सबै महिला महिनावारीबाट गुज्रनुपर्छ । तर, सार्वजनिक रुपमा यसबारे
चर्चा गर्न महिलाहरु हिच्किचाउँछन् । यसबारे महिलामा धेरै खालका
भ्रम पनि विद्यमान छन् । तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो
भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ । यसमा अन्धविश्वासको कुनै लेनदेन छैन ।
तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक छ ।
१. महिनावारी
प्रत्येक २८ दिनमा हुनपर्छ ।
तथ्य – महिनावारीको चक्र हरेक महिलामा फरक तरिकाले निर्भर गर्न
सक्छ । महिनावारीको चक्र २० दिनदेखि लिएर ३५ दिनबीच दोहोरिन
सक्छ । महिनावारी हुने समय केही ढिला भयो भने गर्भवती भइयो भनेर
डराउँनु पर्दैन ।
२. महिनावारीको समयमा सेक्स गर्नुहुँदैंन ।
तथ्य – अधिकांश मानिस महिनावारीको समयमा पार्टनरसंग सेक्स गर्न
मन पराउँदैंनन् । तर, यस्तो बेला सेक्स गर्दा ज्यान दुखेको निको हुन्छ ।
अनुसन्धानअनुसार महिनावारीको समयमा सेक्स गर्दा पीडामा कमी
आउँछ ।
३. महिनावारीको समयमा गर्भधारण गर्न सम्भव हुँदैंन ।
तथ्य – यो धारणा गलत हो । महिला महिनावारीको समयमा पनि
गर्भवती हुन सक्छन् । महिनावारीको चक्र २८ दिनभन्दा कम भएका
महिला महिनावारीको समयमा गर्भवती हुने सम्भावना अधिक हुन्छ ।
४. महिनावारीको समय अमिलो, तेल तथा मसालायुक्त खाना खानुहुँदैंन
।
तथ्य – महिनावारी र अमिलो पदार्थबीच कुनै संबन्ध छैन । मसालायुक्त
खानाले पेट खराब हुन सक्छ । तर यसबाट महिनावारीको पीडामा असर
पर्दैन ।
५. महिनावारीको समयमा व्यायाम गर्नुहुँदैंन
तथ्य – महिनावारीको समयमा गरिने व्यायामले पीडा कम गर्न मद्दत
गर्छ । व्यायामले मांसपेशीमा अक्सिजनको आपूर्ति बढाउँछ, जसबाट
शरीरमा आराम मिल्छ ।
६. महिनावारीको समयमा आराम गर्नुपर्छ
तथ्य – महिनावारीको समयमा शरीरबाट रक्तस्राव हुन्छ । तर, यसबाट
डराउँनु पर्दैन । महिनावारीको समय एक दिनमा करिब चार चम्चा
रक्तस्राव हुन्छ । महिलाहरु आफ्नो दैनिक काम आरामसंग गर्न सक्छन् ।
७. पिएमएसबाट गुज्रन्छन्
तथ्य – महिलाले पिएमएस (महिनावारी हुनुअघिका लक्षण) को सामना
गर्नुपर्ने हुन्छ, किनभने करिब ८५ प्रतिशत महिला यस्ता लक्षणको अनुभव
गर्न सक्छन् ।
८. महिनावारीको रगत अन्य रगतभन्दा अलग हुन्छ
तथ्य – महिनावारीको रगत सामान्य अरु रगतजस्तै हुन्छ । यसमा केही
पनि असामान्य हुँदैंन ।
९. महिनावारीको समयमा नुहाउँनु अथवा कपाल धुँनु हुँदैंन
तथ्य – महिनावारीलाई लिएर यो भ्रम सदिऔंदेखि छ । यस्तो बेलामा
स्वच्छतामा ध्यान दिनुपर्छ ।
१०. कुमारीहरुले कटनको प्रयोग गनुहुँदैंन
तथ्य – कयौं मानिसले कुमारीहरुले कटनको प्रयोग गर्नुहुन्न र त्यसबाट
कौमार्य नष्ट हुन्छ भन्ने सोच्छन् । तर, कटनको प्रयोग र कुमारीत्वबीच
कुनै संबन्ध हुँदैंन ।
देखि बुढा सम्म सबै यौन बाट अछुतो रहन सक्दैन्। पुरुष र महिला बिच हुने
आकर्षण पनि यौनकै पाटो हो। सानोे बच्चाले आमाको दुध चुस्दा
बच्चा र आमा दुबैलाई आनन्द आइरहेको हुन्छ, यस क्रियाकलापमा
बच्चा आमा दुबैलाई यौन परिपुर्ति भइरहेको हुन्छ। हाम्रो समाजमा
यौनलाई राम्रो रुपमा लिँइदैन। त्यसैलै प्रत्येक मानिसहरुले यौन
भावनालाई दबाईरहेको हुन्छ। धेरै मात्रामा दबाएको यौन भावना
बिस्फोट भएर बलत्कारको घटना भइरहेको छ। नेपालमा वलात्कारका
घटनाहरु भ्कन झन वढन थालेका छन्। काकाले भतिजीलाई, बाबुले
छोरीलाई सम्म पनि बलात्कार गर्नबाट पछि परेका छैनन्। किन त ?
यसबारे कहिले सोचेका छौं त ? झन हामी त बलात्कारीलार्इृ कडा
सजाय दिनु पर्छ, यौन सम्बन्ध राख्ने स्थानहरु बन्द हुुनुपर्छ भनेर
कराइरहेका छौं ।
बिदेशतिर बलात्कारका घटनाहरु त्यती सुन्नमा आउँदैन किनभने उनीहरुले
प्रत्येक चिजमा स्वतन्त्रता पाइरहेका छन् यौनकै कुरा गर्भ पनि
त्याँहा रोकतोक छैन, लुकेर यौनसम्पर्क गर्नुपर्ने बाध्यता छैन। त्यसैले
उनीहरु यस्ता क्रियाकलापहरु बाट धेरै टाढा हटिसके अब त
अध्यात्मको धेरै कुराहरु अनुसन्धान गरेर पनि पत्ता लगाइसके। अध्यात्म
पुरुष गौतम वुद्ध जन्मेको नेपालमा हामी चाहीं अझै यौनमा
अडकिरह्यौं, बिक्षीप्त बनिसक्यौं। कोही केटी देख्न नहुने भइसक्यौं।
यो सवै हामीलाई यौनप्रति सिकाएको गलत शिक्षाको उपज हो।
त्यसैले अब यौन मनोविज्ञानको बारेमा खुल्ला चर्चा–परिचर्चा हुन
आबस्यक छ।
१.यौन एक मनोवैज्ञानिक समस्या हो । मनलाई परिवर्तन गरी यौन
इच्छा बढाउन र घटाउन सकिन्छ ।
२.यौनलाई अत्यन्त गोप्य राख्दा अनेकौ समस्याहरु आउने गर्दछ ।
३.यौन समस्या पुरुष र महिला दुवैमा आउछ । उपचार गरेमा यौन रोग
निको हुन्छ ।
४.यौनअंग र यसका कामहरुबारे धेरैलाइ जानकारी छैन तसर्थ जानकारी
लिने कोशिष गर्नुस् । ५.प्रसिद्ध मनोवैज्ञानिक फ्रायडका अनुसार
मानिसको हरेक गतिविधि यौनवाट संचालित हुन्छ ।
६.यौनवारे सम्झना गरिरहदा मानिसको मनको धेरै तनाव यतिकै कम
हुन्छ ।
७.महिलामा १२÷१३ बर्षमा र पुरुषमा १४÷१५ बर्षमा यौन अंगको
विकाश हुन्छ ।
८. महिलामा यौन चाहना महिनावारीको चक्र अनुसार परिवर्तन
भइरहन्छ तर पुरुषमा त्यस्तो हुदैन । जति बेला पनि चाहना घट्ने वा बढ्ने
हुनसक्छ ।
९.मानिसमा यौन चाहना उत्तेजनाबाट सुरु हुन्छ । मनमा सोचाइ
लिंदा,सिनेमाका दृश्य सम्झदा यौन चाहना बढ्दछ र तत्काल यौन
सम्पर्क गर्न सक्षम हुन्छन्।
१०.यौनवारे जानकारी नहुँदा वा असुरक्षित यौन सम्पर्क गर्दा
कतिपय मानिस एड्स,हेपाटाइटिस बी जस्ता रोगबाट पीडित हुन
पुग्छन । त्यसैले सुरक्षित यौन सम्पर्क गर्नु आवश्यक हुन्छ ।
मस्तिष्कघात हुने मुख्य कारण
भनेकै उच्च रक्तचाप हो । यसले
गर्दा मानिसको अकस्मात मृत्यु
(Suddenly Cardiac Death)
हुन सक्दछ । प्यारालाइसिस् भई
हातखुट्टा नचल्ने, एक वा दुबै हर
नचल्ने, मुख बाङ्गो हुने, खानेकुरा
निल्न गारो हुने, आँखाले हेर्न गारो
हुने वा एउटै कुरा दुईटा देखिने, छिन्
छिन्मा बेहोस हुने, बोल्न नसक्ने वा
कुरा नबुझ्ने आदि हुने गर्दछ ।
मस्तिष्कघात भनेको मस्तिष्कमा
भएका रक्तनलीहरुमा एक्कासी अबरोध आई वा
रक्तनली फुटेर रक्तश्राव भई मस्तिष्कको केहि भाग सुक्ने वा नासिने
अवस्था हो ।
पक्षघात भनेको चाहिँ मस्तिष्कघात भएपछि हात खुट्टा चलाउन नसक्ने
प्यारालाइसिस्को अवस्था हो ।
यस्तो अवश्थामा साधारण भन्दा जतिमाथि रक्तचाप बढ्छ मस्तिष्क पक्षघात हुने
जोखिम पनि त्यतिनै बढ्दै जान्छ । यस्तो जोखिम छ गुणाले बढ्दै जान्छ । उच्च
रक्तचापको मुख्य जटिलता भनेकै मस्तिष्क पक्षघात हो ।
विश्वमा मानिसहरुको मृत्युको प्रमुख कारण मध्ये एक उच्च रक्तचाप हो । यसको
अलवा प्यारालाइसिस् भई जीवनभर शारीरिक अपागंता तथा
अशक्तता भई काम गर्न नसक्ने हुनाले अप्रत्यक्ष रुपमा आर्थिक
नोक्सानी हुने गर्दछ । जसबाट पारिवारिक, सामाजिक र मनोवैज्ञानिक
समस्याहरु उत्पन्न हुने गर्दछ । साथै बिरामीमा डिप्रेसन हुने सम्भावना
पनि हुन्छ ।
उच्च रक्तचापका कारण ८० प्रतिशत मानिसहरुमा रक्तनलीमा अवरोध
हुने र बाँकी २० प्रतिशतमा रक्तनली फुट्ने वा रक्तश्राव हुने
समस्या देखा पर्दछ ।
उच्च रक्तचापको समस्या ४५ वर्षभन्दा कम उमेरका मानिसहरुलाई प्रति १
हजारमा एक जनालाई हुने गर्दछ । त्यस्तै ४५ वर्षभन्दा बढि उमेरका
मानिसहरुलाई प्रति १ हजारमा १५ जनालाई हुने गर्दछ ।
असरहरु
बौद्धिक क्षमतामा ह्रास आउने (cognitive Impairment) गर्दछ ।
मस्तिष्क सुस्त र अत्यन्तै कमजोर (Dementia) हुन सक्दछ ।
उच्च रक्तचाप भएर मस्तिष्क पक्षघात हुने सम्भावना अन्य खतराको सुचकहरु
जस्तै कोलेस्ट्रोलको उपचार, चुरोट सेवन बन्द आदि गरेपनि यथावत रहन्छ ।
कसरी नियन्त्रण गर्ने ?
माथिका असरहरु न्युनिकरण गर्नका लागी निम्न कुराहरु
महत्वपुर्ण हुन्छन्
सिस्टोलिक रक्तचाप १० एमएम तल झार्दा पुन मस्तिष्क पक्षघात हुने
सम्भावना २८ प्रतिशतले कम हुन्छ ।
सिस्टोलिक र डायस्टोलिक रक्तचाप दुबैले मस्तिष्क पक्षघात गराउंछ ।
यी मध्ये सिस्टोलिकको रक्तचापको खतरा झनै बढि हुन्छ ।
उच्च रक्तचापको नियन्त्रण तथा जीवनशैली
परिवर्तनले मस्तिष्क पक्षघात हुने सम्भावना ५० प्रतिशतले कम
गर्न सकिन्छ ।
सिस्टोलिक रक्तचाप १० र डायस्टोलिक ५ एमएम घटाउंदा मस्तिष्क
पक्षघात हुने सम्भावना तिन गुणाले कम गर्न सकिन्छ ।
सामान्य भन्दा सघन हिसाबले अस्पतालमा उच्च रक्चापको उपचार गराउंदा
मस्तिष्क पक्षघात हुने सम्भावना थप २० प्रतिशतले कम गर्न
सकिन्छ ।
विभिन्न औषधीहरुमध्ये एम्लोडिपिन, लोसारटान,
इनालप्रीलहरुको प्रभाव बि ब्लकर समुहको भन्दा बढि
प्रभावकारी हुन्छ । तर कुन औषधीलेकति
रक्तचाप घट्छ भन्ने कुरा बढि प्रभावकारी हुने गर्दछ।
लम्साल सिभिल अस्पतालमा मुटुरोग विशेषज्ञ हुन् ।
योग गर्नु आफैमा उत्तम हो, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि । स्वास्थ्यप्रति सचेत जोकोही योग अभ्यास गर्न थालेका छन् । नियमित योग अभ्यासले शरीरलाई चुस्त, स्फूर्त राख्न गर्छ । मन चंगा गराएर सकारात्मक भाव पैदा गराउँछ ।
यद्यपी योगको पनि साइट इफेक्ट छ । कतिपय अवस्थामा योग गर्नु घातक हुनसक्छ । त्यसैले योग गर्नेलाई यसको विधि, समय लगायतका बारेमा ज्ञान हुनुपर्छ ।
सबैका लागि उपयोगी हुँदैन
योगका विभिन्न विधी एवं आसन हुन्छन् । यस्ता आसन सबैका लागि उपयोगी हुन्छ भन्ने छैन । कतिपय का निम्ति त योगासनले घातक नतिजा दिनसक्छ । खासगरी गर्भवती, रोगी, शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप भएकाहरुलाई कतिपय आसनले उल्टो असर पुर्याउँछ । त्यसैले योगासन गर्नुअघि प्रशिक्षकको सल्लाह लिनैपर्छ ।
अझ राम्रो त के हुन्छ भने, आफ्नो रोग अनुरुप उचित योगासन गर्नु फाइदाजनक हुन्छ । कुन रोगका लागि कस्तो योगासन गर्ने ? थाहा हुनुपर्छ ।
सबैले गर्न मिल्ने योग
योगका केहि विधी चाहि सबैले गर्न सक्छन् । जस्तो सूर्य नमस्कार, चन्द्र नमस्कार जो कोहिले गर्न सक्छन् । यस्तै बालासन, शवासन, पद्यासन गर्नका लागि पनि कुनै छेकबार छैन ।
कहिले गर्ने ?
योग गर्नका लागि सर्बोत्तम समय हो, विहान । खासगरी सूर्योदयभन्दा अगाडि । यदि यो समयमा योग गर्न संभव भएन भने दिनमा पनि योग गर्न सकिनेछ । तर, खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नु हुन्न । योग गर्नु तीन घण्टा अघि र एक घण्टा पछि केहि खानेकुरा खानु हुन्न ।
कहाँ गर्ने ?
जथाभावी योग गर्नु त्यती उचित हुँदैन । खासमा योग गर्ने स्थान शान्त, स्वच्छ हुनुपर्छ । योग गर्ने स्थान प्रदूषित हुनुहुँदैन । पर्याप्त हावा आउजाउ नगर्ने ठाँउ पनि योगका लागि प्रतिकुल हुन्छ । सकेसम्म बगैंचा, छत, खुला कोठा आदिमा योग गर्न सकिन्छ ।
Looking down that list above (which is not anywhere near exhaustive) and hearing this might well put you off.
At the very least it doesn’t seem as glamourous now, does it? But if you are still interested in learning about how to turn a website profitable, despite how hard it can be, then read on.
Still here? OK, I did mention that some people manage it … So how do you REALLY make money from a website?





