फेसबुक अहिले लभ अफेयर चलाउने एउटा गतिलो साधन बनेका छन् । तर, फेसबुकले पिरतीमात्रै गाँस्दैन, पिरतीमा संकट ल्याउन समेत बेर लाग्दैन ।
कुवेतमा फेसबुकका कारण यस्तो एउटा रोचक घटना भएको छ, जसले पारिवारिक जीवन नै संकटमा पुगेको छ । कुवेत निवासी एक व्यक्तिलाई युवतीको फ्रेण्ड रिक्वेस्ट आयो । उनले हत्त न पत्त स्वीकार पनि गरे । दुवैबीच लामो प्रेम वार्तालाप भयो। कुरा हुँदाहुँदा होटलमा भेट्ने तहसम्ममा कुरा पुग्यो ।
पूर्वनिर्धारित योजना अनुसार, दुवै जना खुसीसाथ होटलमा भेट्न पुगे । भेटका लागि युवक बढी नै खुसी देखिन्थे । त्यसैले उ निकै जोशका साथ होटल पुग्यो । तर, उसको जोश र होस त्यतिबेला उड्यो जतिबेला उनकी फेसबुक गर्लफ्रेण्ड अरु कोही नभएर आफ्नी श्रीमती निस्किइन्।
हो, श्रीमान कुनै फेसबुक फ्रेण्डसँग डेटिङ गर्न चाहेको आशंका श्रीमतीले नै यो बहाना रचेकी थिइन् । त्यसैले उनले फेसबुकमा नक्कली नाममा खाता खोलिन् र आफ्नै श्रीमानलाई इन्भाइट गरिन् । जुन श्रीमानले पनि तत्काल स्वीकार गरे ।
तर, होटलमा आफ्नै श्रीमतीलाई देखेर युवक असिनापसिना भए । दुवैबीच झगडा हुन थाल्यो। घटना प्रहरीसम्म पुग्यो । अहिले श्रीमती आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गर्ने तयारीमा लागेकी छन्। एजेन्सी
काठमाण्डौ, २ कात्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले लामो समयपछि सार्वजनिक सभालाई संबोधन गर्ने भएका छन् ।
देशमा गणतन्त्र आएपछि लामो समयदेखि उनी मौन बस्दै आएका छन् । अब भने उनले आफ्नो भनाइ सार्वजनिक गर्ने भएका छन् । यसका लागि पशुपतिस्थित बनकालीमा कात्तिक ४ गते सुरू हुने अन्तराष्ट्रिय विराट हिन्दू सम्मेलनमा शाहको सम्बोधन गर्ने कार्यक्रम रहेको निश्चित प्राय भएको दरबारनिकट उच्च स्रोतले बतायो ।
विश्व हिन्दु महासंघको संयोजनमा हुने कार्यक्रममा भारतलगायत विभिन्न देशका हिन्दूको संलग्नतामा हुन लागेको छ । सम्मेलन बिहान ११ बजे उद्घाटन हुने र त्यसपछि ज्ञानेन्द्रले सम्बोधन गर्नेछन् । तर सम्बोधनमा ज्ञानेन्द्रले के भन्छन् उच्च स्रोतले खुलाउन चाहेन । उनले हिन्दू राष्ट्रबारे कुरा उठाउने अनुमान गर्न सकिन्छ ।
सम्मेलनमा भाग लिन देश तथा विदेशबाट हिन्दूहरु भेला हुनेक्रम सुरू भएको बताइएको छ । साथै आयोजकले सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
मोरङको टंकीसीनुवारी–५ स्थित कोशी राजमार्ग सडक खण्डमा हिजो साँझ भएको बस दुर्घटनामा घाइते भएका दुइजनाको उपचारका क्रममा मृत्यू भएको छ ।
मृत्यु हुनेमा सुनसरी चक्रघटी–४ की ६० बर्षीया रेविका कार्की र अर्का १६ बर्षका अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गए राती निधन भएको हो । बिराटनगरबाट इटहरीतर्फ जांदै गरेको ना.४ ख. ६०८० नम्बरको बसले सोही दिशामा रोकि राखेको भारतीय नम्बरको लरीमा पछाडीबाट ठक्कर दिदा २६ जना घाइते भएका थिए । तीमध्ये २ जनाको मृत्यु भएको र अझै केहीको गंभीर अवस्थामा विराटनगरका अस्पतालहरुमा उपचार भइरहेको छ । दुर्घटनामा सहचालकको अवस्था समेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । अन्य घाइतेहरुको विराटनगरको न्यूरोअस्पताल, विराट नर्सिङ होम र विराट टिचिङ अस्पताल टंकीमा उपचार भैरहेको छ ।
चितवन । दुई हप्ताअघि चितवनको दारेचोकस्थित घोप्टभीरमा जीप दुर्घटना भई बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेका भाई मोहन घिमिरेको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहुा जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो ।
उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए ।
असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाई र आमा बेपत्ता भएका थिए । एक सातासम्म सुरक्षाकर्मी र उद्धारकर्मीले खोजी गर्दा पनि उनीहरुको शव भेटिएको थिएन । पुर्व मन्त्री घिमिरे र उनका एक भाई अझै बेपत्ता छन् ।
ल्याटिन अमेरिकी देश कोलम्बियामा कम्युनिष्ट विद्रोही गुट रिभोलुसनरी आम्र्ड फोर्सेज अफ कोलम्बिया वा एफएआरसी (जसलाई साधारण रुपमा फार्क भनिन्छ) र सरकारका बिच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।फोटोग्राफर जीसस एबेड कोलोराडो लोपेज ५० वर्षसम्म चलेको यो संघर्षको महत्वपूर्ण २५ वर्षका साक्षी रहेका छन् । उनले थुप्रै महत्वपूर्ण क्षणलाई आफ्नो क्यामरामा कैद गरेका छन् ।
लोपेजका हजुरबुवा कोलम्बियाको शहर स्यान कार्लोस एन्टिकियामा बस्दथे । यो इलाकाको ला वायोलेन्सिया भनिन्छ । यहाँ दुई राजनीतिक दल लिबरल र कंजरभेटिभमा निकै भयानक लडाईं चल्ने गर्दथ्यो । उनका हजुरबुवा र हजुरआमा एक कन्जर्भेटिभ शहरमा बस्ने लिबरल थिए ।
एक रात समूहमा आएका मानिसहरुले उनको हजुरबुवाको हत्या गरे र सबैभन्दा सानो बच्चाको गला रेटेर हत्या गरिदिए । यो घटनाले स्तब्ध उनकी हजुरआमाले खान पिउन छोडिन् र चार महिनापछि उनको पनि मृत्यु भयो ।
कोलम्बियाको हिंसा र संघर्षलाई कभर गर्ने उनी एक्ला पत्रकार थिए । लोपेजले त्यहाँका मानिसहरुसँग व्यक्तिगत सम्बन्ध बनाए । त्यसकारण त्यहाँका मानिसहरुले उनले हरेक प्रकारको फोटो खिच्ने अनुमती दिए । एनिसीटी त्यहाँका स्थानीय मध्येका एक हुन् जसको आँखा अगाडि श्रीमतीको गोली हानेर हत्या गरियो । सेना र गुरिल्लाहरुले उनलाई श्रीमतीको उपचारका लागि अस्पताल लान दिएनन् । यसकारण उनको मृत्यु भयो ।
कोलोराडो लोपेज गोरिल्ला नेताहरु वा सेनाको जनरलहरुको तस्बिर खिच्दैनथे । उनी तल्लो स्तरका लडाकू र सैनिकहरुलाई महत्व दिन्थे । जस्तै यी सैनिक जसको इलाकामा गुरिल्लाले सन् १९९३ को सेप्टेम्बरमा हमला गरेका थिए । हमलामा उनका थुप्रै साथीहरुको मृत्यु भयो तर उनी बाँच्न सफल भएका थिए ।
अथवा यी रोइरहेका सैनिक जसको १३ वर्षीया बहिनीलाई बिद्रोहीले हत्या गरिदिए । सैनिकमा काम गर्न बन्द नगरे उनको परिवारको हत्या गर्न सुरु गर्ने धम्की उनलाई गुरिल्लाहरुले दिएका थिए ।
एक अनुमानका अनुसार पछिल्लो केही दशकमा यो संघर्षमा दुई लाख २० हजार मानिसहरु मारिएका छन् । यसमा सर्वसाधारणको संख्या सबैभन्दा धेरै छ ।अटोडिफेन्स यूनिडास डी कोलम्बिया (एयूसी) का विद्रोहीहरुले नोभेम्बर सन् २००२ मा १८ वर्षीया युवतीलाई अपहरण गरेर बलात्कार पछि हत्या गरिदिए । उनको हातमा चक्कुले आफ्नो संगठनको नाम लेखेर दिएका थिए ।स्यान जोस डी अपार्ताडोमा सेनाका सहयोगमार्फत अर्धसैनिक बलको तर्फबाट गरिएको नरसंहारपछि गाउँ छोडिरहेका मानिसहरु ।
एन्टीओकियाका एल अरोमा अर्धसैनिक बल पाँच दिनसम्म बसे र त्यहाँका मानिसहरुलाई चरम यातना दिए । उनीहरुले उक्त इलाकाको मुख्य चौबाटोमा १५ जना मानिसहरुको हत्या गरिदिए । स्थानीयलाई १५ जना मानिस मारिएको हेर्न बाध्य बनाइयो । त्यहाँका गाउँमा लूटपाट पछि उनीहरुले आगो लगाइदिए ।अर्धसैनिक बल त्यहाँबाट गएपछि त्यहाँ बस्ने मानिसहरुले पनि उक्त गाउँ छोडिदिए ।
चोको प्रानको रिओ सूचीमा गुरिल्लाका विरुद्ध कारवाहीको क्रममा सेनाको तर्फबाट खसाइएको बमले यहाँ खाल्डो बनेको थियो । यो कारवाही पछि करिब ८ हजार मानिसहरु बेघर भएका थिए ।बिद्रोही र सैनिकको लडाईंमा फसेका यी स्कूलको भित्ताहरुमा गोलीको निशान देख्न सकिन्छ ।एन्टिओकिया प्रान्तको मेडेलिन शहरमा एक पहाडबाट निगरानी गरिरहेका अर्धसैनिक जवानहरु ।
यहि क्रममा जीसस एबेड कोलोराडो लोपेजको परिवारले पनि निकै नोक्सानी व्यवहोर्नु पर्यो । उनको एक भाइलाई सेनाले गायब गरिदियो जबकी एकलाई फार्कले अगुवा गरेर हत्या गर्यो ।
आफ्नो दुधे बालकका साथ घर फर्किएका बिस्थापित बासिन्दा । यी व्यक्तिले गुरिल्ला र अर्धसैनिक बलले कारवाही गरी बाध्यतावश आफ्नो घर छोड्नु परेको थियो र केही महिनाका लागि विस्थापित हुनु परेको थियो ।
यी फोटोमार्फत मानो लोपेज भन्न चाहन्छन्, ‘नबिर्सिउ, याद राख, शोक मनाउ र न्याय हाँसिल गर ।’
तर…. आशा अझै बाँकी छ !
फोटोग्राफर जीसस एबेड कोलोराडो लोपेजको जन्म कोलम्बियाको मेडेलिनमा भएको थियो । उनले एल कोलम्बियानो अखबारका लागि सन् १९९२ देखि २००१ सम्म काम गरे । उनले ‘मिरर डे ला विडा प्रोफन्डा’ अर्थात ‘समृद्ध जीवनमा एक नजर’ नामको किताब लेखे । उनको यो तस्बिर एक बालकले खिचेका हुन् ।
काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुहरुको महान् पर्व वडा दसैँको अवसरमा शुभकामना दिएका छन् । शुक्रबार सम्पूर्ण नेपालीको सुख स्वास्थ्यको कामना गर्दै ज्ञानेन्द्रले वक्तव्य मार्फत् शुभकामना दिएका हुन् ।
‘वडा दसैँको यस पावन अवसरले हाम्रो रिति–थिति, संस्कृति, धर्म–परम्परा र सभ्यता एवम् त्यसको निरन्तरताको मौलिक अस्तित्वलाई सवल पार्दछ,’ मन्तव्यमा भनिएको छ, ‘यस सुखद अवसरमा म देशभित्र र देश बाहिर रहे वसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
नेपाली जनातको चाहना शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धि भएको बताउदै ज्ञानेन्द्रले बितेका दशकभित्र जनताको दैनिकीमा सकारात्मक परिवर्तन नआएको भन्दै गणतन्त्रप्रति असन्तुष्टि जनाएका छन् ।
शुभकामना मन्तव्यमा ज्ञानेन्द्रले गणतन्त्र स्थापनापछि केही हुन नसकेको भन्दै आधा दर्जन प्रश्न गरेका छन् ।
बितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
भ्रष्ट्राचार, अनियमितता, दण्डहिनताको अन्त्य गरि जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
परिवार छोडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली युवालाई मुक्त गरियो त ?’
सँगै उनले दश वर्षमा जनताका निम्ति के–के गरियो भन्ने कुराको समीक्षा गर्न ढिला भइसकेको समेत बताएका छन् ।
नेपाल पूर्वय दर्शनको आध्यात्मीक र जीवन्त संस्कृतिको धरोहर केन्द्र रहेको उल्लेख गर्दे भनेका छन्, ‘हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृति मेटिए हाम्रो सभ्यताको मुल नै सुक्छ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेन्टिन्छौँ । राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हुन् । राष्ट्रिय कार्यसूची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मुल मन्त्र हो । हाम्रो अस्तित्व, स्वाभिमान एवम् गौरवगाथाको समग्र रक्षाको लागि हामी सबै एक हौं ।’
शुभकामना मन्तव्यको अन्तिममा भनिएको छ, ‘श्री नवदुर्गा भवानीले नेपालीमा रहेको स्नेह र सद्भावना सधै कायम राखि देशको लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरुन् । जय नेपाल ।’
‘हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेन्टिन्छौँ’
इस्लामाबाद–भारतसँगको विवाद उत्कर्षमा पुगेका बेला पाकिस्तानले १३ दिनसम्म कराजी र लाहोरको एअरस्पेस बन्द गर्न लागेको छ। दुवै एअरस्पेस ८ अक्टोबरदेखि दुई हप्ताकालागि बन्द गर्न लागिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। पाकिस्तानको नागरिक
उड्यानका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार दुवै एअरस्पेस अपरेशनल कारणले बन्द गर्न लागिएको हो।
रक्षा र नागरिक उड्यानका अधिकारीहरुले पाकिस्तानी वायु सेनाले दुवै एअरस्पेसको प्रयोग युद्धभ्यासलागि गर्न बताएका छन्।
सोही कारण दुवै एअरस्पेसमा व्यापारिक उडान दुई हप्ताकालागि बन्द गरिएको हो। सेनाको अभ्यास सामान्य भएपनि दुई हप्तासम्म एअरस्पेस बन्द गरेर सैनिक अभ्यास गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। पाकिस्तानी इतिहासमा दुई हप्तासम्म कुनै पनि एअरस्पेस बन्द गरिएको छैन।
यसैबीच भारतीय सेनाका अधिकारीले सो सम्बन्धी जानकारी प्राप्त गर्न लगातार कोसिस गरिरहेको जनाएको छ। उरी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ।