कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा ७ राज्यमन्त्री थपिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट ८ राज्यमन्त्री थप गर्ने प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालसँग गरेका थिए । तर, प्रधानमन्त्री दाहालले मन्त्रालय संख्याको पचास प्रतिशतभन्दा बढी राज्यमन्त्री थप नगर्ने अडान लिएपछि कांग्रेसले ७ राज्यमन्त्री पाउने भएको स्रोतलाई उद्धृत गर्दै आजको कान्तिपुरमा खबर छापिएको छ। कांग्रेसका भागमा १५ मन्त्रालय छन् ।
माओवादी केन्द्रले लिएका ९ मन्त्रालयमा चार राज्यमन्त्री चयन गरिसकेको छ । कांग्रेसबाट ७ राज्यमन्त्री थप भएपछि वर्तमान मन्त्रिपरिषद ३८ सदस्यीय हुनेछ । हाल कांग्रेसका १५, माओवादी केन्द्रबाट ९ मन्त्री, ४ राज्यमन्त्री र राप्रपाबाट २ मन्त्री छन् । राप्रपाले पनि राज्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।
प्रधानमन्त्री दाहालसँग खानेपानी तथा सरसफाइ, पशुपक्षी विकास, महिला, बालबालिका तथा समाजकल्याण र विज्ञान तथा प्रविधि मन्त्रालय छन् । साना दलका लागि भनेर ती मन्त्रालय छुट्याइएका हुन् ।
को–को बन्दै छन् राज्यमत्री ?
कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।
देउवा निकट स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जना दिने तयारी छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचना भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागेका हुन् ।
राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतको दाबी छ ।
काठमाडौं– ‘ड्याम… ड्याम …।’
बिहान चार बज्दा नबज्दै बमको धमाका सुनेपछी महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरी टोली मनकामना उमावि र आकाशदीप ईङलिश बोर्डिङ स्कुल तिर दौडियो ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी प्रधुम्न कार्कीका अनुसार त्यहा पुग्दा सानो साईजको सिलिन्डर प्रयोग भएका दुई वटा बम बिष्फोट भैसकेका थिए ।
काठमाडौं प्रहरी प्रवक्ता एसपी प्रधुम्न कार्कीका अनुसार त्यहा पुग्दा सानो साईजको सिलिन्डर प्रयोग भएका दुई वटा बम बिष्फोट भैसकेका थिए ।
बौद्ध प्रहरीको सिंगो टोली त्यहीँ केन्द्रित भएको थियो । एकैछिनमा खबर आयो बौद्धकै राई स्कुल र माउन्ट युराल टिचर्स एकेडेमिमा बम भेटियो । ‘राई स्कुल र माउन्ट युरालमा सुतली बम रहेछ’ बौद्ध प्रहरीका ड्युटी अफिसरले भने, ‘नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।’
‘डल्लुको कंचनजंघा स्कुलमा बम !, ललितपुरको रेडियन्ट रिडर्स एकेडेमीमा बम !’
यसरी जताततै बमको हल्ला फैलिएपछि अभिभावकहरुले आफ्ना छोराछोरी पढ्ने स्कुलका प्रिन्सीपल हरुलाई फोन गरेर सोधे, ‘सर बावु–नानीलाई आज स्कुल पठाउने कि नपठाउने, जताततै बम राखिएको हल्ला चलेको छ ?’
हल्लाका बावजुद स्कुलहरु बन्द भएनन् तर मंगबार बिहानै शुरु भएको बम आतंकले दिनभर चर्चा पायो । बम आतंको १२ घण्टामा काठमाडौंमा के–के भयो ?

दुई जना पूर्व लडाकु पक्राउ
विद्यालयमा बम राख्ने कार्यमा संलग्न शंकर लाखे र चन्द्रबहादुर तामाङ सहित तप्न जनालाई प्रहरीले बौद्ध एरियाबाट नियन्त्रणमा लियो । पक्राउ परेकामध्ये एकजना बम आतंकमा संलग्न नभएको प्रहरीले स्रोतको भनाई छ । ‘बम आतंकमा संलग्नहरु पूर्व लडाकु भएको खुलेको छ’ काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम सिंह थापाले भने, ‘दुई जना पक्राउ परेका छन्, मिन देवकोटा र सुमन श्रेष्ठलाई खोजिरहेका छौं ।’
आतंकको कमाण्डर मिन देवकोटाबम आतंक मच्चाउने मुख्य भुमिकामा थिए मिन देवकोटा । देवकोटा योङ कम्युनिष्ट फोर्स नेपालको संयोजक रहेको काठमाडौं प्रहरी प्रवक्ता प्रधुम्न कार्कीले जानकारी दिए । विगत छ महिनादेखी आपराधीक गतिविधिमा लागेको देवकोटा सिन्धुलीका स्थायी बासि भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’नामक अर्धभुमिगत संठगनमा देवकोटाका आबद्धता खुलेको छ । देवेन्द्र महतो नामको पुर्व लडाकुले माओवादी कम्युनिष्ट केन्द्रको नेतृत्व गरेका छन् ।
‘माओवादी कम्युनिष्ट केन्द्र नेपाल’नामक अर्धभुमिगत संठगनमा देवकोटाका आबद्धता खुलेको छ । देवेन्द्र महतो नामको पुर्व लडाकुले माओवादी कम्युनिष्ट केन्द्रको नेतृत्व गरेका छन् ।
दुई महिनाअघि गाडी जलाउने समूह
बम आतंकमा संलग्नहरुले दुई महिनाअघि स्वंभुस्थित आईडियल मोडल स्कुलको गाडी जलाएको पाइएको छ । त्यतिवेला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका कार्यकर्ता बताउने निर्मल मगर र चन्द्र बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेर मुद्दा चएको थियो पछि उनीहरु धरौटीमा छुटे ।
‘अहिले त्यहि समुहले बम आतंक मच्चाएको पाइएको छ’ महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रधुम्न कार्र्कीले भने, ‘घटनास्थलमा पनि त्यही संगठनको पर्चा भेटियो ।’
मंगलबार बम विष्फोट गराएको र बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय समितिको पर्चा भेटिएको छ ।
मंगलबार बम विष्फोट गराएको र बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय समितिको पर्चा भेटिएको छ ।
एनप्याब्सनले भन्यो, ‘थ्रेट पहिल्यै थियो, सरकारले वास्ता गरेन
बम विस्फोट गराउने समूहले पहिलादेखि नै चेतावनी दिएको भएपनि सरकारले वास्ता नगरेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेसन (एनप्याव्सन)ले बताएको छ । ‘आफ्ना मागहरु कसैले नसुनेको भन्दै सुन्नेगरी केही गर्छौँ’ भनेर चेतावनी दिएको कुरा शिक्षामन्त्री र प्रहरीलाई जानकारी गराएपनि उनीहरुले केही पहल नगरेको एनव्याव्सनका अध्यक्ष कर्ण बहादुृर शाहीले बताए ।
‘विद्यालयको बस जलएपछि मैले धेरैपटक आफै पहल गरेर बैठक बसाएँ, शिक्षा मन्त्री, राज्यमन्त्री दुवैजनालाई राजनीतिक समूहलाई सानोठूलो भन्न मिल्दैन वार्ताका लागि पहल गरीदिनुस् भनेको हो’, शाहीले रातोपाटीसंग कुरा गर्दै भने ‘तर सरकारले वास्तै गरेन् ।’
उनका अनुसार जनार्दन शर्मा शान्तीमन्त्री भएको बेला बम आतंक मच्चाउने संगठनसँग सरकारको पटक–पटक वार्ता समेत भएको थियो ।
उनका अनुसार जनार्दन शर्मा शान्तीमन्त्री भएको बेला बम आतंक मच्चाउने संगठनसँग सरकारको पटक–पटक वार्ता समेत भएको थियो ।
गृहमन्त्रीको निर्देशन, ‘बम आतंक मच्चाउनलेलाई कारवाही गर्नु’
गृहमन्त्री विमलेन्द्र निधिले विभिन्न नीजि विद्यालयमा बम राखेर आतंक सृजना गर्नेलाई छानविनमा ल्याई कारवाही गर्न निर्देशन दिए । गृहमन्त्रालयका प्रवक्ता यादव प्रसाद कोइरालाका अनुसार शिक्षा जस्तो संवेदनशिल ठाउँमा बम राखेर आतंकित गराउनेलाई कडा कारवाही गर्न मन्त्री निधिले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए ।
‘केही पक्राउ परेका छन्, अन्यको खोजी भइरहको छ’ गृह प्रवक्ता यादव प्रसाद कोइरालाले भने, गृहमन्त्रालय यो घटनाप्रति निकै गम्भीर छ ।’
‘केही पक्राउ परेका छन्, अन्यको खोजी भइरहको छ’ गृह प्रवक्ता यादव प्रसाद कोइरालाले भने, गृहमन्त्रालय यो घटनाप्रति निकै गम्भीर छ ।’
स्कूल संचालकको पत्रकार सम्मेलन, आन्दोलनको चेतावनी
विद्यालय क्षेत्रमा बम आतंक फैलाउनेलाई कडा बारवाही नगरे आन्दोलनमा उत्रने भन्दै हिसा, प्याब्सन र एन प्याब्सनले चेतावनी दिए ।
रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा तीनवटै संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ती जारी गरेर बम आतंक फैलाउनेहरुलाई कडा कारवाहीको माग गरेका हुन् ।
प्रेस विज्ञप्ती सार्वजनिक गर्दै उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्यभएको टिप्पणी गरे ।

अनभिज्ञ गुप्तचर
आधा दर्जन स्कुलमा बम आंतक मच्चाउने हरकत हुँदा पनि देशको गुप्तचर निकाय भने अनभिज्ञ देखिएको छ । स्रोतका अनुसार सम्भावित यस्ता घटनावारे राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई जानकारी गराएको थिएन । ‘संविधान दिवसमा सुरक्षा निकाय केन्द्रीत भएको बेला राजधानीमा बम आंतक मच्चाइनु एउटा सुनियोजित योजना हुन सक्छ ।’ एक पूर्व सुरक्षा अधिकारीले भने , ‘गुप्तचर एजेन्सीले यसमा ध्यान दिनपर्दथ्यो ।’ उनले राजधानीजस्तो ठाँउमा यस्तो घटना हुनुले देशको सुरक्षामाथि प्रश्न उठ्ने बताए ।
४ असोज, काठमाडौं । एकाविहानै राजधानीबासीको जनजीवन आतंकित हुने गरी मंगलबार काठमाडौंका सात निजी स्कुल अगाडि बम भेटियो । दुई स्कुल बाहिर राखेको बम विस्फोट भएको छ भने अन्य स्थानको बमलाई सुरक्षाकर्मीले निष्कृय बनाएका छन् ।
घटनाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले जिम्मा लिएको छ । र, साँझ प्रहरीले बम राख्ने तथा पड्काउने घटनामा संलग्न भएको भन्दै दुई युवक शंकर लाखे र चन्द्रबहादुर तामाङलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार विद्यार्थी केन्द्रका अध्यक्ष मीन देवकोटा र योङ कम्युनिष्ट फोर्सका सुमन श्रेष्ठको खोजी भइरहेको छ ।
१० हजार धरौटीमा छुटेका थिए नाइकेहरु
घटनाको जिम्मा लिने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल क्रान्तिकारी कम्युनिष्ट केन्द्रसँग आवद्ध छ । र, यो माओवादी शान्ति प्रक्रियामा आएपछि हतियार लिएर भागेका केही लडाकू समेत भूमिगत पार्टी हो ।
यो पार्टीले सरकारसँग वार्ता गर्नुका साथै शान्तिपूर्ण राजनीतिमा आउने भन्दै ०७१ सालमा जिल्ला प्रशासन कार्यलय मकवानपुरमा केही थान हतियार पनि बुझाएको थियो । तर, पछिल्ला वर्षहरुमा चन्दा आतंक र अपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको खुलेको छ ।
यो पार्टीका अध्यक्ष देवेन्द्र महत हुन् भने महासचिव केशव नेपाल हुन् । उनीहरु दुबै अपराधिक घटनामा प्रहरीले पक्राउ गरेर १० हजार धरौटीमा छुटेको पाइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहका अनुसार ०७१ असार १ मा काठमाडौंको कलंकीबाट मनबहादुर चदाराको झण्डै ४० लाखको यार्सा चोरी भएको थियो ।
चोरीमा संलग्न भएको अभियोगमा पुस १ मा ४ जना पक्राउ परे । जसमा यिनै महरा र नेपाल समेत थिए । प्रहरीले उनीहरुविरुद्ध चोरीको मुद्धा चलाएको थियो । तर, २२ दिन प्रहरी हिरासतमा रहेका उनीहरु १० हजार धरौटी बुझाएर छुटेका थिए ।
यस्तै मंगलबार पक्राउ परेका शंकर र चन्द्रबहादुर पनि साउन ६ गतेे भएको स्कुल बस आगजनीमा पनि समातिएका थिए ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसँगै नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन्।
‘प्रधानमन्त्री प्रचण्डजीको यो भारत भ्रमणसँगै द्विपक्षीय सम्बन्ध नयाँ उचाईमा पुगेको छ, समझदारी बढेको छ,’ मन्त्री सिंहले भने।
नेपालको संविधान संशोधन गर्ने विषय नेपालको आन्तरिक मामिला भएको उनको तर्क थियो। संविधान कार्यान्वयन गरेर नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढेको हेर्न भारत आतुर रहेको मन्त्री सिंहको तर्क थियो।
द्विपक्षीय सिमा सुरक्षा लगायतका विषयमा पनि आपसी समझदारीका साथ अघि बढ्नुपर्ने उनको विश्वास थियो। उनले आजै साँझ प्रधानमन्त्री प्रचण्डसँग भेट्ने कार्यक्रम छ।
कतारी राजपरिवारद्वारा सो घटना झुट भएको दाबि, खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको दाबी
कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासंग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी छन् । लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको जनाएका छन् । तर, एक अनलाइनले फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेको समाचारमा जनाईएको छ ।
भिडियो हेर्नुहोसः https://youtu.be/DYX7xPcAgzQ
ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । राजकुमारीले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी छिन् । तर, सुरक्षाकर्मीले आपराधिक आरोप लागेका व्यक्तिहरुसंग शारीरिक सम्बन्ध राख्नु गैरकानूनी भएको बताएका छन् ।
प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । राजकुमारीले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।
राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाको सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेकी थिइन् ।
मध्यस्थकर्तामार्फत असाधारण शारीरिक शक्ति भएका तथा सामूहिक सम्भोगमा अनुभवी भएका पुरुषलाई बोलाउन लगाउने र त्यसवाफत उनले मध्यस्थलाई मोटो रकम तिर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे कतारले कुनै प्रतिक्रिया जनाएको छैन ।
साभार

अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च संस्था आइसीसी नेपाल क्रिकेट संघ (क्यान) माथि लगाइएको प्रतिबन्ध हटाउन सहमत भएको छ।
आइसीसीका पदाधिकारीले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तापछि क्यानमाथिको प्रतिबन्ध हटाउन सहमति जनाएका हुन्।
प्रधानमन्त्री दाहालले नेपालमा क्रिकेट खेलको ठूलो क्रेज रहेको र सरकारले लगानी पनि गरेको भन्दै क्रिकेट खेलको विकासका लागि क्यानको सटमा बोर्ड गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख कार्यकारी अधिकृत डेभिड रिर्चडसनको नेतृत्वको आइसीसीको टोली क्यानमाथिको प्रतिबन्ध हटाउन सहमत भएको हो। यद्यपि, प्रतिबन्ध फुकुवापछि क्यान भने अस्तित्वमा रहने छैन।
प्रधानमन्त्री दाहाल र आइसीसीका प्रतिनिधिको भेटवार्तामा सहभागी राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले अब नेपाली क्रिकेटमा कुनै विवाद् नरहेको भन्दै आइसीसीका प्रतिनिधिसामू गरेको प्रतिबद्धता अनुसार क्रिकेट खेलका गतिविधि संचालन गर्न नर्मलाइज कमिटी गठन गरिने बताए।
उनले बोर्ड गठन नहुञ्जेलसम्मका लागि कमिटीले काम गर्ने र क्यान अस्तित्वमा नरहने बताए।
आइसीसीले सरकारी हस्तक्षेप र क्यानभित्रको विवाद्लाई कारण देखाउँदै गत वैशाखको पहिलो साता क्यानलाई निलम्बन गरेको थियो। निलम्बनसँगै आइसीसीले क्यानलाई दिंदै आएको अनुदान समेत रोकेको थियो। प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि आइसीसीका प्रतिनिधिले रोकिएको अनुदान दिने प्रतिबद्धता पनि जनाएका छन्।
काठमाडौं । इजरायलले नेपाली केयर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो ।
इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ ।
इजरायल जाने केयर गिभरको संख्या बढाउने विषयमा एक अध्ययन टोली अर्को साता नै नेपाल आउने र टोलीको सिफारिसका आधारमा कोटा बढाउने इजरायली राजदूतले जानकारी गराएको परराष्ट्रमन्त्री महतका सञ्चार संयोजक एकराज पाठकले बताए । सन् २००९ देखि नेपाली केअर गिभर इजरायल जान पाएका छैनन् ।
बीचमा एक सय नेपालीलाई भारतबाट श्रम स्वीकृति गराएर लगिएको थियो । तीन महिनाअघिदेखि नेपालबाट पुनस् इजरायल कामदार जान आरम्भ भएको हो । हाल इजरायलमा ५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमा ५९ नेपाली केअर गिभरका रूपमा कार्यरत छन् ।
पछिल्लो समय सरकारी स्तरबाट (जीटूजी) मार्फत नेपालीहरू इजरायल जान थालेका हुन् । अहिले ५९ नेपालीहरू त्यसरी पुगेको पनि जनाइएको छ । नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुईपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा इजरायलीहरू सहयोगी बन्दै आएको प्रसंग पनि राजदूतले प्रस्तुत गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।