नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ । बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ । विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भूकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो । सुन्नुहोस् बीबीसीको यो रिपोर्ट :- सदुरमध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्यपश्चिम नेपालमा ८ दशमलव ६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ । यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ । (यो रिपोर्ट बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो ।)
शारीरिक परीक्षण गर्ने हो भने धेरैले थाहा पाउँछन्, आफ्नो कलेजोमा बासो जमेको । किनभने यसको तत्काल कुनै शारीरिक प्रतिक्रिया नदेखिने भएकाले कलेजोमा बोसो जमेको कुरा धेरैले भेउ नै पाउँदैनन् । हुन त कलेजोमा सामन्य बोसो लाग्नु ठूलो कुरा होइन । तर, बोसोको मात्रा १० प्रतिशतभन्दा बढी छ भने त्यसले समस्या निम्त्याउँछ ।
कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंग हो । तर, बद्लिदो जीवनशैलीको कारण अहिले कलेजोको समस्या साझा पीडा बन्दै गएको छ ।
फ्याटी लिभर के हो ?
यो त्यही अवस्था हो, जब कलेजोमा बोसो जम्न थाल्छ । कलेजोमा अधिक बोसो जमेर हुने संक्रमणलाई फ्याटी लिभर भनिन्छ । वोसोयुक्त खानेकुराको सेवन, मोटोपन, अनियमित दिनचर्या, तनाव, रक्सीको सेवन, धुमपान जस्ता कारणले कलेजोमा बोसो जम्छ । यस्तो रोगले धेरैलाई सताएको हुन्छ ।
जब, कलेजोमा समस्या हुन्छ, शरीरका अन्य अंगहरुमा पनि त्यसको असर पर्छ ।
लक्षण
– भोक कम लाग्नु ।
– पेट फुलिनु ।
– आँखा र छालामा पहेंलोपन देखिनु ।
– चक्कर आउनु वा कमजोरी महसुष गर्नु ।
– खाना ठीक ढंगले नपच्नु र एसिडीटी हुनु
– पेटको दाँयाबाँया भागमा पीडा हुनु ।
के छ घरेलु उपचार ?
१. यस्तो अवस्थामा दिनमा दुई पटक प्याजको सेवन गर्न सकिन्छ ।
२. २५ ग्राम ताजा अमलाको रस र त्यसमा ४ ग्राम सुख्खा अमलाको चूर्ण पानीमा मिसाएर दिनमा तीन पटक सेवन गर्नुपर्छ । यो क्रम २० दिनसम्म निरन्तर जारी राख्नुपर्छ ।
३. मध्यन्हको खानापछि लस्सी सेवन गर्नु लाभदायक हुन्छ ।
४. कागतीको रस र पानीमा नुन हालेर नियमित रुपमा पिउनुपर्छ ।
५. ग्रीन टि एकदमै लाभदायक हुन्छ । त्यसैले आफ्नो खानामा ग्रीन टिलाई पनि सामेल गर्नुपर्छ ।
६. भिटामिन सियुक्त खानेकुराले पनि कलेजोको बोसो हटाउन मद्दत गर्छ । सुन्तला, कागती यसको राम्रो स्रोत हो ।
७. करेला तीतो भएपनि कलेजोको बोसो हटाउनमा यसले राम्रो भूमिका खेल्छ ।
८. कलेजोमा जमेको बोसो हटाउन काँचो गोलभेडाको सेवन पनि लाभदायक हुन्छ ।
(चिल्लोरहित खानेकुरा सेवन गर्ने, मदिरा सेवन नगर्ने, कलेजोलाई स्वस्थ्य राख्न खानामा जुस र फल सामेल गर्ने )
संविधान संशोधनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमति लिने सत्तारुढ नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले लगातार दुई दिन एमाले शीर्ष नेताहरुसँग वार्ता गरे । शुक्रबार पनि सर्वदलीय बैठक सकिए लगतै माओवादी र एमालेका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।
तर, कुनै सहमति हुन सकेन । एमाले नेताहरुले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधन विधेयक यथास्थितिमा स्वीकार्य नभएको प्रष्ट बताएका छन् । साथै सरकार र मधेसी मोर्चाबीच सहमति भए अनुसार आउने संशोधन पनि एमालेलाई अमान्य हुने बताएका छन् ।
स्रोतले भन्यो, ‘संविधान संशोधन कुनै हालतमा पास हुन दिँदैनौं भन्ने एमालेको अडान कायमै छ ।’
संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले पछिल्लो दिनमा एमाले नेतृत्वको विपक्षी गठवन्धनमा रहेका साना दलहरुसँग पनि सम्वाद गरेका छन् ।
तर, अझैसम्म संशोधन विधेयक पास गर्न चाहिने दुई तिहाई बहुमत प्रष्ट देखिएको छैन । यद्यपि सत्तारुढ नेताहरु आफूहरुसँग दुई तिहाई भएको दाबी गर्छन् ।
एमालेले बजेट ल्याएर दोस्रो चरणमा चुनाव गर्ने निर्णय पनि स्वीकार्य नहुने अडान लिएको छ ।
डेढ वर्षअघि बाहुबली : द बिगनिङ प्रदर्शन भएसँगै फिल्मी जगत्मा सधैँ ‘हटकेक’ बनिरह्यो, ‘कटप्पाले बाहुबलीलाई किन मार्यो ?’ यसकै सेरोफेरोमा सामाजिक सञ्जालमा सयौँ ट्रोल र जोक्स बने । त्यसैले बाहुबली २ : द कन्क्लुजन सर्वाधिक प्रतीक्षित बन्नुमा एमएस राजामौलीको अदभुत भिजुअल इफेक्ट्स र कथावाचनसँगै यो रहस्यको पनि दरिलो भूमिका थियो । र, चार सय करोड भारतीय रुपियाँ लागतमा निर्माण भएको यो फिल्म हेर्न दर्शक कति आतुर थिए भन्ने यसको चौतर्फी ‘ग्रान्ड ओपनिङ’ले देखाइसकेको छ । तर राजामँैलीले जसरी पहिलो भागमा दर्शकलाई चकित तुल्याएका थिए, दोस्रो भागमा त्यसले निरन्तरता पाउला ? यो शंका उत्तिकै टड्कारो रुपमा उठेको थियो । जसलाई चिर्न निर्देशक सफल भएका छन् । कथा, चरित्रीकरण, अभिनय, जादुई दृश्य र दमदार एक्सनमा दर्शकको अपेक्षा अपुरो रहन्न । मुख्य चरित्रद्वय प्रभाष र राना दगुबत्तीबीचको द्वन्द्व अझ आकर्षक छ ।
पहिलो भाग जहाँ अन्त्य भएको थियो, बाहुबली २ को कथा त्यहीँबाट सुरु हुन्छ । अर्थात कटप्पा (सत्यराज)ले मयुस्मती राज्यका महाराजा अमरेन्द्र बाहुबली (प्रभाष)को हत्या कसरी भएको थियो भन्ने महेन्द्र बाहुबली (प्रभाष)लाई भन्दैछन् । सोही क्रममा कथा फ्ल्यासब्याकमा जान्छ । जहाँ, अमरेन्द्र बाहुबलीको राज्याभिषेकको तयारी हुँदै छ तर उनका भाइ भल्लालदेव (राना दगुबत्ती) यसको पूर्ण विपक्षमा हुन्छन् । बाबुको सहयोगमा उनी आफैँ राज सिंहासनमा बस्ने प्रपञ्च रच्छन् । कतिसम्म भने उनले महारानी शिवागामी (राम्या कृष्णन)लाई विश्वासघात गर्दै बाहुबलीको हत्या योजना बुन्छन् । यही बीचमा प्रवेश हुन्छ, देवसेना (अनुष्का शेट्टी) को । अब कुन परिस्थितिका बीच दृष्ट स्वभावका भल्लालदेवले प्रजामाझ प्यारा अमरेन्द्र बाहुबलीको हत्या गर्छन् ? र, त्यसको बदला उनका छोराले कसरी लिन्छन् ? यिनै सवालको चित्तबुझ्दो जवाफसँगै फिल्म सकिन्छ ।
एउटा भनाइ चर्चित छ, फिल्ममा जेजस्तो दृश्य देखाए पनि हुन्छ तर त्यो विश्वसनीय हुनुपर्छ । बाहुबली २ यसको निकै प्रभावशाली उदाहरण बनेको छ । वास्तविक जीवनमा कल्पनै गर्न नसकिने दर्जनौँ दृश्य भए पनि ती कथा र पात्र अनुरुपकै छन् र प्रस्तुति त्यति नै शानदार । जसका कारण फिल्म हेरिरहँदा पूर्णरुपमा आत्मसात् गर्न सकिन्छ । पटकथाकारसमेत रहेका निर्देशक राजामौलीले पूर्वीय दर्शनमा आधारित यस कथालाई बलियो वाचनशैली र दृश्यांकनमार्फत अन्तर्राष्ट्रियकरण गरेका छन् । किनभने प्रविधिको उच्चतम प्रयोगमार्फत मिथक र इतिहासको यति बुलन्द समिश्रण गरिएको सिनेमा संसारमै विरलै बनेका छन्/बन्छन् । यसमा न भिजुअल इफेक्ट्सले कथाको वहाब बिगारेको छ, न कथालाई मूर्तता दिन प्रविधि प्रयोगमा कन्जुस्याइँ गरिएको छ ।
एक्सन कोरियोग्राफी पहिलो भागभन्दा निकै सिर्जनात्मक लाग्छ । पानी र नरिवलको रुखको प्रयोग त पूरापूर अद्वितीय । युद्धमा वाण र तरबारलाई त्यतिकै आकर्षक ढंगले चलाइएको छ । राजदरबारको भव्यतामा आँच आउन दिइएको छैन । मध्यान्तरसम्मै कथा फ्ल्यासब्याकमा जान्छ अर्थात् अमरेन्द्र बाहुबलीको हत्याको कारण खुल्दैन । भनिहालूँ, त्यो रहस्यले चक्मा दिँदैन तर ‘टिट्रमेन्ट’ यति संवेदनशिल शैलीमा गरिएको छ कि जोकोहीको आँखा रसाउँछ । भावनाको गहिराइमा पुग्न प्रविधिको सहारा लिने राजामँैलीको काइदा साँच्चै तारिफयोग्य छ । अनि यसपटकको भीएफएक्समा त्रुटिको भेउ पाइन्न, एकदमै वास्तविक र आँखा लोभ्याउने खालको छ । तर, पछिल्लो आधा घन्टामा महेन्द्र बाहुबली र भल्लालदेवबीचको मनोवैज्ञानिक रस्साकस्सी फितलो लाग्छ । त्यस्तै, बाहुबली र देवसेनाको प्रेमिल सम्बन्धमा धेरै दृश्य खर्चिएको छैन । हिन्दीमा डब गरिएकाले कतिपय संवादको ‘लिपसिङ’ गडबड भएको छ । केके सेन्थिलको खिचाइ सानदार छ । गीत र पृष्ठभूमि संगीतले रोचक बनाएको छ ।
कलाकारको दमदार अभिनय बाहुबली २ को अर्को सशक्त पाटो हो । बाबु र छोरा दुवै भूमिकामा प्रभाष निपुण लाग्छन् । उनको शारीरिक बनोट, बोलीको वजन, भावभंगिमामा खोट लगाउन सकिन्न । उनको उपस्थिति चामत्कारिक छ । दगुबत्ती पनि त्यतिकै शक्तिशाली रुपमा पर्दामा प्रस्तुत भएका छन् । एउटा दुष्ट र बलियो राजामा हुनुपर्ने सबै गुणले भरिएका छन् उनी । अनुष्काको अलग रुप र एक्सनले दर्शकको मन जित्छ । राम्या कृष्णन त बोल्नै पर्दैन, आँखाबाटै उनको अन्तरमनको द्वन्द्व चाल पाइन्छ । कटप्पा बनेका सत्यराज चाहिँ प्रभाषपछि दर्शकको मानसपटलमा रहिरहने कलाकार हुन् । शंकै छैन, बाहुबली, भल्लालदेव र कटप्पा हिन्दी फिल्म इतिहासकै ‘अँइकोनिक’ पात्र हुनेछन् ।
बाहुबली : द बिगनिङले जसको मन जितेको छ, उनीहरूले त यो फिल्म हेर्ने नै भइहाले । आखिर, कटप्पाले बाहुबलीलाई मार्नुको कारण जान्न को चाहिँ हतारिएको नहोला र ? राजामौलीको निर्देशकीय जादू अनि प्रभाषकै लागि पनि बाहुबली २ : द कन्क्लुजन छुटाउनु हुन्न । पैसा र समय दुवैको सदुपयोग हुनेछ ।
-साभार

नेपाली फिल्मी जगतका सुपर स्टार राजेश हमालले पनि बेला बखतमा नेपालको राजनीतिमा चासो देखाउन थालेका छन । समाजिक संजाल फेसबुक मार्फत नेपालको बद्लिदो राजनैतिक कुसंस्कारलाई उनले खुलेरै बिरोध गर्ने गरेका छन ।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
३ वर्षमा पहिलोपटक आमा बनेकी एक महिलाले ३७ वर्षकी हुँदासम्म ३८ वटा बच्चा जन्माइसकेकी छिन् । सामान्य महिलाले कल्पना पनि गर्न नसक्ने यो प्रजननशीलताले युक्त महिला युगाण्डाकी हुन् ।
मरियम नबातान्जी नामकी ती महिलाको सानै उमेरमा बिहे भयो । उनी १३ वर्षमै पहिलो बच्चा जन्माइन् । युगाण्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाउँमा बस्ने मरियमलाई सबैले बच्चा जन्माउने मेसिन भन्छन् ।

उनले ६ पटक जुम्ल्याहा, चार पटक तिम्ल्याहा तथा तिन पटक चम्ल्याहा बच्चा जन्माइन् । केबल दुईपटकको गर्भमा मात्र एक एकवटा बच्चा जन्मिएका थिए ।
मरियमको प्रजनन क्षमता वास्तवमै वंशाणुगत नै रहेछ । उनका बुवाले पनि विभिन्न महिलाहरुबाट गरी ४५ बच्चाका बाउ बनेका रहेछन् । मरियमले आफ्नो परिवार नियोजन गर्नका लागि डाक्टरसँग सल्लाह पनि गरेकी थिइन् । तर डाक्टरहरुले नै उनलाई परिवार नियोजन नगर्न सल्लाह दिए ।
कस्तो अचम्म ? ३८ बच्चा जन्माउँदा पनि परिवार नियोजन गर्न नभन्ने डाक्टर कस्ता हुन् ? तर यसको कारण रहेछ । वास्तवमा उनको सरीरमा यति धेरै डिम्ब उत्पादन हुने रहेछन् की यदि उनी आमा नबनेमा उनको ज्यानलाई नै खतरा हुनसक्ने रहेछ । यस्तो त नहुनुपर्ने हो । खासमा उनलाई गलत सल्लाह दिइएको रहेछ ।
मरियमका बच्चाहरुलाई आफ्ना बुवाको अनुहार पनि याद छैन किनकी मरियमका लोग्नेले छोराछोरी हुर्काउन उनलाई सहयोग नै गरेनन् ।
मरियमको सबैभन्दा ठूलो छोरा २३ वर्षको छ । उक्त छोराले पछिल्लो १० वर्ष त आफ्नो बाउको मुखै देखेको छैन ।
एजेन्सी
एजेन्सी
आजकल लगभग हरेकसँग धेरै क्षमताको र्याम भएको, राम्रो क्यामरा भएको, ठूलो स्क्रिन भएको तथा विभिन्न दमदार फिचरहरु भएको स्मार्टफोन हुने गर्दछन् ।
यतिधेरै फिचरहरुका बाबजुत यी स्मार्टफोनको एउटा मात्रै कमजोरी चाहीँ के भने यी अत्याधुनिक ग्याजेटको ब्याट्री छोटो समयमै सकिन्छ । स्मार्टफोनको ब्याट्रीको चार्ज स्वात्तै सकिने समस्या धेरैले भोगेकै समस्या हो । तर यदि यी उपाय अपनाउनुभयो भने तपाइँको स्मार्टफोनको ब्याट्रीको चार्ज लामो समयसम्म टिक्नेछ:
• रिंगटोन लगाउनु भन्दा मोबाइल फोन भाइब्रेसनमा राख्दा ब्याट्रीको खपत धेरै हुन्छ । त्यसैले टोन बज्दा असर गर्नेवाला छैन भने स्मार्टफोन भाइब्रेसन मोडमा नराख्नुस् ।
• फोनको स्क्रिनमा विभिन्न खाले लाइभ वालपेपर देख्नमा त सुन्दर लाग्छ तर यसले ब्याट्रीको चार्ज पनि रित्याउँछ । त्यसैले यस्तो लाइभ वालपेपरको साटो कालो रंगको वालपेपर लगाउनुहोस् जसले ब्याट्री कम खान्छ ।
• तपाइँको फोनमा इन्स्टल गरिएका धेरैजसो एपहरुले लोकेसन ट्रयाक गर्दछन् । कतिपय अवस्थामा आवश्यकता विना पनि तपाइँले यसलाई लगातार अनमै राख्नुभएको हुन्छ जसले धेरै ब्याट्री खाइरहेको हुन्छ । त्यसैले आवश्यक नभएको बेला त्यस्तो फिचर तथा एपहरु बन्द गर्नुहोस् ।
• कहिलेकाहीँ स्मार्टफोनको ब्याट्री सकिने आँटेको तर तत्काल चार्ज गर्ने ठाउँ नभएको अवस्था आउँछ । यस्तोमा स्मार्टफोनलाई एयरप्लेन मोडमा हाल्नुहोस् ।
• एप अपडेट गर्नु तपाइँका लागि बोझिलो काम हुनसक्छ तर यसले तपाइँको स्मार्टफोनको ब्याट्री लाइफ चाहीँ बढाउँदछ । डेभलपर्सले ब्याट्री तथा मेमोरी अप्टिमाइजेसनलाई सुधार गर्नका लागि अपडेसन गर्दछन् । त्यसैले आफ्नो स्मार्टफोनमा कुनैप्नि एपको लेटेस्ट भर्सन इन्स्टल भएको छ र अपडेट भएको छ भन्ने कुरामा ध्यान दिनहोस् ।
• फोनको होमस्क्रिनमा एप्सका आइकनहरुको भिड नलगाउनुहोस् । विरलै प्रयोग गर्ने एपहरुलाई होमस्क्रिनमा नराख्नुहोस्, मेन्यू भित्र हाल्नुहोस् ।
• स्क्रिनले सबैभन्दा धेरै ब्याट्री रित्याउँछ । स्क्रिन जति ठूलो हुन्छ, जति धेरै रिजोलुसन तथा चमकदार हुन्छ उसले उति नै धेरै उर्जा खपत गर्दछ । यदि तपाइँको फोनमा स्क्रिन ब्राइटनेसका लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि छैन भने ब्राइटनेसलाई ५० प्रतिशतमा राख्नुहोस् । यसले ब्याट्रीको खपत कम गर्दछ ।
एजेन्सी