाल्डो ३ पल्ट फिफा वर्ष खेलाडी बनिसकेका छन्। उनले यस वर्ष पारिश्रमिकबाट मात्र ५ करोड ६० लाख अमेरिकी डलर (५ अर्ब ९८ करोड ६४ लाख रुपियाँ) कमाउदै छन्। यो पारिश्रमिक रकम सन् २०१८ सम्म कायम रहनेछ। रोनाल्डोले विज्ञापनबाट ३ करोड २० लाख अमेरिकी डलर (३ अर्ब ४२ करोड रुपियाँ) कमाउदैछन्।
उनी नाइक, ट्याग हेडर, साकुर ब्रदर सुट र मोन्सटर हेडफोनजस्तो विश्वव्यापी ब्रान्डको विज्ञापनसँग जोडिएका छन्।
उनको तुलनामा २९ वर्षीय मेसीले यस वर्ष पारिश्रमिकबापत ५ करोड ३४ लाख डलर(५ अर्ब ७१ करोड ९१ लाख नेपाली रुपियाँ) कमाउदै छन्। ५ पल्ट फिफा वर्ष खेलाडी घोषित मेसीको विज्ञापनबाट मात्र यस वर्ष २ करोड ८४ लाख डलर (३ अर्ब ३ करोड ५९ लाख रुपियाँ) आम्दानी हुँदैछ।
रोनाल्डो सबैभन्दा बढी कमाउने विश्वभरीको सेलिब्रेटीमा चौथो नम्बरमा छन्। मेसी भने आठौं स्थानमा छन्।
फुटबलका यि दुईहस्तीपछि खेल क्षेत्रमा सबैभन्दा बढी कमाउने तेस्रो खेलाडीमा बास्केटबलका जेम्स लेब्रोन छन्। क्लेभरल्यान्डका यि बास्केटबल खेलाडीको यो वर्षको कमाइँ ७ करोड ७० लाख डलर (८ अर्ब २३ करोड १३ लाख रुपियाँ) छ। उनले पारिश्रमिकबापत वर्षको २ करोड ३२ लाख डलर (२ अर्ब ४८ करोड रुपियाँ) कमाउछन्। उनको विज्ञापनबाट भने ५ करोड ४० लाख डलर (५ अर्ब ७७ करोड २६ लाख) कमाइँ हुन्छ।
चौथो नम्बरमा भने स्विट्जरल्यान्डका टेनिस खेलाडी रोजर फेडररको नाम छ। ३५ वर्षीय फेडररको वार्षिक कमाइँ ६ करोड ८० लाख डलर (७ अर्ब २६ करोड ७२ लाख रुपियाँ) छ। फेडररको यस वर्षको पारिश्रमिक ७८ लाख डलर (८३ करोड ३८ लाख रुपियाँ) छ। तर, विज्ञापनमा उनले रोनाल्डो र मेसीलाई पनि पछाडि छोडेका छन्। उनको वार्षिक विज्ञापनबाट कमाइँ नै ६ करोड डलर (६ अर्ब४१ करोड ४० लाख रुपियाँ) रहेको छ। फेडररसँग विश्व चर्चित ब्रान्ड नाइक, रोलेक्स, मर्सिडिज बेन्ज, क्रेडिट स्विस जोडिएका छन्।
खेलाडीहरूको सूचीमा सर्वाधिक कमाइँ हुने पाँचौ नम्बरमा ओक्लोहोमा सिटीका बास्केटबल स्टार केभिन डुरान्ट छन्। २७ वर्षीय डुरान्टको वार्षिक आम्दानी ५ करोड ६० लाख डलर (५ अर्ब ९८ करोड ६४ लाख रुपियाँ) रहेको छ।
लेब्रोन संसारभरीका सेलिब्रेटीमाझ सबैभन्दा बढी कमाउने सूचीमा ११ औं स्थानमा छन्। यस्तै, फेडरर १६ र डुरान्ट २६ औं स्थानमा परेका छन्।





