top_rightads

महिलाहरु ले महिनावारीबारे जान्नै पर्ने १० कुराहरु


सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे
चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका
भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो
भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन ।
तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।


१. महिनावारी
प्रत्येक २८ दिनमा हुनपर्छ ।
तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न
सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन
सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर
डराउँनु पर्दैन ।
२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।
तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न
मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ ।
अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी
आउँछ ।
३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।
तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि
गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका
महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।
४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन

तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त
खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर
पर्दैन ।
५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत
गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट
शरीरमा आराम मिल्छ ।
६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट
डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा
रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।
७. पिएमएसबाट गुज्रन्छन्
तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना
गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव
गर्न सक्छन् ।
८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही
पनि असामान्य हुँदैंन ।
९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा
स्वच्छतामा ध्यान दिनुपर्छ ।
१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
तथ्य – कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट
कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच
कुनै संबन्ध हुँदैंन ।

0 comments

Write Down Your Responses