कतारी राजपरिवारद्वारा सो घटना झुट भएको दाबि, खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको दाबी
कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् । लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन् । तर, एक अनलाइनले फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेको समाचारमा जनाईएको छ ।
भिडियो हेर्नुहोसः https://youtu.be/DYX7xPcAgzQ
ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । राजकुमारीले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् । तर, सुरक्षाकर्मीले आपराधिक आरोप लागेका व्यक्तिहरुसंग शारीरिक सम्बन्ध राख्नु गैरकानूनी भएको बताएका छन् ।
प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । राजकुमारीले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।
राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाको सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेकी थिइन् ।
मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे कतारले कुनै प्रतिक्रिया जनाएको छैन ।
साभार

अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसी नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ।
आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन्।
प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेट खेलको ठूलो क्रेज रहेको र सरकारले लगानी पनि गरेको भन्दै क्रिकेट खेलको विकासका लागि क्यानको सटमा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वको आइसीसीको टोली क्यानमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो। यद्यपि, प्रतिबन्ध फुकुवापछि क्यान भने अस्तित्वमा रहने छैन।
प्रधानमन्त्री दाहाल र आइसीसीका प्रतिनिधिको भेटवार्तामा सहभागी राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले अब नेपाली क्रिकेटमा कुनै विवाद् नरहेको भन्दै आइसीसीका प्रतिनिधिसामू गरेको प्रतिबद्धता अनुसार क्रिकेट खेलका गतिविधि संचालन गर्न नर्मलाइज कमिटी गठन गरिने बताए।
उनले बोर्ड गठन नहुञ्जेलसम्मका लागि कमिटीले काम गर्ने र क्यान अस्तित्वमा नरहने बताए।
आइसीसीले सरकारी हस्तक्षेप र क्यानभित्रको विवाद्लाई कारण देखाउँदै गत वैशाखको पहिलो साता क्यानलाई निलम्बन गरेको थियो। निलम्बनसँगै आइसीसीले क्यानलाई दिंदै आएको अनुदान समेत रोकेको थियो। प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि आइसीसीका प्रतिनिधिले रोकिएको अनुदान दिने प्रतिबद्धता पनि जनाएका छन्।
काठमाडौं । इजरायलले नेपाली केयर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो ।
इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ ।
इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् ।
बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिनाअघिदेखि नेपालबाट पुनस् इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन् ।
पछिल्लो समय सरकारी स्तरबाट (जीटूजी) मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बिराटनगर , १८ भाद्र । यो ‘ Love Zone ‘ हो ।
Love Zone अर्थात माया गर्नेहरुको क्षेत्र । यहाँ माया नगर्नेहरुलाई प्रवेश निषेध छ । माया गर्नेहरु भनेर प्रेमी-प्रेमिकालाई मात्रै सोच्नुभयो कि ? त्यस्तो होइन । आमाबाबु र छोराछोरी बीचको माया, दाजुभाइ र दिदीबहिनीहरु बीचको माया, छिमेकी-छिमेकी बीचको माया, जिल्लाबासीहरुबीचको माया अनि नेपाली-नेपालीबीचको माया । अझै पर जाने हो भने पृथ्वीबासीहरुबीचको माया । मायाको दायरा निकै फराकिलो छ ।

करिब तिन वर्षअघि पूर्वी नेपालमा अवस्थित सिजुवा मोरङका महेन्द्र खड्काले यसको सुरुवात गरेका थिए । आफूले लामो समय बिताउने फेसबुकमा माया गर्नेहरुको क्षेत्र बनाउने आफ्नो अभियान झण्डै साढे पाँच लाख नेपालीहरुबीच पुगेकोमा खड्का कम्ति खुसी छैनन् ।
उनी यसलाई अझै धेरै नेपालीबीच पुर्याउने अभियानमा छन् ।
हामी मोरङेहरुको सामाजिक संजालमा नाम अगाडि बनाएकोमा खड्कालाई धेरै धेरै बधाई अनि धन्यवाद दिन चाहान्छौ साथै यस ग्रुपले नेपालको प्रतिनिधित्व सधै गरिरहोस ।
सूचना समाचार र मनोरञ्जनको सारथि बनोस लव जोन ।
Love Zone अर्थात माया गर्नेहरुको क्षेत्र । यहाँ माया नगर्नेहरुलाई प्रवेश निषेध छ । माया गर्नेहरु भनेर प्रेमी-प्रेमिकालाई मात्रै सोच्नुभयो कि ? त्यस्तो होइन । आमाबाबु र छोराछोरी बीचको माया, दाजुभाइ र दिदीबहिनीहरु बीचको माया, छिमेकी-छिमेकी बीचको माया, जिल्लाबासीहरुबीचको माया अनि नेपाली-नेपालीबीचको माया । अझै पर जाने हो भने पृथ्वीबासीहरुबीचको माया । मायाको दायरा निकै फराकिलो छ ।

त्यसो भए कहाँ छ त यो Love Zone ? यो तपाईंको निकै नजिक छ । अझै भन्दा तपाईंको हातहातमा र आफ्नै आँखा अगाडि । नेपालमा सामाजिक सञ्जालको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी फेसबुकमा नेपालीहरुको उपस्थिति उल्लेखनीय छ । फेसबुकको विश्वब्यापी लोकप्रियताको प्रभाव नेपालमा नपर्ने कुरै भएन ।
फेसबुकमा जोडिने नेपालीहरुको संख्या जसरी दिनप्रतिदिन बढिरहेको छ, त्यसैगरी नेपाली पेज र ग्रुपहरु पनि लोकप्रिय बन्दैछन् । यस्तैमा ‘ Love Zone ‘ नेपालकै सबैभन्दा ठूलो फेसबुक ग्रुपको रुपमा अघि आएको छ । शनिबार यो समाचार तयार पार्दासम्म यसमा जोडिने नेपालीको संख्या ५ लाख ४५ हजार ३ सय २५ पुगिसकेको छ ।करिब तिन वर्षअघि पूर्वी नेपालमा अवस्थित सिजुवा मोरङका महेन्द्र खड्काले यसको सुरुवात गरेका थिए । आफूले लामो समय बिताउने फेसबुकमा माया गर्नेहरुको क्षेत्र बनाउने आफ्नो अभियान झण्डै साढे पाँच लाख नेपालीहरुबीच पुगेकोमा खड्का कम्ति खुसी छैनन् ।
उनी यसलाई अझै धेरै नेपालीबीच पुर्याउने अभियानमा छन् ।
हामी मोरङेहरुको सामाजिक संजालमा नाम अगाडि बनाएकोमा खड्कालाई धेरै धेरै बधाई अनि धन्यवाद दिन चाहान्छौ साथै यस ग्रुपले नेपालको प्रतिनिधित्व सधै गरिरहोस ।
सूचना समाचार र मनोरञ्जनको सारथि बनोस लव जोन ।
आजको मिति वि.सं. २०७३ साल भदौ १८ गते शनिबार तदनुसार इश्वी सन् २०१६ सेप्टेम्बर महिनाको ३ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– द्वितीया, १५:२६ बजेउप्रान्त तृतीया।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाले फाइदा दिलाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफ्नो मेहनतबाट अवसरवादीहरूले फाइदा उठाउने कोसिस गर्नेछन्। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। यथासमयमा बुद्धिको उपयोग गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। पुरानो गतिले पनि काम बिग्रन सक्छ। अस्वस्थताले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। चिताएको उपलब्धि सजिलै प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् भने बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूले काममा साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। अवरूद्ध काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन् र उत्साह जाग्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। तापनि, सेवाभावले गरिएका कामबाट प्रतिष्ठा प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही अवसर गुम्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक काममा जुट्नेहरूलाई फाइदै हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयको मागअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला

प्रेममा परेका जोडीहरुले एक अर्कालाई लभ बाइट दिनु सामान्य कुरा हो । तर यहीँ मायालु टोकाई कतिपय अभागीहरुका लागि मृत्युको कारक समेत बन्दोरहेछ, सायद कसैले सोँचेको पनि हुँदैन ।
अमेरिकाको न्यु मेक्सिकोमा यस्तै भएको छ । त्यहाँ एक गर्लफ्रेण्डको लभ बाइटबाट उनका ब्वायफ्रेण्डको ज्यान गएको छ ।
समाचार अनुसार न्यु मेक्सिकोमा बस्ने १७ वर्षीय जुलियो गोन्जोलज आफ्नी २४ वषर्ीया प्रेमिकाको साथ डेटिंगपछि आफ्नो परिवारसँगै डिनर लिनका लागि घरमा बसेका थिए । अचानक उनको शरीरमा ऐठन हुनलाग्यो । उनलाई तिब्र रुपमा दुखाई महसुस भयो । उनलाई तत्कालै अस्पताल लगियो । डाक्टरहरुले उनको उपचार त सुरु गरे तर बचाउन भने सकेनन् ।
वास्तवमा प्रेमिकाको लभ बाइटबाट गोन्जालेजको गर्धनमा रगत जमेको थियो । उक्त जमेको रगत उनको मस्तिष्क सम्म पुगेछ जसका कारण उनलाई मस्तिष्कघात भयो र मृत्यु भयो । गोन्जालेजको मृत्युपछि उनकी प्रेमिका फरार छिन् ।

साउदीमा मालिक र प्रहरीले नेपालीलाई यस्तो निर्घात पिट्यो । मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् ।
तीन महिना गाडीको इन्जिन बिग्रिएको घटनालाई लिएर साउदी अरबमा गाडी मालिक र प्रहरी मिलेर चार जना नेपालीलाई निर्घात कुटपिट गरेका छन् ।
साउदी अरबको दमामस्थित ‘हमाद जे अल अजमी जेनरल कन्ट्रयाक्टिङ’मा कार्यरत ती ड्राइभरहरुलाई मालिकले आफ्नो घर नजिकै प्रहरी बोलाई कुटपिट गरेका हुन् ।
मालिकले नै उनीहरुलाई खाना समेत नदिई बन्धक बनाएर राखेका छन् । पीडितले आफूहरुलाई उद्धार गर्न नेपाली दूतावासलाई अनुरोध गरिसकेका छन् । पीडितको तर्फबाट परराष्ट्र मन्त्रालयमा समेत उद्धारको लागि निवेदन दिइएको छ ।
पीडित मध्ये बुटवलका ४० वर्षीय हस्तलाल केसीले आफूहरुमाथि भएको अन्याय यसरी सुनाए ।
‘म साउदी अरबमा आएको २९ महिना हुँदैछ । हामी हाल १८ जना नेपाली कार्यरत छौं । कम्पनीले ड्राइभर र गाडी सहित विभिन्न कम्पनीमा सप्लाईमा पठाउने गरेको थियो । हामी दमामको मदिना भन्ने ठाँउमा काम गर्थ्यौं । बाँकी साथीहरु रियाद, जिजान (यमनको बोर्डर)मा काम गर्छन् ।
तीन महिनाको अघिको कुरा हो । इदको बेला गाडी पार्किङ गरेर क्याम्पमा आएका थियौं । हामीले पार्किङ गर्ने ठाँउमा डेढसय भन्दा बढी गाडी पार्किङ गरेर राख्ने गर्छौं । त्यहाँबाट ५०० सय मिटरको दुरीमा हामी बस्छौ । जहाँ ५ सयभन्दा बढी कामदार बस्ने गरेका थियौं । त्यस बेला सहकर्मी जयलाल यादवले चलाउने गाडीको इन्जिनमा कसैले चिनी हालिदिएछ । त्यसपछि गाडीको इन्जिन नै जल्यो । काम लागेन । कम्पनीले छानबिन गर्यो केही पत्ता लगाएन ।
मेरो गएको जुलाई २५ तारिख नेपाल फर्किने समय थियो । नेपालीले छाडेर यही कम्पनीमा नफर्किने भएकोले मलाई पनि जना दिइरहेको थिएन । जानेहरुलाई ३५ सय रियाल धरौटी राखेर मात्रै पठाउँथे । गत हप्ता छानबिनको लागि भन्दै मदिनाबाट दमाम बोलायो । त्यसपछि हामीलाई दमामको हापुक सिटी नजिकै उदलिया भन्ने स्थानमा ल्याएर राख्यो । यो मालिक बस्ने घर नजिकै हो ।
मालिकले हामी बसिरहेको ठाउँमा चिनेको प्रहरीलाई लिएर आयो । कोठामा मोरङका २८ वर्षीय हिक्मत श्रेष्ठ, पाल्पाका २८ वर्षीय नारयणमल्ल ठकुरी, प्युठानका २८ वर्षीय हिमाल मगर र एक पाकिस्तानी थियो । पाकिस्तानीलाई थोरै हिर्काएर साइड लगायो । मालिकले पाकिस्तानीलाई धेरै पिट्यो भने अरु पाकिस्तानीले बबाल गर्छ भन्दै थप पिटेन । त्यसलाई हामी चार जनालाई भने निर्घात पिट्यो । म सहित सबै साथीहरुको जिऊमा डामैडाम छ ।
त्यसपछि हाम्रो लाइसेन्स, अकामा (परिचयपत्र), मेडिकल कार्ड सबै खोसेर लिएर गयो । मालिकले एक जनालाई जिम्मेवारी लिन भनेर सात दिनको समय दिएको छ । ५ दिन बितिसकेको छ । दुई दिन अब बाँकी छ । जिम्मेवारी नलिए फेरी प्रहरी बोलाएर ल्याउने र केही मुद्दा लगाएर जेल पठाउने धम्की दिएको छ । हामीले दमाममा रहेको दूतावासका प्रतिनिधि हरिप्रसाद घिमिरेलाई पनि आएर उद्धार गर्न भनेको छु । उहाँले मालिकसँग कुरा भइरहेको जनाउँदै हामीलाई राखेको ठाउँमै आउने भनिराख्नुभएको छ ।
हामी चाहन्छौं कि हामी माथि थप कुटपिट नहोस् । सकुशल उद्धार भएर स्वदेश फिर्ने वातावरण बनोस् । बाँकी साथीहरु पनि नेपाल फिर्ता हुन चाहिरहेका छन् ।
कान्तिपुरबाट