हाम्रो जिवनको लागि पानी नभई नहुने तत्व हो । हामी पानी त धेरै खान्छौं तर, विहान खाली पेटमा खाँदा निकै फाइदाजनक हुन्छ । यदि तपाइले विहानै पानी पिउने बानी पार्नुभयो भने विभिन्न रोगबाट बच्न सक्नुहुनेछ । खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हाम्रो शरिर लाई धेरै फाईदा हुन्छ । यदि तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।
बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ । बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ । खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ । बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ साथै बिहान उठने बितिकै पानी पिउनु सुरु गर्नु भो भने तपाईको तैल घटाउन पनि सहयोग गर्ने छ।। एजेन्सीको सहयोगमा

इटहरी, १४ वैशाख ।
सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २ः३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४ः१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको लासलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेर उनको लासलाई शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनाका विषयमा प्रहरीले स्थानीयवासीसँग सोधखोज एवम् अनुसन्धान जारी राखेको पनि कार्यालयले जनाएको छ ।

कञ्चनपुर, १२ वैशाख ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मा रहेको झलारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उपभोक्तालाई कीटाणुरहित पानी उपलब्ध गराउन कम्प्युटरयुक्त मेसिन जडान गरेको छ ।
‘वाक टेक’ नामक कम्प्युटरयुक्त मेसिन जडान गरी समितिले उपभोक्तालाई गुणस्तरयुक्त पानी उपलब्ध गराउन थालेको हो । “मेसिनको सहायताले पानीमा रहेको अम्लीयपन, क्षरियपन, धमिलोपन र क्लोरिनजस्ता पदार्थ पत्ता लगाई गुणस्तरीय पानी उपभोक्तालाई उपलब्ध गराउन थालेका छौँ”, समितिका अध्यक्ष कमलापति भट्टले भन्नुभयो ।
मेसिनको सहायताले पानीको अशुद्धता हटाउनाका साथै पानी शुद्ध पारी उपभोक्तालाई उपलब्ध गराउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो । रु चार लाख ५० हजार मूल्य पर्ने मेसिन खानेपानी तथा गुणस्तर विभागले दुई महिनाअघि उपभोक्ता समितिलाई उपलब्ध गराएको हो । समितिले हालसम्म मेसिनको सहायताले जडान गरिएका दुई दर्जनभन्दा बढी धाराको पानी चेकजाँच गरेको छ ।
चेकजाँच गर्दा धारामा कुनै किसिमको पानीमा अशुद्धता र कीटाणु नभेटिएको अध्यक्ष भट्टले बताउनुभयो । दुई लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीमार्फत चारसय ९० धारा रहेको आयोजनाले हाल एक लाख ५० हजार लिटर पानीको खपत गर्दै आएको छ ।
विसं २०५७ सालमा कार्य प्रारम्भ भई विसं २०६८ सालमा आयोजना निर्माण सम्पन्न गरिएको थियो ।

काठमाडौं/ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जिल्लागत मतपत्रको ढाँचा तयार गरेको छ ।
मोरङ जिल्लाको मतपत्रको ढाँचा यस बमोजिम रहने निर्वाचन आयोगले जनाएको छ ।
६ बैशाख, काठमाडौं । सरकारी कर्मचारी यातायात व्यवस्था विभागलाई कमाउ कार्यालय मान्छन् र त्यहाँ सरुवा हुन मरिहत्ते गर्छन् । मरिहत्ते नगरुन पनि किन ? एक जना लेखापालको योजनामा सरकारी खातामा जानुपर्ने ५७ करोड रुपैयाँ व्यक्तिको गोजीमा पुगेको पनि सरकारले वर्षौ पत्तो नपाउँदो रहेछ ।
सुरेश अधिकारी यातायात ब्यवस्था सवारी कार्यालय इटहरीका लेखापाल (नासु) मात्र हुन् । तर, उनले पछिल्लो ५ वर्षमा करौडौं सरकारी रकम कुम्ल्याउँदा पनि सम्वन्धित निकायले पत्तै पाएन ।
कार्यालयको ५७ करोड हिनामिना भएपछि मात्र उनी शंकाको घेरामा परेका छन् । यो राजश्व हिनामिनाको योजनाकार सुरेश अधिकारीले नै भएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ ।
सुरेशले ५ वर्षका बीचमा आफ्नो कार्यालयमा केही हाकिमहरु र थुप्रै कर्मचारीसँग कुम जोडे । राजश्व छल्ने योजनासँग नजोडिने कर्मचारीलाई टिक्न दिएनन्, मिल्नेलाई उनले राम्रै आथिर्क प्रभावमा पारिरहे ।
प्रारम्भिक छानविनमा उनको टिमले गरेको राजश्व हिनामिनाले यातायात ब्यवस्था विभागमा ‘भूकम्प’ नै गएको छ । किनभने एउटा लेखापालले गरेको डिजाइनमा उपसचिवसम्मका कर्मचारी संलग्न भेटिएका छन् ।
अधिकारी ५ वर्षअघि इटहरीको यातायात कार्यालयमा हाजिर भएका थिए । सुरुका ३ वर्षसम्म उनले जसरी सम्पत्ति जोडे, त्यसले सबै चकित परेकै थिए ।
तर, राजनीतिक शक्ति केन्द्रसँगको उठबस र त्यसबाट लिएको लाभ त्यतिबेला सतहमा आयो, जतिबेला उनको सरुवा पत्र इहटरी पुग्यो । यातायात विभागले २ वर्षअघि नै उनलाई सरुवा गरेको थियो, तर, उनले रमाना बुझ्नै मानेनन् ।
रमाना बुझ्न ज-जसले दबाव दिए, अधिकारीले स्थानीय सांसददेखि मन्त्रीसम्मको सोर्सफोर्स लगाएर जसरी पनि रमाना रोकिराखे ।
यातायात ब्यवस्था विभागमा २ वर्षअघि उनले कार्यालयको स्टाफ मिटिङबाट नै निर्णय गराएको एउटा अनौठो पत्र आएको थियो, जसमा लेखिाएको थियो,’ सुरेश अधिकारी यो कार्यालयबाट सुरुवा भए यहाँको ब्यवस्थापनमै समस्या पर्छ । त्यसैले अहिले अधिकारीले रामाना बुझ्न सक्दैनन् ।’
सरकारी राजश्व कसरी गरियो हिनामिना ?
यातायात कार्यालय इहटरी सवारीको कर बुझ्ने कार्यालय हो । सडक सुधार दस्तुर पनि यसैले बुझ्छ ।
कार्यालयमा राजश्व नै हिनामिना गर्न ठूलो योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यातायात ब्यवस्था सिस्टममा देखिने तर, सरकारी बैंक खातामा नदेखिने गरी पैसा हिनामिना गरेको पाइएको छ । यतिसम्म कि सरकारी कार्यालयले नै फर्जी बिल समेत जारी गरेको भेटिएको छ ।
यातायात ब्यवस्था विभागका अधिकारी दुई किसिमबाट मात्रै यो हिनामिना सम्भव भएको बताउँछन् । पहिलो-सेवाग्राहीलाई ठूलो रकमको राजश्व देखाएर कम राजश्व तिर्ने गरी फर्जी बिल दिएर हिनामिना । दोस्रो-बैंकका कर्मारीसँग मिलेमतो गरेर बिलबिजक जारी गरेपनि रकम नै जम्मा नगरेर ।
बैंकदेखि महालेखा लेखापरीक्षणसम्म शंकाको घेरामा
अनुसन्धानले ग्लोबल आईएमई बैंकको पनि अनियमिततामा मिलेमतो गरेको पाइएको छ । सिस्टममा पैसा देखिने तर, बैंक खतामा रकम नदेखिने कारण बैंकको पनि संलग्नता पुष्टी भएको विभागका अधिकारी बताउँछन् ।
‘सिस्टममा तिरेको देखिएपछि बैंक खातामा पनि त्यति रकम इन्ट्री भएकै हुनुपर्छ । बैंक खता र त्यहाँको आन्तरिक खतामा हिसाब मिलाइएको छ । यसले बैंक पनि यसमा मिलेका हो भन्ने देखिन्छ’ स्रोतले भनेको छ ।
विगत ३ वर्षदेखिको ५७ करोड बरबरको हिसाव कार्यालयले गोलमाल गरेको छ । यो क्रममा भएको आन्तरिक लेखा परीक्षण र महालेखा परीक्षणले पनि यो अनियमितता औंल्याएको थिएन ।
सरकारी खातामा जम्मा हुनुपर्ने रकम हराएको लेखा परीक्षणमा स्वतः देखिनुपर्ने हो । तर, यो नमिलेको हिसावलाई गुपचुपमै प्रतिवेदनमा नसमेटिनुले अाशंका जन्माएको छ । विभागले अख्तियारलाई लेखेको पत्रमा आन्तरिक लेखा परीक्षण गर्ने र महालेखा परीक्षण गर्ने कर्मचारीलाई पनि अनुसन्धान गर्न भनेको छ ।
यातायात ब्यवस्था कार्यालय इटहरीमा भएको यो अनियमितताले ठूलो रुपमा हुने राजश्व चोरीको परिदृश्यलाई इङ्गित गरेको छ ।
कसरी खुल्यो पोल ?
केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोले यातायात ब्यवस्था विभागलाई एउटा पत्र लेख्यो । पत्रमा यातायात कार्यालय इटहरीका लेखापाल सुरेश अधिकारीलाई सुरुवा गरेर पनि किन रमाना नदिएको भनेर सोधिएको थियो । त्यसपछि विभागले उनलाई रमाना लिन दबाव दियो ।
तर, विभागका उच्च अधिकारीलाई केही ठूला दलका नेताहरुले नै अहिलेलाई रमाना बुझ्न दबाव नदिन भन्दै फोन गरे ।
त्यसपछि विभागले केही रहस्य छ भन्ने ठानेर अनुगमन टोली पठायो । अनुगमन टोलीले दिएको रिपोर्टमा ३ करोड रुपैयाँ जति हिनामिना भएको भनिएको थियो । त्यसपछि भीआरएस सिस्टममै राजश्वको अवस्था हेर्न विभागले आफ्नो आईटी साझेदार फोकस वानलाई निर्देशन दियो ।
मंगलबार फोकस वानले दिएको रिपोर्टले विभागका उच्च अधिकारीलाई ठूलो झड्का लाग्यो । भीआरएस रिपोर्टले ५६ करोड ५८ लाख रुपैयाँ राजश्व हिनामिना भएको ठहर्यायो ।
बुधबार नै लेखपाल अधिकारीसहित ५ जना निलम्बनमा परे । अनियमितताको विषयमा अनुसन्धान गर्दैगर्दा विभागका उच्च अधिकारीलाई ठूला दलका उच्च तहका नेताले फोन गर्दै रोक्न पनि आग्रह गरेका थिए ।
लेखापाल अधिकारीले निलम्बनको खबरपछि स्थानीय गुण्डाको आडमा कार्यालयमा अपि्रय घटना गर्नसक्ने सुनसरीका जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालयमा सुरक्षा ब्यवस्था कडा पारेको छ ।
साभार ः अनलाईन खवरबाट

काठमाडौं, चैत २८ । महिलाहरुको भित्री वस्त्र ‘ब्रा’ रातको समयमा सुत्नुअघि फुकाल्नु सहि कि गलत भन्नेबारे विवाद रहिआएको छ ।
कतिपय महिलाहरु रातको समयमा सुत्दा ‘ब्रा’ले निद्रा बिथोलेको बताउँछन् भने केहि महिलाहरु ‘ब्रा’ लगाएर सुत्दा स्तनको आकार राम्रो हुने र नझोल्लिने दाबी गर्छन् ।
हालै मेडिकल अनुसन्धानकर्ताहरुले लामो अध्ययन गरेपश्चात महिलाहरुलाई स्तन स्वास्थ्यमा जोखिम हुने भन्दै रातको समयमा ‘ब्रा’ नलगाउन सुझाव दिएका छन् ।
अनुसन्धानकर्ताहरुले रातको समयमा टम्म–कसिलो ‘ब्रा’ लगाएर सुत्नाले स्तनको रक्तसन्चार तथा स्नायुप्रणालीमा नकरात्मक असरपर्नुका साथै अरु संक्रमणजन्य रोगलगायत स्तन क्यान्सरकोसमेत जोखिम बढ्ने बताएका छन् ।
तर, केहि महिला सौन्दर्य विशेषज्ञहरुले ‘ब्रा’ फुकालेर सुत्नाले स्तनको आकारमा नकरात्मक असरपर्ने र चाँडै स्तन झोल्लिने समस्या देखापर्ने प्रतिक्रियासमेत दिएका छन् ।
के हो वास्तविकता ?
मेडिकल जर्नलकाअनुसार ‘ब्रा’, विशेषगरी भित्री कपडाले रक्तसन्चारलाई प्रभावित गर्दछ । यसले स्तनको आसपासको मांसपेसीलाईसमेत दबाब दिने गर्दछ । जसबाट स्नायुप्रणालीमा प्रत्यक्ष असर पुग्दछ ।
त्यसमध्ये कसिलो ‘ब्रा’ लगाउनु झन् घातक मानिन्छ । कसिलो ‘ब्रा’ले स्तनमा हुने स–साना कोष तथा तन्तुहरुलाई दुःख दिने गर्दछ । त्यसैले चिकित्सकहरुले सुत्नुअघि ‘ब्रा’ फुकालेर हल्का कपडा लगाउन सल्लाह दिने गर्दछन् ।
‘ब्रा’ लगाएर सुत्नाले ‘ब्रा’मा रहेको हुकले छालामा हानि गर्ने सम्भावना बढी हुन्छ । जसबाट छालामा घाउ तथा संक्रमण हुने सम्भावनासमेत रहन्छ ।
अनुसन्धानकर्ताहरुकाअनुसार ‘ब्रा’ले शारीरिकमात्रै नभइ मानसिक तनावसमेत दिने गर्दछ ।
‘ब्रा’ लगाएर सुत्नाले जीवाणुको संक्रमणको जोखिम बढ्दछ । छातीको वरिपरि संक्रमणको जोखिम हुने र स्तनमा संक्रमणको लागि ‘ब्रा’ले सहयोगी भूमिका खेल्दछ ।
त्यस्तै, यदि तपाइँ रातको समयमा सुत्नुअघि ‘ब्रा’ नफुकाली लामो समयसम्म लगाइरहनु हुन्छ भने स्तन वरिपरि एक प्रकारको दाग एवं धब्बा बस्ने र छालाको रङ शरीरकोभन्दा फरक देखिने गर्दछ ।
साथै, पसिना आउने समस्या छ भने छालासम्बन्धी रोगहरुकोसमेत जोखिम बढ्दछ ।
‘ब्रा’ नलगाइ सुत्दा स्तनको आकार तल–माथि (स्तन झोल्लिने) हुने समस्या हुन्छ कि भन्ने यदि लाग्छ भने त्यसको लागि दैनिक शारीरिक व्यायाम र चिकित्सकको सल्लाहबमोजिम प्राकृतिक स्तन थेरापी गर्न सुझाव दिइएको छ । (एजेन्सी)

यादब बिष्ट, सौँठा/नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङको आयोजनामा एक दिने रक्तदाता उत्प्रेरणा गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
रतुवामाई– ६ स्थित सौँठा माविमा भएको उक्त गोष्ठीमा मोरङ जिल्लाबाट नियमित रुपमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने रेडक्रस उपशाखाहरु, सहकारी र विभिन्न संघसंस्थाको ६० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त गोष्ठी मार्फत मानबको शरिरमा नचाहिने रगतलाई दान गरी अरुको जीवन बचाई मानवीय सेवामा जुट्नु पर्ने र यसका लागि गाउँ गाउँमा उत्प्रेरकहरुको विकास गर्न यस्ता कार्यक्रम नियमित रुपमा जिल्ला शाखाले सञ्चालन गर्दै आई रहेको जिल्ला शाखा सभापति सुवोधकुमार सिंहले बताउनु भयो ।
कार्यक्रम जिल्ला शाखा सभापति सिंहको सभापतित्व र रेड्क्रस यशस्कर सदस्य देउमान सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।