मोरङ, २४ चैत– राजधानी काठमाडौं पछिको सवैभन्दाबढी ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा एक उपमहानगरपालिका सहित ९ नगरपालिका र ८ गाउँपालिका गरि १७ वटा स्थानीय तह कायम छन् । स्थानीय तहको निर्वाचनका लागि ५ लाख भन्दा बढी मतदाता छन् । ९ नगरपालिकाका ९८ र ८ गाउँपालिकाका ६१ वडाबाट गरि ८ सय २९ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् भने दलित र अल्पसंख्यकबाट थप ३४ जना मनोनित गर्दा जनप्रतिनिधिहरुको संख्या ८ सय ६३ पुग्ने जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ ।
एक नम्बर प्रदेशकै सवैभन्दा बढी मतदाता रहेको मोरङमा निर्वाचन नजिकिदै जाँदा मेयर र उपमेयरका आकांक्षीहरु समेत बढ्दै गएका छन् । विशेषगरि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका उम्मेदवारहरुको नाम बढी चर्चामा छन् । मधेसी मोर्चा केन्द्रीय नेतृत्वको निर्णय कुरेर बसेको पाइन्छ भने राप्रपा जिल्ला निर्वाचन कार्यालयमा दर्ता हुन बाट बञ्चित भएको छ ।
विराटनगर उपमहानगरपालिका
नेपालकै ऐतिहासिक राजनीतिक थलोको रुपमा परिचित विराटनगर उपमहागरपालिकाको मेयर को बन्ला सवैको चासो यस तर्फ केन्द्रित देखिन्छ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतको राजनीतिक थलोका रुपमा परिचित विराटनगरको राजनीतिक चहलपहलले देशकै ध्यान केन्द्रित समेत गर्ने गरेको छ । नयाँ संरचना अनुसार साविकको वैजनाथपुर गाविस र वुधनगर गाविसका १,३ ५ वडा समावेश भएको विराटनगर उपमहागरपालिका ७७ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ । कुल २ लाख १४ हजार ६ सय ६३ जनसंख्या रहेको विराटनगर उपमहानगरपालिकामा १ लाख १४ हजार १ सय ७६ मतदाता छन् । स्थानीय तह पुनर्संरचना सँगै थपिएका गाविस र वडाहरुका कारण मतदाता संख्या बढेको हो ।
एमालेबाट विराटनगर उप–महानगरपालिकाको मेयरमा पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितदेखि एमाले मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी र एमालेका नगर इञ्चार्ज सागर थापाको नाम बढी चर्चामा छ । उपमेयरमा सावित्रा रेग्मी, विमला दाहाल, शीला दीक्षित कार्की, शिल्पा निराला कार्की, सरस्वती खरेल र लीला रिजालको नाम चर्चामा छ ।
विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि सबै भन्दा बढी आकांक्षी कांग्रेसबाट देखिएका छन् । मोरङ कांग्रेसका सचिव नागेश कोइराला, नगर सभापति भीम पराजुली, फुलकुमार लालवानी र विश्वनाथ रिजाल, डा. डिला संग्रौलालगायतको नाम मेयरका रुपमा चर्चामा छ । उपमेयरमा भने सुनिता घिमिरे, प्रमिला थापा, रेखा पराजुली, विजेता अधिकारी, सुनकुमारी कार्की, विन्दा कार्की, रीता पोखरेल चर्चामा छन् ।
माओवादी केन्द्रले भने विराटनगर उपमहानगरपालिकाको मेयर पदका लागि भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेको नाम सिफारिस तयारी गरिसकेको छ । यादव माओवादी केन्द्र बिराटनगरका इञ्चार्ज हुन् भने उपमेयरकी उम्मेदवार न्यौपाने विराटनगर नगर संयोजक हुन् ।
उर्लाबारी नगरपालिका
नयाँ संरचना अनुसार उर्लाबारी नगरपालिका मधुमल्ला ७,८ र ९ तथा राजघाट गाविस गाभेर बनेको हो । उत्तरपूर्वी मोरङमा पर्ने उर्लाबारी नगरपालिकाकमा ३५ हजार १० जना मतदाता छन् ।
उर्लावारीको मेयरमा एमालेबाट मान बहादुर श्रेष्ठ , भूपाल जिमी , गंगा खरेल,
गंगा बास्तोला, अग्नि भट्टराई र पुष्प ढकालको नाम चर्चामा छ । उप–मेयरमा मीना पौडेल र विद्या चाम्लिङको नाम चर्चामा छ । माओवादी केन्द्रका तर्फबाट मेयरका रुपमा राजेन्द्र पौडेल, प्रेम मिभक, अनुप राजवंशीलगायतको नाम चर्चामा छ ।
उर्लाबारीको मेयरमा नेपाली कांग्रेसबाट वीरवल थापा र जयधर्म आर्चाय, खड्ग फागो र भोलामान श्रेष्ठको नाम चर्चामा छ भने उपमेयरमा शोभा पालुङ र सीता कार्की आकांक्षी देखिएका छन् ।
लेटाङ नगरपालिका
अधिकांश पहाडी भूभाग रहेको लेटाङ नगरपालिकामा २१ हजार ४ सय २० जना मतदाता छन् । लेटाङ नगरपालिकाको मेयरमा एमालेबाट भूपेन्द्र लावती, घनश्याम खतिवडा, उपेन्द्र घिमिरे र डिल्लिमान तामाङको नाम चर्चामा छ भने उपमेयरमा दुर्गा भण्डारी, शान्ति पाख्रिन र सुनिता तिम्सिना चर्चामा छन् । नेपाली कांग्रेसबाट दीपकचन्द्र राई, शंकर राई र राजकुमार लामाको नाम चर्चामा छ । त्यसैगरी माओवादी केन्द्रबाट लेटाङको मेयरमा एक मात्र आकांक्षीका रुपमा गोपाल नेपालीलाई अघि सारिएको छ ।
पथरी शनिश्चरे नगरपालिका
साविकको पथरी शनिश्चरे नगरपालिका र हसन्दह गाविस जोडेर पथरी शनिश्चरे नगरपालिका बनाइएको हो । पथरी शनिश्चरे नगरपालिकामा मतदाता संख्या ४० हजार ५ सय ५५ रहेको छ ।
पथरी शनिश्चरे नगरपालिकामा एमालेबाट किशोर राई, यूवराज भण्डारी, मोहन नेउपाने, मोहन तुम्बापो, मान प्रसाद लिम्बु, रामकुमार बस्नेतको नाम चर्चामा छ भने उपमेयरमा कृष्णकुमारी राई कृष्णकुमारी विक र देवीमाया काफ्ले मध्ये एक सम्भावित उम्मेदवार देखिएका छन् ।
नेपाली कांग्रेसबाट गणेश खड्का, किरण थापा र माधव कोइरालाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट मेयरमा जहरमान लिम्वू, विकास मगर, नेत्र पोखरेल र योशदा खतिवडाको नाम चार्चामा छ ।
बेलबारी नगरपालिका
साविकको बेलबारी नगरपालिकामा डाँगीहाट र बाहुनी गाविस समेटिएका छन् । यहाँ ४२ हजार ९ सय २ मतदाता छन् । बेलबारीको मेयरमा एमालेबाट ज्ञानेन्द्र सुवेदी, डीपी राई, इरान राई, राजकुमार बस्नेत र उपमेयरमा लिला गौतम, पार्वती बराल, हरिमाया खतिवडाको नाम चर्चामा छ ।
नेपाली कांग्रेसबाट मेयरमा राजकुमार लिम्बु, यज्ञ ढकाल, नगेन्द्र कट्टेल र रुकमणि धिमालको नाम चर्चामा छ । माओवादी केन्द्रबाट तिलक राई, पशुराम सुवेदी, रामप्रसाद राई र पुष्प चौधरीको नाम चर्चामा छ ।
सुन्दर हरैंचा नगरपालिका
साबिकका कोसीहरैंचा र सुन्दरदुलारी नगरपालिकालाई गाभेर सुन्दर हरैंचा नगरपालिका निर्माण भएको छ । सुन्दर हरैचा नगरपालिकामा ५३ हजार ८ सय ७६ मतदाता छन् ।
सुन्दरहरैंचा नगरपालिकाको मेयरमा नेकपा एमालेबाट अजम्बर राई, अर्जुन अधिकारी, केदार गुरागाई, राजकुमार ओझा, पितकुमार श्रेष्ठ र उपमेयरमा धना तामाङ, पुष्पा तामाङ, टिका भट्टराइको नाम चर्चामा छ ।
नेपाली कांग्रेसबाट शिव ढकाल, लोकप्रसाद संगौला, गोपाल थापा र चैतन्य सापकोटाको नाम चर्चामा छ । माओवादी केन्द्रबाट नवराज चापागाई, मित्रसेन योञ्जन र कुमार राईको नाम मेयरका रुपमा चर्चामा छ ।
रतुवामाई नगरपालिका
साविकको बरंडगा गाविसका १, ४, ५ र ७ नम्बर वडाहरु, झुर्किया, महादेवा, गोविन्दपुरका १,३,४,७ वडा र सिजुवा गाविस एवं इटहरा गाविस मिलाएर रतुवामाई नगरपालिका निर्माण गरिएको हो । यहाँ मतदाता संख्या ४२ हजार ४ सय रहेको छ ।
रतुवामाई नगरपालिकाको मेयरमा एमालेबाट दुर्गाबहादुर बिष्ट, रुपनारायण मिश्र, टेकेन्द्र पोमु, विश्वनाथ राय, गोपी चापागाई,मेघराज कट्टेल, शान्तिराम बराल र उपमेयरमा चन्द्रकला भण्डारी र इन्दिरा बरालको नाम चर्चामा छ । नेपाली कांग्रेसबाट नागेश्वर सिंह, खड्ग चुम्वाङ र रविन राईको नाम मेयरमा चर्चामा छ । माओवादी केन्द्रबाट मेयरमा प्रकाश पौडेल, सुनील सिंह र जुब्बा सोरेनको नाम चर्चा छ ।
सुनवर्षी नगरपालिका
साविकको रंगेली नगरपालिकाका ९, १० र ११ नम्बर वडाहरुका साथै अमरदह, गोविन्दपुर र बरंडगाका केही वडाहरु र डाइनिया गाविसलाई गाभेर सुनवर्षी नगरपालिका बनाइएको छ । यो नगरपालिकामा २८ हजार ८ सय ९१ मतदाता छन् ।
सुनवर्षी नगरपालिकामा मेयरमा एमालेबाट कप्लेश्वर राजवंशी, हसन इमाम बक्स, गोपाल थापा, बोधराज वुढाथोकीको नाम चर्चामा छ । काग्रेसका तर्फबाट मेयरमा देबेन्द्र बस्नेत, शिवनारायण सिंह, कालीप्रसाद दास र रमानन्द साहको नाम चर्चामा छ । माओवादी केन्द्रबाट जयन्त दास, श्रवण राजवंशी र सुन्दर तामाङ्गको नाम चर्चामा छ ।
रंगेली नगरपालिका
साविक रंगेली नगरपालिकाका १ देखि ८ नं वडामा बबियाबिर्ता र दर्वेशा गाविसलाई गाभेर रंगेली नगरपालिका निर्माण भएको हो । रंगेली नगरपालिकामा ३० हजार ३ सय ९१ मतदाता छन् ।
रंगेली नगरपालिकाको मेयरमा एमालेका तर्फबाट सन्तोष शाह, मनोज अग्रवाल र दिनेश ठाकुरको नाम चर्चामा छ । नेपाली कांग्रेसका गोपाल सेडाई, मोदराज घिमिरे र जगन्नाथ मण्डल, रामनारायण मण्डल र सुमन कुँवरको नाम चर्चामा छ । माओवादी केन्द्रबाट दिलिप बगडिया, रामचन्द्र मण्डल र डिल्ली घिमिरेको नाम चर्चामा छ ।
खुलेर आएका यी नामसँगै राप्रपाले समेत स्वतन्त्रकै हैसियतबाट पनि निर्वाचनमा भाग लिने बताइएको छ । राप्रपाका तर्फबाट पनि स्थानीय तहमा उम्मेदवारी पर्ने जिल्लातहका नेताहरुको भनाई छ । यस्तै मधेशी मोर्चा आवद्ध दलहरु समेत निर्वाचनमा सहभागि हुने भित्रभित्रै तयारीमा जुटीरहेका छन् । अहिले आन्दोलनकै चरणमा रहँदा पनि मोर्चाले संगठन विस्तारलगायतको कामलाई निरन्तरता दिदै आएको छ ।
उम्मेदवारका आकांक्षी धेरै भए पनि टिकट भने एकएकजनाले मात्र पाउने हुँदा पार्टीभित्र पनि गुटका हिसावले कसको लविङ दह्रो हुन्छ भन्ने विषयले चर्चा पाउने गरेको छ । विहान चोक र चिया पसलमा हुने गफदेखि एक आपसमा हुने भेटमा पनि विभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीकै भन्ने चर्चा हुने गरेको छ ।

काठमाडौं, २४ चैत । तपाईंलाईं विदेशी नम्बरबाट लगातार मिसकल आइरहेको छ ? के त्यो नम्बर टिउनिसयाको देखाउँछ ? त्यसो भए ख्याल गर्नुस्, त्यो नम्बरमा तपाईंले कल ब्याक गर्दा सबै ब्यालेन्स सकिन सक्छ ।
केही दिन यता टिउनिसियाको नम्बर देखाउने +२१६-९८०९०४२७ जस्ता नम्बरबाट नेपाली मोबाइल प्रयोगकर्तालाई मिसकल आइरहेको छ । कलब्याक गर्दा कतिपयको मोबाइलमा रहेको ब्यालेन्स रकम पनि सकिएको छ ।
‘मलाई पनि आएको थियो म त साथीहरूले होला भनेर कलब्याक गरेको तीस सेकेन्डमा ६१ रूपैयाँ चट भयो-‘ बेसीशहरका किशोरकुमार बस्नेतले भने ।
यो ठगीधन्दा भएको बताइएको छ । टेलिकम प्रदायक संस्थाहरुले सावधानी अपनाउन ग्राहकहरुलार्इ आग्रह गरेका छन्। नेपाल टेलिकमले यस विषयमा अध्ययन भइरहेको बताएको छ ।
यसैगरी, एनसेनले पनि सूचना जारी गरेर कल ब्याक गर्ने सम्बन्धमा सावधानी अपनाउन आग्रह गरेको छ ।
‘अन्तर्राष्ट्रिय नम्बरहरुबाट मिसकल गरी ग्राहकहरुलाई कल ब्याक गर्न उत्प्रेरित गर्ने खालको गतिविधि पाइएको र फ्रड मिसकलमा कल ब्याक गर्दा उच्च शुल्क लाग्ने भएकाले यस्ता नम्बरबाट मिसकल आएमा परिचित नम्बर हो कि होइन यकिन गरी कल ब्याक गर्ने, नगर्ने निर्णय लिन आग्रह गदछौं’- एनसेलले जारी गरेको सूचनामा उल्लेख छ।

काठमाडौं । बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारलाई भोट माग्दै हिँड्ने भएकी छिन् ।
पार्टीका नेताहरुले उनलाई उम्मेदवार बन्नै प्रस्ताव राखेका थिए । तर, उनले भने आफू यसपालि चुनावमा नउठ्ने, बरु उम्मेदवारका लागि भोट माग्ने योजना बनाएकी छिन् ।
‘पार्टीको महाधिवेशन र अन्य कार्यक्रममा सहभागी हुँदा फिल्मको सुटिङ नै धकेलियो, यसैले उम्मेदवार बनेर मैदानमा उत्रिने सोच छैन’, उनले अनलाइनखबरसँग भनिन् ।
आफू चुनावमा नउठे पनि १९ वर्षपछि स्थानीय निर्वाचन हुन लागेकाले सबै मिलेर सफल बनाउनुपर्ने उनको धारणा छ ।
उनी भन्छिन् ‘जित कसको हुन्छ भन्न सकिन्न, तर सबै दलले देशको जित सोचेर चुनाव सफल बनाउन लाग्नुपर्छ ।’
त्यसो त आउँदो वैशाख ५ गतेदेखि रेखाको होम प्रोडक्सनमा चलचित्र ‘रुद्रप्रिया’ को सुटिङ सुरु हुँदै छ । चलचित्रमा उनको मुख्य भूमिका छ । तर, रेखाले सुटिङ रोकेर भए पनि चुनाव प्रचारमा जाने योजना बनाएकी छिन् ।
‘हरेक दिन मेरो सुटिङ हुँदैन । चुनाव प्रचारमा जाने दिने आफ्नो सुटिङ राख्दिनँ’, उनले भनिन्, ‘यदि सुटिङ परिहाल्यो भने सुटिङ रोकेर भए पनि भोट माग्न जान्छु ।’
रेखाले काठमाडौं क्षेत्र नम्बर ४ बाट मतदाता सूचीमा नाम दर्ता गराएकी छिन् । उनले अहिले चलचित्र क्षेत्रमा सक्रिय भए पनि भविष्यमा भने राजनीतिलाई नै मुख्य पेशा बनाउने बताउँदै आएकी छिन् ।

यादब बिष्ट, सिजुवा/ सहकारीहरु संख्यात्मक भन्दा पनि गुणात्मक विकासमा अगाडी बढ्नुपर्ने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अध्यक्ष डि.वि. बस्नेतले बताउनु भएको छ ।
मोरङको इटहरामा बुधबार सहकारी सञ्जाल इटहराले आयोजना गरेको सहकारी एकिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । सानो सानो पूँजी लिएर सहकारी सञ्चालन गर्नु भन्दा सहकारीहरुको एकिकरण गरी ठूलो र शशक्त सहकारीको निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउदै यसका लागि सबै सहकारीहरुलाई लागि पर्न र सोच्न आग्रह भयो ।उक्त कार्यक्रममा नेफ्स्कुन कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारी एकिकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहकारी संस्थाहरुको वित्तिय अवस्था मजबुत बनाई दिगो विकास गर्न र सञ्चालन खर्च घटाउन एकिकरण आवश्यक रहेको कार्यपत्रमा पोखरेलले उल्लेख गर्नु भएको छ । सहकारीहरुले सदस्य सेवा र बस्तुको विकास गर्दै उच्च प्रविधिको प्रयोग गर्नु अहिलेको आवश्यकता भएको र यसको एक मात्र उपाय भनेको सहकारीहरुको एकिकरण गरी समुदायमा आधारित दिगो र भरपर्दो सहकारी निर्माण गर्नु रहेको कार्यपत्रमा उल्लेख छ । पोखरेलद्वारा प्रस्तुत कार्यपत्र माथि नेफ्स्कुनका पूर्व सञ्चालक ताराबहादुर काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., मोरङका अध्यक्ष हरिप्रसाद सुवेदी, जिल्ला सहकारी संघ लि., मोरङका अध्यक्ष डिल्लि पोखरेल लगायतका बक्ताले सहकारी एकिकरणमा जोड दिदै टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रम सहकारी सञ्जाल इटहराका अध्यक्ष कृष्णराज खतिवडाको सभापतित्व र नेफ्स्कुन अध्यक्ष डि.वि. बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सिजुवा: स्थानीय तहको घोषित निर्वाचन मिति नजिकिदै गर्दा मोरङको रतुवामाई नगरपालिकामा मेयरका प्रत्याशीहरुले आ–आफ्नो पार्टीभित्र लबिङ थालेका छन् तर कुनै पनि पार्टीबाट एकिन उमेदवार भने चयन भएको छैन। रतुवामाई नगरपालिकाको मेयरका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । त्यसमा पनि एमाले र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गत २०७० सालको संबिधानसभाको निर्वाचनमा सो क्षेत्रबाट एमालेका ऋषिकेश पोख्रेल विजयी भएका थिए । तर हाल सो क्षेत्रको राजघाट गाविस उर्लाबारी नगरपालिकामा समाहित भएपछि एमालेलाई निर्वाचन जित्न केही हम्मे भने पर्ने सोही पार्टीका नेताहरुको बिश्लेषण छ । मोरङको इटहरा, सिजुवा, महादेवा, झुर्किया र बरडंगाको १, ४, ५, ७ र गोविन्दपुरको बक्राहा खोला पूर्वका १, ३, ४ र ७ नम्बर वडालाई मिलाएर रतुवामाई नगरपालिका बनाईएको हो । रतुवामाई नगरका मतदाताले पनि चियापसल देखि विभिन्न सार्वजनिक थलोहरुमा सम्भावित उम्मेदवारका बारेमा चर्चा गर्न थालेका हुन् । उम्मेदवारका दावेदारहरुले पनि आफ्नै तरिकाले मतदाता र कार्यकर्तासँग भेटघाट तिब्र पारेका छन् । रतुवामाई नगरपालिकामा करिब करिव ४२ हजार मतदाता रहेका छन् । अन्तिम नामावली भने निर्वाचन आयोगले अद्यावधीक भएको विवरण सार्वजनिक गरेपछि मात्र जानकारी हुनेछ । २०७० को निर्वाचन परिणामका आधारमा रतुवामाई नगरपालिकामा एमाले बलियो शक्ति हो । यसअघिका निर्वाचनमा काँग्रेसले एकलौटी जितेपनि एमालेले पहिलो पटक २०७० सालको निर्वाचन जितेको हो । यसअघि २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा साविक इटहरा, सिजुवा, गोबिन्दपुर र महादेवा गाविसमा एमालेले जित हात पारेको थियो भने झुर्कियामा काँग्रेसले जितेको थियो । बरडंगाको १ र ७ नम्बर वडा एमालेले र ४ र ५ नम्बर वडामा काँग्रेसले जित हात पारेको थियो । सो नगरको इटहरा गाविस जननेता मदन भण्डारीको कर्मभूमि समेत हो । इटहरालाई एमालेको गडको रुपमा चिनिन्छ । साविक इटहरा, सिजुवा र गोबिन्दपुर गाविसमा एमालेको राम्रो प्रभाव रहेपनि दक्षिणी क्षेत्रमा भने निकै कसरत गर्नुपर्ने देखिन्छ । एमालेका दावेदारहरु रतुवामाई नगरपालिका मोरङमा नयाँ नगरपालिका हो । यसैवर्ष मात्र घोषणा भएको यस नगरपालिकामा मधेशी समुदायको बाहुल्यता रहेका कारण पनि कसले जित्छ भन्नेमा यकिन छैन । एमालेभित्र भावी उम्मेदवारका रुपमा बिभिन्न नेताहरुको चर्चा भएपनि पार्टीमा आधिकारिक छलफल नभएको नेताहरुले बताए । भित्रभित्रै दावेदारले आफ्नो पक्षमा लविङ्ग थालिसकेका छन् । रतुवामाई – ८ इटहरा घर भएका टिकेन्द्र पोमु स्थानीय स्तरमा लोकप्रिय मानिन्छन् र पोमु मेयरका प्रमुख दाबेदार हुन्। एमाले क्षेत्रिय कमिटी अध्यक्ष विश्वनाथ राय मेयरका अर्का दाबेदार हुन् । सो नगरमा मधेशी समुदायको बाहुल्यता रहेका कारण पनि रायलाई मेयरमा उठाउनुपर्ने कार्यकर्ताको माग छ । एमालेबाट मेयरका अर्का सशक्त दावेदार गोपी चाँपागाई देखिएका छन् । उनी एमाले जिल्ला सदस्य समेत भएकाले मेयरका बलियो उम्मेदवार हुन सक्छन् । बिद्यार्थी र युवा संघबाट राजनिति सुरु गरेका चापागाईं सो क्षेत्रका सांसद् ऋषिकेश पोख्रेल निकट चिनिन्छन् ।
को छ दावेदार रतुवामाईमा कांग्रेसका तर्फबाट
मेयरका लागि ४ जनाले दावी गरेका छन् । तर उपमेयरका बारेमा भने अझै मौन छन् । कांग्रेसका तर्फबाट मेयरका लागि दावेदारका रुपमा साविक इटहरा गाबिस घर भएका खड्ग चोङवाङ मेयरका प्रमुख दाबेदार हुन् । चोङवाङ स्थानीयवीच परिचित कार्यकर्ता हुन् । त्यस्तै कन्हैयालाल राजबंशी पनि दावेदार हुन् । काँगे्रसबाट नागेश्वर सिंह र रविन राईले पनि मेयरमा दाबी गर्दै आएका छन् ।
राप्रपामा अझै अन्योल
त्यस्तै राप्रपाको केही महिना अगाडि मात्रै पार्टी एकीकरण भएकाले कसकसलाई उमेदवार बनाउने भन्ने बारे पार्टीमा छलफल भैरहेको राप्रपाका रतुवामाइ नगर सचीव महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।
माओवादी केन्द्रबाट पौडेल
माओवादी केन्द्रबाट भने साविक सिजुवा गाबिस घर भएका प्रकाश पौडेल मात्र अहिलेसम्म दाबेदारका रुपमा देखिएका छन।
Kathmandu, March 28 :
Prime Minister Pushpa Kamal Dahal, who is currently in China visit, has reached Chhengdu of China, on Monday.
PM Dahal reached Chhengdu following his meeting with the Chinese President. He is scheduled to come to Lhasa thereafter, informed PM's personal secretary Prakash Dahal.
He is returning home on Wednesday.

Gulariya, March 28:
A canal dug by the Indian Forest Department employees at the no man's land near the Nepal – India border at Madhuban Municipality – 5 has been filled up by Nepal's Armed Police Force (APF), Sanoshree.
The employees of the Katarniya Wildlife Reserve India dug up 20 meter long canal by using an excavator in the area located between border pillars 75 and 76.
The armed police team led by Inspector Bhupendra Pal was dispatched to the site immediately after getting the tip off and took a stand that both the countries are not allowed to carry out any activities at the no man's land.
"They claimed that the land they were digging was on the side of India," Inspector Pal said and added, "There was confusion if the area was located nine meters within the border pillar, so we filled it up."
The international law bars any countries from carrying out any activities in the no man's land. Meanwhile, Bardiya's Chief District Officer (CDO) Bishnu Bahadur Thapa said he did not have any knowledge regarding the incident.