नेपाली फिल्मी जगतका सुपर स्टार राजेश हमालले पनि बेला बखतमा नेपालको राजनीतिमा चासो देखाउन थालेका छन । समाजिक संजाल फेसबुक मार्फत नेपालको बद्लिदो राजनैतिक कुसंस्कारलाई उनले खुलेरै बिरोध गर्ने गरेका छन ।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
नेपालको राजनिती बारे के भनेत राजेश हमालले हेर्नुस भिडियो।
३ वर्षमा पहिलोपटक आमा बनेकी एक महिलाले ३७ वर्षकी हुँदासम्म ३८ वटा बच्चा जन्माइसकेकी छिन् । सामान्य महिलाले कल्पना पनि गर्न नसक्ने यो प्रजननशीलताले युक्त महिला युगाण्डाकी हुन् ।
मरियम नबातान्जी नामकी ती महिलाको सानै उमेरमा बिहे भयो । उनी १३ वर्षमै पहिलो बच्चा जन्माइन् । युगाण्डाको मुकोनो जिल्लाको कबिम्बिरी गाउँमा बस्ने मरियमलाई सबैले बच्चा जन्माउने मेसिन भन्छन् ।

उनले ६ पटक जुम्ल्याहा, चार पटक तिम्ल्याहा तथा तिन पटक चम्ल्याहा बच्चा जन्माइन् । केबल दुईपटकको गर्भमा मात्र एक एकवटा बच्चा जन्मिएका थिए ।
मरियमको प्रजनन क्षमता वास्तवमै वंशाणुगत नै रहेछ । उनका बुवाले पनि विभिन्न महिलाहरुबाट गरी ४५ बच्चाका बाउ बनेका रहेछन् । मरियमले आफ्नो परिवार नियोजन गर्नका लागि डाक्टरसँग सल्लाह पनि गरेकी थिइन् । तर डाक्टरहरुले नै उनलाई परिवार नियोजन नगर्न सल्लाह दिए ।
कस्तो अचम्म ? ३८ बच्चा जन्माउँदा पनि परिवार नियोजन गर्न नभन्ने डाक्टर कस्ता हुन् ? तर यसको कारण रहेछ । वास्तवमा उनको सरीरमा यति धेरै डिम्ब उत्पादन हुने रहेछन् की यदि उनी आमा नबनेमा उनको ज्यानलाई नै खतरा हुनसक्ने रहेछ । यस्तो त नहुनुपर्ने हो । खासमा उनलाई गलत सल्लाह दिइएको रहेछ ।
मरियमका बच्चाहरुलाई आफ्ना बुवाको अनुहार पनि याद छैन किनकी मरियमका लोग्नेले छोराछोरी हुर्काउन उनलाई सहयोग नै गरेनन् ।
मरियमको सबैभन्दा ठूलो छोरा २३ वर्षको छ । उक्त छोराले पछिल्लो १० वर्ष त आफ्नो बाउको मुखै देखेको छैन ।
एजेन्सी
एजेन्सी
आजकल लगभग हरेकसँग धेरै क्षमताको र्याम भएको, राम्रो क्यामरा भएको, ठूलो स्क्रिन भएको तथा विभिन्न दमदार फिचरहरु भएको स्मार्टफोन हुने गर्दछन् ।
यतिधेरै फिचरहरुका बाबजुत यी स्मार्टफोनको एउटा मात्रै कमजोरी चाहीँ के भने यी अत्याधुनिक ग्याजेटको ब्याट्री छोटो समयमै सकिन्छ । स्मार्टफोनको ब्याट्रीको चार्ज स्वात्तै सकिने समस्या धेरैले भोगेकै समस्या हो । तर यदि यी उपाय अपनाउनुभयो भने तपाइँको स्मार्टफोनको ब्याट्रीको चार्ज लामो समयसम्म टिक्नेछ:
• रिंगटोन लगाउनु भन्दा मोबाइल फोन भाइब्रेसनमा राख्दा ब्याट्रीको खपत धेरै हुन्छ । त्यसैले टोन बज्दा असर गर्नेवाला छैन भने स्मार्टफोन भाइब्रेसन मोडमा नराख्नुस् ।
• फोनको स्क्रिनमा विभिन्न खाले लाइभ वालपेपर देख्नमा त सुन्दर लाग्छ तर यसले ब्याट्रीको चार्ज पनि रित्याउँछ । त्यसैले यस्तो लाइभ वालपेपरको साटो कालो रंगको वालपेपर लगाउनुहोस् जसले ब्याट्री कम खान्छ ।
• तपाइँको फोनमा इन्स्टल गरिएका धेरैजसो एपहरुले लोकेसन ट्रयाक गर्दछन् । कतिपय अवस्थामा आवश्यकता विना पनि तपाइँले यसलाई लगातार अनमै राख्नुभएको हुन्छ जसले धेरै ब्याट्री खाइरहेको हुन्छ । त्यसैले आवश्यक नभएको बेला त्यस्तो फिचर तथा एपहरु बन्द गर्नुहोस् ।
• कहिलेकाहीँ स्मार्टफोनको ब्याट्री सकिने आँटेको तर तत्काल चार्ज गर्ने ठाउँ नभएको अवस्था आउँछ । यस्तोमा स्मार्टफोनलाई एयरप्लेन मोडमा हाल्नुहोस् ।
• एप अपडेट गर्नु तपाइँका लागि बोझिलो काम हुनसक्छ तर यसले तपाइँको स्मार्टफोनको ब्याट्री लाइफ चाहीँ बढाउँदछ । डेभलपर्सले ब्याट्री तथा मेमोरी अप्टिमाइजेसनलाई सुधार गर्नका लागि अपडेसन गर्दछन् । त्यसैले आफ्नो स्मार्टफोनमा कुनैप्नि एपको लेटेस्ट भर्सन इन्स्टल भएको छ र अपडेट भएको छ भन्ने कुरामा ध्यान दिनहोस् ।
• फोनको होमस्क्रिनमा एप्सका आइकनहरुको भिड नलगाउनुहोस् । विरलै प्रयोग गर्ने एपहरुलाई होमस्क्रिनमा नराख्नुहोस्, मेन्यू भित्र हाल्नुहोस् ।
• स्क्रिनले सबैभन्दा धेरै ब्याट्री रित्याउँछ । स्क्रिन जति ठूलो हुन्छ, जति धेरै रिजोलुसन तथा चमकदार हुन्छ उसले उति नै धेरै उर्जा खपत गर्दछ । यदि तपाइँको फोनमा स्क्रिन ब्राइटनेसका लागि अटो मोड छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि छैन भने ब्राइटनेसलाई ५० प्रतिशतमा राख्नुहोस् । यसले ब्याट्रीको खपत कम गर्दछ ।
एजेन्सी
गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा र मधेसी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको भन्दै त्यसमाथि नै कडा निगरानी गर्न थालेको छ ।
स्थानीय तहको निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीमा निर्वाचनविरोधीको घुसपैठ भएको हुन सक्ने भन्दै म्यादी प्रहरीमाथि कडा निगरानी गर्न थालिएको हो ।
म्यादी प्रहरीमा चुनावविरोधी राजनीतिक दलका कार्यकर्ताको घुसपैठ भएको सूचना पाएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले म्यादी प्रहरीका गतिविधि नजिकबाट निगरानी गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्रोतले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको बचाउमा उत्रिएका छन्।
बिहीबार एमालेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’
उनले अघि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’
गृहसचिव, तत्कालीन एआईजी र आईजीपी उही हस्ताक्षर भएको दुई वटा कार्यसम्पादन कसरी हुन्छ भन्दै ओलीले सिलवालले नभई सरकारले कीर्ते गरेको दाबी गरे । अहिले सरकारले सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनको हस्ताक्षर कीर्ते हो भन्न फरेन्सिक ल्याबलाई दबाव दिइरहेको उनको दाबी छ ।
सरकारमा बसेर घटिया काम गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘डीआईजीलाई ज्यानमा खतरा छ भन्न सक्छ भने त्यो भन्दा तलको के होला ?’
बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाए ।
सिलवाल पक्राउबारे आफूले प्रधानमन्त्री प्रचण्डलाई सोध्दा गिरफ्तार गरेको होइन भनेको भन्दै ओलीले भने, चियापानीसम्म खान नलिएर थुनियो ।’
दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार–सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ । ‘दुवै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैँले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’
पुरातत्व विभागले यी दुई राणाकालीन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । ‘ऐतिहासिक महत्वको भवनको भग्नावशेष बेच्दा ठूलो पैसा आउने भएपछि नेपाल सरकारले राष्ट्र बैंकको दुवै भवनको भग्नावशेष बिक्री गर्ने निर्णय गरेको छ,’ राष्ट्र बैंकको सामान्य सेवा विभाग प्रमुख एवं कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले भने । राष्ट्र बैंकका अधिकारीहरूले शनिबारबाटै भवन भत्काउने र भग्नावशेष पन्छाउने काम सुरु हुने बताएका छन् ।हाम्रो वार्षिकोत्सव समारोह गर्नुपर्ने भएकाले काम सुरु गर्न केही ढिलाइ भएको हो,’ राष्ट्र बैंक सञ्चालक समितिका सदस्यसचिव एवं सहप्रवक्ता राजेन्द्र पण्डितले भने, ‘अब तुरुन्तै काम सुरु हुन्छ ।’
गत वर्षको सरकारको नीति तथा कार्यक्रममा सरकारी स्वामित्वका ऐतिहासिक भवनहरू सरकारले नै बनाउने घोषणा गरेपछि सोही बुँदामा टेकेर राष्ट्र बैंकले आफ्ना दुई भवन निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई सुम्पियो । ‘सुरुमा राष्ट्र बैंक आफैँले बनाउने भनेका थियौँ,’ कार्यकारी निर्देशक पोखरेलले भने, ‘पछि पुनर्निर्माण प्राधिकरणका तत्कालीन सिइओ सुशील ज्ञवाली, सहरी विकास मन्त्रालयका सचिव, राष्ट्र बैंकका गभर्नरलगायतको बैठकमा सरकारले नै भवन निर्माण गर्ने सहमति भयो ।’ सोही सहमतिअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ती दुई भवन भत्काएर त्यसको भग्नावशेष बिक्री गिर्ने निर्णय गरेको पोखरेलले बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले राष्ट्र बैंकका यी दुई भवनको संरचना भत्काउन आफूहरूले निर्देशन दिएको भए पनि भग्नावशेष बेच्न सहमति नदिएको बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ
काठमाडौं,१४ वैशाख ।
स्थानिय निर्बाचन गराउन र मधेषीहरु नेताहरुको मागलाई संबोधन गर्ने भन्दै गर्न लागिएको संबिधान संसोधनले भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । मधेसी मोर्चा र सरकारसँग बैशाख १० गते भएको सम्झौताको हवाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन् ।
भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज १८ को अनलाइनले जनाएको हो ।
मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो ।
सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ ।
संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ । मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ ।
स्थानिय निर्बाचन गराउन र मधेषीहरु नेताहरुको मागलाई संबोधन गर्ने भन्दै गर्न लागिएको संबिधान संसोधनले भारतीय नागरिकले मतदान अधिकार पाउने भारतीय मिडियाले दाबी गरेका छन् । मधेसी मोर्चा र सरकारसँग बैशाख १० गते भएको सम्झौताको हवाला दिँदै भारतीय मिडियाले यस्तो दाबी गरेका हुन् ।
भारतको बिहार र उत्तर प्रदेशका भारतीय नागरिकले नेपालमा वैशाख ३१ मा हुने स्थानीय निर्वाचनमा मतदान गर्न पाउने सिएनएन न्युज १८ को अनलाइनले जनाएको हो ।
मधेसी मोर्चा र सरकारबीच संविधान संशोधनका अन्र्तवस्तु र प्रक्रियाबारे शुक्रबारयता दैनिकजसो बैठक भइरहेको सन्दर्भमा भारतीय मिडियामा यस्तो खबर सार्वजनिक भएको हो ।
सात महिना लामो तराई केन्द्रित दलको आन्दोलनपछि नेपाल सरकारले संविधान संशोधन गरी भारतीयलाई मताधिकार दिने तयारी गरेको सो अनलाइनले उल्लेख गरेको छ ।
संविधान संशोधनले भारतीय नागरिक संसदीय निर्वाचनमा पनि सहभागी हुन बाटो खोल्ने सो अनलाइनले उल्लेख गरेको छ । मोर्चाको मागमा सरकार यस्तो व्यवस्था गर्न राजी भएको सिएनएन न्युज१८ डट कमले उल्लेख गरेको हो। यो विषय नेपालको क्याबिनेटबाट पारित भइसकेको उसले दाबी गरेको छ ।




