नेकपा एमालेले संविधान संशोधनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको दावी गर्दै पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । राजधानीमा मंगलवार सकिएको एमाले स्थायी समितिको बैठकले भारतीय प्रधानमन्त्रीलाई पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको हो ।स्थायी समितिको छैठांै निर्णयमा सरकारले पूर्णता नपाउँदै तथा परराष्ट्र मन्त्री नियुक्त नहुँदै सरकारले छिमेकमा विशेष दूत पठाउने काम गलत भएको एमाले निष्कर्ष छ । स्थायी समितिका निर्णय सार्वजनिक गर्न बुधवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले सरकारले संविधान संशोधनबारे विदेशीको अवाञ्छित चासो निम्त्याउने काम गरेको आरोप लगाए । ‘संविधानमा संशोधन लगायत आन्तरिक मामिलाबारे प्रधानमन्त्रीबाट भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा सार्वजनिक भएको छ । यस्तो कार्यले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्याएको छ र आन्तरिक मामिलामा अवाञ्छित बाह्य चासो निम्ताउने त्रुटिपूर्ण कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैठकले प्रधानमन्त्रीबाट पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ ।’ प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाएको विषयमा सरकारले केही बताएको छैन । पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले एमालेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । एमाले स्थायी समिति बैठकले प्रदेश कमिटिमा संयोजक तोक्ने लगायत गरेका निर्णय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रालयमा सम्मानजनक उपस्थिति नपाए सरकारमा नजाने चेतावनी दिएको छ।
नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरूको भागबन्डामा पौडेल पक्षले असन्तुष्टि जनाउँदै सरकारमा सहभागी नहुने चेतावनी दिएको हो।
सरकारमा सहभागी हुने विषयमा बसेको पौडेल पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा सम्मानजनक स्थान, संख्या र महत्वपूर्ण मन्त्रालय नदिए सरकारमा नजाने धारणा अधिकांश सदस्यले धारणा राखेका थिए।सभापति शेरबहादुर देउवासँग पौडेलले ५ मन्त्री र ४ राज्यमन्त्री दिन माग गरेका थिए। तर, देउवाले संसदीय दलको नेताको निर्वाचनमा प्राप्त मत आधारमा ४ मन्त्री र २ राज्य मन्त्री दिनसक्ने बताएका थिए।
रोमी चौचन थकाली, भरत खड्का लगायत कतिपय सांसदहरू मन्त्री बन्न हतारिरहे पनि अधिकांशले सम्मानजनक स्थान नभए सरकारमा सहभागी नहुने अडान लिएका छन्।

सरकारले सामुदायिक विद्यालयमा २८ हजार स्थायी शिक्षको दरबन्दी खुलाउने तयारी गरेको छ ।
शिक्षा ऐन २०२८ आठौं संशोधनपछि सरकारले विद्यालयमा २८ हजार स्थायी शिक्षक नियुक्ति गर्ने गरी दरबन्दी सिर्जना गर्न लागेको शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले जानकारी दिए ।
उनका अनुसार ती शिक्षकको दरबन्दीका लागि एकै मितिमा विभिन्न चार किसिमका विज्ञापन गर्ने तयारी भइरहेको छ । विज्ञापनमा अस्थायी शिक्षकलाई स्थायी हुन मौका दिनका लागि तीन प्रकारको र खुल्ला नियुक्तिका लागी एकै प्रकारको विज्ञापन गर्ने सोच मन्त्रालयको छ ।
वि. सं. २०४९ पुस २० भन्दा अगाडिदेखि ०७२ असोज २ गतेसम्मका अस्थायी र खुला प्रतिस्पर्धाका लागि विभिन्न समूहमा विज्ञापन गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता डा लम्सालले बताए ।
अस्थायीका लागि तीन आन्तरिक विज्ञापनमा पहिलो विसं २०४९ पुस २० गतेभन्दा अगाडि अस्थायी नियुक्त हुनेका लागि, दोस्रो २०४९ साल पुस २० गतेदेखि २०६१ साल साउन २९ गतेसम्म रिक्त भई पदपूर्ति हुन नसकेको वा अस्थायी शिक्षकको लागि र २०६१ साल साउन २२ देखि २०७२ असोज २ सम्म ४९ प्रतिशत रिक्त पदको दरबन्दी वा सो दरबन्दीमा लियन, अस्थायी र सट्टा शिक्षकका रुपमा काम गर्नेका लागी विज्ञापन गरिने भएको हो ।
यसैगरी खुला विज्ञापनमा २०६१ साल साउन २२ देखि २०७२ असोज २ सम्म रिक्त पदको ५१ प्रतिशत खुला र ४९ प्रतिशत आन्तरिक विज्ञापन गरिने छ । तर ४९ प्रतिशत आन्तरिकमा भने उल्लेखित आन्तरिक परीक्षामा सहभागी नभएकाले मात्र प्रतिस्पर्धा गर्न पाउने छन् ।
मन्त्रालयका प्रवक्ता डा लम्सालले भने, ‘चाँडै नै विज्ञापन गर्ने तयारी भइरहेको छ । हामीले अहिले कहाँ–कहाँ दरबन्दी रिक्त छ भनेर विवरण सङ्कलन गरिरहेका छौ, यसबाट अस्थायी शिक्षक र रिक्त दरबन्दी थाहा हुन्छ ।’
अस्थायी शिक्षकले सुविधा लिएर बिदा हुने वा आन्तरिक वा खुला प्रतिस्पर्धामा भाग लिने भनेर शिक्षकको व्यक्तिगत विवरण लिने उनले बताए ।

सरकारले ल्याएको घरेलु कामदार निर्देशिकाप्रति असन्तुष्ट जनाउँदै लेवनानमा रहेका रोजगारदाता कम्पनीले नेपाली घरेलु कामदार लैजान रोक लगाएको छ। नेपाली महिला कामदार लैजादाँ १० हजार डलर र थप एक हजार डलर महिलाको नाममा दूतावासमा धरौटी राख्नुपर्ने विषयमा असन्तुष्टि जनाउँदै लेवनानमा रहेका म्यानपावर कम्पनीहरुले नेपाली कामदार लैजान रोक लगाएको हो।
५ वर्ष अघि नेपाल सरकारले लेवनानमा घरेलु महिला कामदार पठाउन खुल्ला गरेको थियो । २ वर्षसम्म ६ वटा म्यानपावर कम्पनीहरुले झन्डै ६ हजार नेपाली महिलाहरु त्यहाँ पठाएका थिए । पछि नेपाली महिला कामदारहरुमा समस्या देखिन थालेपछि सरकारले रोक लगाएको थियो । पछि भने सरकारले कार्यविधि बनाएर पुन खुल्ला गरेको थियो ।
निर्देशिकासँगै लेवनानमा कुटनीतिक पहल न्युन हुदाँ त्यहाँका रोजगारदाता कम्पनीले घरेलु कामदार लैजान रोक लगाएको हुन सक्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले बताए। उनले भने, 'लेवनान सरकारको माग भनेको लेवनानमा दूतावास र कन्सुलर कार्यालय स्थापना गर्नु नै हो, तर लेवनानका भिसा लगाउन इजिष्ट जानुपर्ने र त्यो टाढा भएका कारण त्यहाँका रोजगारदाता कम्पनीहरुले अप्ठेरो मान्ने गरेका छन् ।'
पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले सरकारले ल्याएको कार्यविधिप्रति लेवनानले असन्तुष्टि जनाए जोखिममा पार्न त्यहाँ नेपाली कामदार नपठाउने बताए। 'जहाँ नेपाली महिला कामदार सुरक्षित हुन्छन त्यहाँ पठाउनेु भने उनले थपे । लेवनान नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुक पनि होइन ।
सरकारले घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनुपर्ने व्यवस्था गरेको छ । न्यूनतम तीन सय अमेरिकी डलर तलब हुनुपर्ने घरेलु कामदारलाई आठ घन्टाभन्दा बढी काम लगाउन नपाइने, थप काम लगाएमा ओभरटाइम दिनुपर्ने व्यवस्थासमेत गरिएको छ । सरकारले म्यानपावर कम्पनीमार्फत मात्र घरेलु कामदार पठाउन पाउने नयाँ नियम बनाएको छ ।

| मिरा शर्मा प्रसाई |
° लघु कथा
प्रकाश सर द्रष्टा र श्रष्टा दुबै थिए। विश्वविद्यालयमा सामाजिक विषयमा कलात्मक र तार्किक ढङगले लेक्चर दिन माहिर मानिन्थे। उनका रचनाले सामाजिक सन्जालमा ब्यापकता पाएको थियो। हरेक रचनामा लैङ्गिक समानता र स्वतन्त्र यौन मनोविज्ञानले स्थान पाएकै हुन्थ्यो।
हट्टाकट्टा अनि शारीरिक र वौद्धिक सुन्दर भएकोले धेरै केटीहरु मरिहत्ते गर्थे। कतिलाई प्रेम गरे। कतिलाई टिस्यू पेपरझै प्रयोग पछि फालिदिए। सत्यवादी बौद्धिक ब्यक्तित्व भए पनि केटीको मामलामा उनी चुकेका थिए। आगोमा घ्यू पग्लेझैं पग्लिहाल्थे।
कुरै कुरामा एक दिन सहकर्मी विशालले भन्यो, ‘बुढो होलास अब बिहे गर।’
हेर विशाल! ‘केटी चाहीँ भर्जिननै चाहिन्छ है मलाई!’
हाहाहा! ‘भर्जिन भनेर निधारमा लेखिएको हुन्छ र भन्या यो त विश्वास हो विश्वास लभ ईज फेथ भने जस्तै’
उसले थप्यो, ‘तँ भर्जिन् छस् आफैंलाई सोध त एकफेर?’
केटी हेर्ने दिन दुबै ठाटिएर गए।
छोरी माग्न त्यो पनि सेलिब्रेटी जस्तो मान्छे आएकामा केटीका बुबा त्रिलोचन मक्ख भए।
‘बाबुहरूलाई मेरी छोरी कस्ती लाग्यो त? के विचार गर्नु भयो यहाँहरूले?’
‘दुबै जनालाई एकान्त दिने हो कि?’, विशालले भन्यो।
एकान्त? त्रिलोचन झस्किन्छन्।
‘दुईजनाले एसो कुरा गर्छन् भनेर नि बुबा।’
प्रकाश: सुलोचना तपाईँ खुलेर कुरा गर्न सक्नुहुन्छ मसँग। तपाईँले मलाई खुल्ला किताब
जस्तै पढ्नु भएको छ मेरा रचनाहरूमा। धेरै जसो रचना मेरै जीवनसँग मेल खान्छन्।’
‘मैले खोजेको जीवन साथीको दायरा भित्र पर्नुहुन्छ तपाईँ । तर मेरो अलिक फरक धारणा छ कृपया! अन्यथा नलिनुहोला। उमेरमा स्याल पनि घोर्ले हुन्छ भन्छन् तपाईँको प्रेम जीवनको बारेमा जान्न चाहन्छु।’
प्रकाशलाई घमन्ड थियो उसको व्यक्तित्वको अगाडि सबैले घुडा टेक्ने छन्। पुन: थप्यो, ‘तपाईँ भर्जिन रहेको सर्टिफिकेट बनाइराख्नुस्।’
माहासय, ‘तपाईँले भने अनुसार तपाईँका लेखरचनामा तपाईको आफ्नो जीवन छ। सोही अनुरुप मैले तपाईको चारित्रिक विशेषता मूल्यांकन गर्नसक्छु। म एक एजुकेटेड र मोडर्न केटी हुँ एसो भन्दैमा म अपवित्र छु भन्ने सोचाइलेनै तपाईँको बौदिकताको मापन गरिसकेको छ,’उनले अगाडि थपिन्,‘ मलाई खेद छ तपाईँको ढोङ्गी व्यक्तित्वप्रती।’
आफूप्रति पूर्वाग्रही नबन्न आग्रह गर्दै थियो प्रकाश। ‘सुलोचनाजी सुन्नोस् न ....।’
‘ठिक छ म तपाईँको शर्त मान्न तयार छु। तपाईँ आफू पनि भर्जिन रहेको प्रमाणपत्र पेश गर्नुहोला। सक्नु हुन्छ?’
सुलोचनाको शब्दले उस्को कानमा धेरै बेरसम्म ढ्याङग्रो ठोकीरह्यो।
दाङको मानपुरमा चार दिनअघि भएको चालकको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मानपुर गाविस वडा नं. ८ मंगरीगाउँका २६ वर्षीय हिरामणि चौधरीको हत्याको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ वर्षीय राजन र मनोज चौधरी, २७ वर्षीय रामबहादुर चौधरी र २९ वर्षीय चन्द्रवीर चौधरीलाई सोमबार प्रहरीले सार्वजनिक गरेको हो।
जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना बसेर मदिरा सेवन गरेको र त्यही बाटो भएर हिरामणि चौधरी घर जाँदै गर्दा ढुङ्गाले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताएका छन्।
बगौसीमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरीसहित युवाबीच सामान्य विषयमा विवाद हँुदा उनीहरुले हिरामणिलाई ढुंगाले प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष स्विकार गरेको एसपी सिंहले जानकारी दिए।
माओवादी सरकारले प्रतिशोध साँध्यो’
महेन्द्र पत्नी पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाहले शनिबार साँझ आफ्नो ८९ वर्ष पुगेको उपलक्ष्यमा जन्मदिन मनाएकी थिइन्। साँझ पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमललगायत राजपरिवारका सबै सदस्य नारायणहिटी दरबारभित्रै रहेको महेन्द्र मञ्जिल निवास पुगेका थिए।
निकै अशक्त रहेकी रत्न महेन्द्र मञ्जिल निवासमा सहयोगीसाथ बस्दै आएकी हुनाले राजपरिवारका सबै सदस्य जन्मोत्सव मनाउन त्यहीँ भेला भएका थिए। महेन्द्र मञ्जिलमै जीवन बिताउने अन्तिम इच्छा गरेकी रत्नले जन्मदिन मनाएको भोलिपल्टै सरकारले निवासको बिजुली काटिदिएको छ।महेन्द्र पत्नी पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाहले शनिबार साँझ आफ्नो ८९ वर्ष पुगेको उपलक्ष्यमा जन्मदिन मनाएकी थिइन्। साँझ पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमललगायत राजपरिवारका सबै सदस्य नारायणहिटी दरबारभित्रै रहेको महेन्द्र मञ्जिल निवास पुगेका थिए।
ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा महेन्द्र मञ्जिल निवासको बिजुली काटिएको हो। आइतबार विद्युत प्राधिकरणको टोली बिजुली काट्न नारायणहिटी नै पुगेको थियो। रत्नका स्वकीय सचिव शम्भु अधिकारीका अनुसार दिउँसो तीन बजे निवासको बिजुली काटिएको थियो।
‘नियमित लोडसेडिङ तालिकाअनुसार बिजुली गएको होला भन्ने सम्झिएर मैले जेनेरेटर चलाउन लगाएँ र नारायणहिटीबाट निस्किएँ,’ अधिकारीले सेतोपाटीसँग भने, ‘घरमा आउँदा टेलिभिजनमा बिजुली काटिएको समाचार आइरहेको थियो।’
गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छोडेर नागार्जुन दरबार गए पनि रत्नले बाँचुञ्जेल महेन्द्र मञ्जिलमै बस्ने इच्छा देखाएकी थिइन्। पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुँदा शाहले रत्नको इच्छाबारे चिन्तित हुँदै सरकारको ध्यानाकर्षण गराएका थिए।
त्यसपछि सरकारले ज्ञानेन्द्रलाई नागार्जुन दरबार र रत्नलाई महेन्द्र मञ्जिलमा बस्ने व्यवस्था मिलाइदिएको थियो। पूर्व राजपरिवारले भने बिनाजानकारी बृद्ध आमा बस्ने निवासमा बिजुली काटेको विषयमा असन्तुष्टि व्यक्त गरेको छ। सरकार आफैंले महसुल व्यहोर्नुपर्नेमा बिजुली काट्ने कामले अन्याय भएको जनाएको छ।
‘पूर्वरानी भएको हैसियतमा सरकारले आफैं निवास व्यवस्था मिलाएको हो, त्यसको महसुल सरकारले नै व्यहोर्नुपर्नेमा लाइन काट्नु अन्यायपूर्ण कदम हो, माओवादी सरकारले प्रतिशोधपूर्वक लाइन काटेको छ,’ ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले भने, ‘तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र पूर्वराजाबीच भेट हुँदा खेरी निर्णय गरेरै निवास दिइएको हो, नारायणहिटी सरकारकै स्वामित्वमा छ, स्वामित्व आफूले राखेको क्वाटरमा बिजुली पानीको बिल तिर्ने कुरा हुँदैन। पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रपतिले बिजुली पानीको बिल तिर्छन्? उहाँ पनि पूर्वरानी हो, त्यसमाथि अशक्त व्यक्तिलाई निशाना बनाइयो।’
प्राधिकरणका प्रमुख मुकेश काफ्लेका अनुसार रत्न बस्दै आएको महेन्द्र मन्जिल निवासले लामो समयदेखि बक्यौता रकम नबुझाएपछि मन्त्रीको निर्देशनमा बिजुली काटिएको हो। ‘उहाँको निवासले ३७ लाख ३१ हजार रुपैयाँ महसुल बक्यौता बुझाएको छैन, महसुल नबुझाउने ग्राहकको बिजुली काट्नु भन्ने मन्त्रीज्यूको निर्देशन छ,’ उनले भने। यसबीच पटक–पटक प्राधिकरण महसुल बुझाउन ताकेता गरेको उनले बताए।
"सरकारका उर्जा मन्त्री पशु कि मानव
सरकार कै सम्पतिमा पनि किन दादागिरी
नाउ कमाउन मन भए अरु थुप्रै नौटङ्की छन गर्नलाई"
राजपरिवार स्रोतका अनुसार रत्नको नाममा कतै जग्गाजमिन छैन। भएको त्यही महेन्द्र मञ्जिल हो। नारायणहिटी दरबार र राजा वीरेन्द्रका नाममा रहेको सबै सम्पत्ति सरकारले आफ्नो स्वामित्वमा ल्याइसकेको छ।
महेन्द्र मञ्जिल महाभूकम्पले छियाछिया पारेपछि रत्नको बसाइ निकै कष्टपूर्ण रहँदै आएको थियो। रत्न चार महिना नारायणहिटी दरबारभित्रकै मन्दिरमा बास बसेकी थिइन्। त्यो चार महिनामा मर्मतसम्भार गरेपछि रत्न पुनः निवास फर्केकी थिइन्। ‘भूकम्पबाट चर्किएको निवास मर्मत गरेर बनाइदिनुपर्नेमा सरकारले बुढी मान्छे बस्ने ठाउँलाई अन्धकार बनाइदियो,’ पाठकले भने।
अधिकारीका अनुसार प्राधिकरणले विद्युत महसुलमा ताकेता गरेपछि तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई त्यसको व्यवस्थापन गरिदिन अनुरोध गरिएको थियो। निर्मल निवासका सचिव सागर तिम्सिना र अधिकारी आफैं महसुल सरकारलाई तिरिदिन अनुरोध गर्दै चिठी लिएर पुगेका थिए।
पौडेलले सरकारी निवास भएका कारण र नारायणहिटी संस्कृति मन्त्रालय मातहत रहेकाले उसैले व्यहोरिदिने आश्वासन दिएको अधिकारीले बताए। ‘एकपटक उहाँहरू चिठी लिएर आउनुभएको थियो, त्यो चिठी मन्त्रालयमा एक दुईपटक ओहोरदोहोर भएको मलाई याद छ,’ पौडेलले भने, ‘संस्कृति मन्त्रालय मातहत पर्ने भएकाले त्यता पठाइएको हुनुपर्छ।’
गणतन्त्र घोषणाको केही समयमै महेन्द्र मञ्जिलको खानेपानीको लाइन सरकारले काटेको थियो। राजा वीरेन्द्रले किनेको ट्याङ्करमार्फत काठमाडौं खानेपानी आयोजनाबाट मञ्जिल निवासले खानेपानी किन्दै आएको छ।
‘निवासको एउटा र सचिवालयको चार वटा टेलिफोनको बिल हामीले आफैं तिरिरहेका छौं,’ अधिकारीले भने। महेन्द्र मञ्जिलमा आउने बिल संस्कृति मन्त्रालयमा पठाइने गरिएको थियो। ‘त्यसको जानकारी मुख्यसचिव र विद्युत प्राधिकरणलाई पनि जान्छ,’ अधिकारीले भने।
महेन्द्र मञ्जिल निवासको बिजुली काटिएको विषयमा ऊर्जामन्त्री जनार्दन शर्माले प्रतिक्रिया दिएनन्। ‘यो विषयमा मेरो भनाइ केही छैन, भोलि बुझेर भनौंला,’ शर्माले भने।
गणतन्त्र घोषणापछि सरकारले नारायणहिटी दरबारलाई संग्रहालय बनाएको छ। यो संस्कृति मन्त्रालयको मातहतमा छ। नारायणहिटी दरबार संग्रहालयबाट आम्दानी हुने सबै रकम मन्त्रालयको स्वामित्वमा आउँछ।