जेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।
– करिब आधाजस्तो मानिसहरुले मदिरासंग ममफली वा फ्राई गरेको काजु खाना खाने गर्छन् । तर, यसरी खाँदा हाम्रो स्वास्थ्यलाई निकै असर पुर्याउने गर्छ । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुने गर्छ । जसले भोक लाग्न दिँदैन भने शरीरलाई भारी बनाउने गर्छ ।
– मदिरासंग सोडा वा कोल्ड ड्रिंक मिलाएर पनि खानु हुँदैन । किन कि यी दुवै चिजले शरीरमा पानीको मात्रा कम गर्छ । यसको बदलामा बरु जुस, पानी वा बरफ मिलाएर खान सकिन्छ ।
– मदिरा पिउँदा शरीरमा एसिडिटीको समस्या हुन्छ । त्यसकारण सन्याक्स खानबाट बच्नुहोस् ।
– धेरै जस्तो मानिसहरु मदिरासंग चिप्स खाने गर्छन् । यो चिज सस्तो र सजिलै पाउन सकिन्छ । तर, यसको प्रयोगपछि मानिसलाई तिर्खा लाग्छ र मानिस झन बढी मदिरा खान थाल्छ । यसले शरीरमा पानीको मात्रा पनि कम गर्ने गर्छ ।
– केही मानिस मदिरासंग दूधबाट बनेका उत्पादन दही, चीज या मक्खन आदि खाने गर्छन् । यी चिज पचाउन धेरै समय लाग्ने गर्छ । साथै पिज्जा वा पास्ता पनि यस्तै हुन्छ ।
– मदिरासंग गुलियो चिज पनि खानु हुँदैन । यसले मदिराको नशालाई दुई गुणा बढाउँछ । जसले गर्दा मानिस अनियन्त्रित हुन्छ ।
उत्तर कोरियायाबाट भाग्न सफल भएकी एक किशोरी इयोनमी
पार्कको भिडियो अहिले युट्युबमा भाइरल बनिरहेको छ । भिडियोमा उनले रुदै बताएको कोरियाका
जनताले भोग्नु परेको पीडा सुन्दा सबैको मुटु एक पटक ढक्क फुल्छ ।
‘म आज बोल्न बाध्य भएकी छु । यो मेरो मात्र पीडा होइन । उत्तर
कोरियाका सबै जनता चाहान्छन् कि यो सन्देश विश्वले थाहा पाओस्’, आँखाबाट बलिन्द्रधारा
झार्दै उनले भनेकी छिन ।
‘उत्तर कोरिया एक अकल्पनीय राष्ट्र हो । यो देशमा एउटा मात्र टिभी
च्यानल छ । इन्टरनेट पनि छैन । हामीले चाहे अनुसार गीत गाउन,
बोल्न, लगाउन वा सोच्न पाउँदैनौ । त्यहाँ कुनै स्वतन्त्रता छैन’, पार्कले भनिन ।
‘उत्तर कोरिया एकमात्र यस्तो राष्ट्र हो जहाँ मानिसहरुलाई गैरकानुनी
अन्तराष्ट्रिय फोन कल गरेका कारण मृत्युदण्डको सजाय सुनाइन्छ । उत्तर
कोरियाली जनताहरुलाई आतंकीत बनाउने काम गरिएको छ ।’
उनले भनेकी छिन, ‘जब म उत्तर कोरियामा हुर्कदै थिए, मैले कहिल्यै पनि पुरुष
र महिलबीचका प्रेम कथाहरु सुन्न पनि पाइन र देख्न पनि पाइन । यहाँ प्रेमका
किताबहरु, गीतहरु, प्रेसहरु, फिल्महरु पाइदैन । यो देशमा रोमियो जुलिएट पनि
पाइदैनन् । केबल यहाँ किम जोङ उनको प्रोपोगाण्डाको मात्र प्रचारका हुने गर्छ ।
म सन् १९९३ मा जन्मिएकी हुँ । म जन्मिए पछि अपहरणमा परे । मैले मानव
अधिकार के हुन्, स्वतन्त्रता के हो भन्ने थाहा पाउने मौका नै पाइन । उत्तर कोरियाका
जनताहरु स्वतन्त्रताका लागि बाटो खोजिरहेका छन्, मरिरहेका छन् ।’
जब म ९ वर्षकी थिए तब मैले मेरो साथीकी आमालाई
सार्वजनिक रुपमा झुण्ड्याएको देखे । उनको अपराध यतिमात्र थियो कि उनले हलिउड फिल्म
हेरेकी थिइन् ।
यदी कसैले किम शासनप्रति शंका गर्छ भने त्यसको तीन पुस्ताले जेल
सजाय भोग्नुपर्छ वा मृत्युदण्डको सजाय दिइन्छ ।
जब म चार वर्षकी थिए तब मेरी आमाले नसुसेल्न
खबरदारी गर्नुभयो । चरा र मुसाले समेत मैले बोलेको सुन्न पाएनन् । म सोच्थे
उत्तर कोरियाका शासकले मेरो मस्तिष्क पढ्न सकुन् ।
मेरो पिताको मृत्यु चीनमा भएको थियो जब हामीले उत्तर कोरियाबाट भाग्न
सफल भयौ । मैले मेरो बुबाको लाशलाई राति ३ बजे सुटुक्क गाडेकी थिए ।
‘जब म १४ वर्षकी थिए, म कराउन पनि सकेकी थिइन । कसैले मलाई
उत्तर कोरिया फर्काइदिने त होइनन् भन्ने डर लाग्थ्यो ।’
‘जुन दिन उत्तर कोरियाबाट भाग्न सफल भए, सोही बेला मैले मेरो आमाको
बलात्कार भएको देखे । त्यो बलात्कारी चिनियाँ दलाल थियो । उसले मलाई निशानामा
राखेको थियो । म १३ वर्षकीमात्र थिए । तर कोरियामा एउटा भनाइ छ ‘महिलाहरु
कमजोर हुन्छन् तर आमाहरु बलिया हुन्छन् ।’ मेरी आमाले आफ्नो बलात्कार
गर्न आग्रह गरिन् र मेरो रक्षा गरिन् ।’
‘उत्तर कोरियामा ३ लाखभन्दा बढी शरणार्थीहरु चीनमा
रहेका छन् । उनीहरुको अवस्था निकै दयनीय रहेको छ ।’
‘७० प्रतिशत महिला, किशोरी केटीहरुलाई पिडा दिने काम गरिएको छ ।
कतिपय अवस्थामा उनीहरुलाई २०० डलरमा समेत बेच्ने गरिएको छ ।’
‘हामी गोवी मरभूमीमा कम्पासको सहयाताले बाटो पहिल्याउँदै
हिड्यौ । जब कम्पासले काम गर्न छोड्यो तब ताराहरुको भरमा हामी अगाडि बढि नै
रह्यौ । मलाई लाग्यो हाम्रो भन्नु त्यही ताराहरुमात्र रहेछन् । जब मंगोलिया
पुगियो तब स्वतन्त्र भएको महसुस ग¥यौ । मृत्यु वा आत्मसम्मान । हामीले
आफैलाई मार्ने अवस्था पनि आएको थियो । यदी हामीलाई उत्तर कोरिया
फर्काइएमा यस्तो निर्णय लिन बाध्य हुने थियौ । हामी मानव भएर बाँच्न
चाहन्थ्यौ ।’
मानिसहरुले मलाई प्राय सोध्छन्, ‘उत्तर कोरियाका मानिसहरुलाई कसरी मदत
गर्न सक्छौ ?’
‘उनीहरुलाई मदत गर्ने धेरै बाटाहरु रहेका छन् । तर म यहाँ तीनवटा
कुरा उल्लेख गर्न चाहान्छु ।
१. शिक्षित बन्नुहोस् । जसका कारण मानव अधिकारको संकटबाट तपाईले उत्तर कोरियामा
आवाज उठाउन सक्नुहुनेछ ।
२. उत्तर कोरियाबाट भागेका शरणार्थीहरुलाई मदत तथा सहयोग गर्न
सक्नुहन्छ जो स्वतन्त्रताको खोजीमा रहेका छन् ।
३. चीनले उत्तर कोरियालाई गर्दै आइरहेको प्रत्यावर्तन रोक्न याचिका दायर
गर्नुहोस् । हामीले सधै अध्यारोमा बास बसेका छौ । यो उत्तर कोरियाका
मानिसहरुको मात्र मानव अधिकार होइन । यो हाम्रो अधिकार जहाँ उत्तर कोरियाका शासकले
७ दशकदेखि दमन गरिरहेका छन् । विश्वका अन्य राष्ट्रहरु रहेका छन् जसले
प्रत्यावर्तन रोक्न चीनलाई दबाब दिन सक्छन् ।’
‘सम्रगमा भन्नुपर्दा, वन योङ वल्र्डका चाइनिज डेलिगेटले यसमा प्रमुख भुमिका निर्वाह
गर्न सक्छन । यसबारे विश्वभरलाई जानकारी दिन सक्छन् ।’
‘उत्तर कोरिया एउटा यस्तो राष्ट्र हो जसलाई व्याख्या गर्न सकिदैन । कोही पनि
मानिसलाई ऊ सोही ठाउँमा जन्मेको आधारमा दबाएर राख्न पाइदैन ।
हामीले शासकलाई भन्दा पनि त्यहाँ रहेका जनताबारे सोच्ने बेला आएको छ
जसलाई भुल्ने काम भएको छ ।’
उनले यो भनिसकेपछि डेलिगेट्स तथा विभिन्न संघ सस्थालाई उत्तर कोरियालाई स्वतन्त्र
बनाउन कदम चाल्न आग्रह गरेकी छिन् । यो बक्तव्य दिइरहँदा उनका आँखाबाट
आशु झरिनै रहे भने उनलाई सुनिरहेका मानिसहरु पनि रोइरहे ।
भिडियो
काठमाडौं – लसुन अत्यधिक औषधीय गुण भएको चिज हो । यो विभिन्न खाले
रोगको रोकथाम तथा उपचारमा प्रभावकारी हुने विभिन्न अध्ययनहरुले देखाएका
छन् । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै
किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै
मद्दत गर्दछ।
लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक
शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ । लसुनले सवै मानिसलाई
राम्रो गर्छ भन्ने छैन लसुन को प्रयोग गर्दा आप्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार
हुनु जरुर छ । साथै हामी लसुनको बोक्रलाई फोहोरको रुपमा फाल्ने गरेका छौ. ।
यसलाई औषधीको रुपमा पनि प्रयोग गनृ सकिन्छ ।
लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो
गरेर कपाल धुनुहोस् । यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ ।
लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् । यसले स्वाद
बढाउँछ ।
लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् । यसमा पाइने एन्टी
अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ
।
लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रुघा–
खोकीबाट राहत मिल्छ ।
लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो
बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् । यसो गर्दा खुट्टा सुन्निएको
छ भने हट्छ ।
लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् । यसलाई बिहान बेलुका खाँदा दमको असर कम
हुन्छ ।
लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् । यसमा कागतीको रस मिसाएर कपालको
जरामा लगाउँदा जुम्रा हराउँछ ।
लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा जैतुनको
तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।
यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई चिसो गरेर
बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।
लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।
रंगेली, ३ चैत । मोरङको रंगेलीमा बिहीबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ठक्करबाट झापा महाभारा गाविस बस्ने अं.३५ वर्षीय दीपक महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
हुलाकी राजमार्गअन्तर्गत मोरङको रंगेली नगरपालीका वार्ड नं.९ स्थित सडकमा विराट पोल्ट्री फर्मको को १ क १८४६ नम्बरको ट्रकले मे ७ प ८२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा महतोको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् । मृतक महतोको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।
The Government of Japan has decided to extend financial assistance of US Dollars 82,800, equivalent to approximately Nepalese Rupees 8 million 828 thousand, to Kathmandu University under the Grant Assistance for Grassroots Human Security Projects (GGP) scheme of the Government of Japan in Japan’s Fiscal Year 2016.
Kathmandu University, a public university in Dhulikhel, will work with E&T, a private company, to implement the Project for the Installation of Water Purification System at Dhulikhel Hospital and Ravi Opi village, the Embassy of Japan here stated in a press release today.
A Grant Contract relating to this project is scheduled to be signed and exchanged at the Embassy of Japan to Nepal on 14th March, 2017, between Mr. Shinya Machida, Charge d’Affaires a.i. of Japan to Nepal, and Mr. Ram Kantha Makaju Shrestha, Vice-Chancellor of Kathmandu University.
This grant assistance will be used to implement the project at Dhulikhel Hospital and Ravi Opi village in Kavrepalanchok District and aims to improve the water quality.
With this project, the water quality of Dhulikhel Hospital and Ravi Opi village will improve and the patients, medical staffs and residents will be able to access safe water.
The system will be managed by the hospital and local water management committee by utilizing batteries as well as solar panels to maintain the system.
The Embassy of Japan in Nepal expects the success of this project will benefit the residents of the Dhulikhel area by improving access to safe water, and will also enhance the cordial friendship between the peoples of Japan and Nepal, the press release stated.










